सीपमूलक तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण कार्यक्रम
- जेष्ठ ४, २०८३
नेपालमा सोमबार विश्व पानी दिवस मनाइयो । पिउनयोग्य स्वच्छ पानीमा विश्वकै धनी नेपालको पानी के नेपालीको स्वामित्वमा छ ? के नेपालीले नेपालको पानी उपभोग गर्न पाएका छन् ? भारतले नेपालबाट सबभन्दा बढी खोजेको के हो ? नेपाललाई आफ्नो मुठ्ठीमा राख्ने कारण के हो ? यी प्रश्न अत्यन्तै महत्वपूर्ण छन् । पानी दिवसले यी प्रश्नको उत्तर खोजिरहेको छ ।
नेपाल रणनीतिकरूपमा अत्यन्तै महत्वपूर्ण बिन्दुमा भएको सम्बन्धमा धेरै सहमत छन् । नेपाललाई ‘बफर जोन’ को रूपमा लिइएको बारे पनि बेलाबेला चर्चा हुन्छ । यो छुट्टै छलफलको विषय हो ।
नेपालको प्राकृतिक सम्पदा नै विश्वको चासो तथा आकर्षणको पक्ष हो । प्राकृतिक सम्पदामा सबभन्दा महत्वपूर्ण पाटो पानी हो । पानीविनाको जीवन सम्भव छैन ।
नेपालबाट करिब ६ हजार नदीको पानी बगेर भारतै जाने हो । हिमाल, पहाड तथा चुरेबाट बग्ने पानी (फ्रेस वाटर) पिउनयोग्य छ (समुद्रको नुनिलो पानी पिउनयोग्य छैन) । जल तथा ऊर्जा आयोग सचिवालयका अनुसार वार्षिक करिब २४५ अर्ब घनमिटर पानी नेपालबाट बग्छ । नेपाली भूमि बञ्जर बनाएर नेपाली नदीको पानी भारत बग्छ । वर्षामा बाढी, हिउँदमा सुख्खा नेपालीले बेहोर्नुपर्छ । कोसी, गण्डक तथा महाकाली सन्धि तथा सम्झौताको परिणाम भोग्ने नेपालीलाई यो कुरा राम्ररी थाहा छ ।
हाल भारतको जनसङ्ख्या करिब १.४ अर्ब पुगको छ । भारतको ३३ करोड जनसङ्ख्या पानीको सङ्कटमा छ । सन् २०५० सम्म त्यहाँको जनसङ्ख्या १.६४ अर्ब पुग्ने अनुमान गरिएको छ । सङ्कट झन् बढ्ने सम्भावना छ नै ।
भारतमा जमिनमुनिको पानी रित्तिँदै गएको छ र पुनःभरणको क्षमता पनि कम हुँदै छ । ६० करोडभन्दा बढी जनसङ्ख्या जीवन निर्वाह र रोजगारीका लागि कृषिमै निर्भर छन् । भारतका करोडौँ जनताको प्यास मेटाउने काम नेपालबाट बगेको पानीले गरिरहेको छ । भारतमा आगामी २० वर्षसम्म जमिनमुनिको पानी दोहन गर्ने क्रम जारी रहे पानीको कुल माग आपूर्तिभन्दा धेरै भई आर्थिक र मानवीय गम्भीर सङ्कट ल्याउने चेतावनी विश्व बैङ्कले दिएको छ । नेपालको पानीमाथि आफ्नो एकाधिकार कायम गर्ने काम गर्नुको मुख्य कारण भारतको पानीको सङ्कट नै हो । हालसम्ममा कोसी, गण्डक, महाकालीमाथि भारतले आफ्नो आधिपत्य कायम गरिसकेको छ भने कर्णाली हात पार्न भारत उद्यत छ । कोसी सम्झौतापछि कोसी नदीमा उच्च बाँध बनाउन भारतले दबाब दिइरहेको छ ।
भारतले नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नुको कारण नेपालको पानी हात पार्नु नै हो । नेपाली नेताले बुझ्नु आवश्यक छ, पानी नेपालको सम्पत्ति हो । पानी नै नेपालको समृद्धिको एक आधार हो । नेपालको नदीनाला जोगाउन नेपालले दृढतापूर्वक उभिनुपर्छ । नेपालले पानीमाथिको हक छोड्नु हुन्न ।
Leave a Reply