जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
न्युयोर्क, १२ चैत (सिन्ह्वा) । संरा अमेरिकामा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या तीन करोड नाघेको बताइएको छ । यो विश्वको देशहरूमा सबैभन्दा बढी सङ्क्रमितत र मृतक भएको देश हो । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र सङ्क्रमितको सङ्ख्या तीन करोड एक हजार २४५ जना पुगेको हो ।
अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित निकै बढेका बताइएको छ । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार पछिल्लो एक सातामा अमेरिकामा कोरोना भाइरसका सङ्क्रमित निकै तीव्र गतिमा बढेका हुन् । गत सोमबारसम्ममा अमेरिकाका पाँच लाखभन्दा बढी मानिसको ज्यान कोभिड–१९ को कारण गएको थियो ।
मृतकको सङ्ख्या पनि पछिल्ला केही समयमा तीव्र गतिमा बढेको बताइएको छ । अहिले अमेरिकामा मृतकको सङ्ख्या पाँच लाख ४५ हजार ५३ जना पुगेको बताइएको छ । अमेरिकामा पछिल्लो समयमा कोभिडको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको बताइएको छ । अमेरिकी राज्यमध्ये सबैभन्दा धेरै प्रभावित यहाँको क्यालिफोर्निया राज्यमा परेको छ ।
उक्त राज्यमा ३६ लाख ४७ हजारभन्दा बढी व्यक्ति यो महामारीबाट सङ्क्रमित भएका बताइएको छ । त्यसपछि टेक्सासमा २७ लाख र फ्लोरिडामा २० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । त्यसैगरी न्युयोर्कमा भने १८ लाखभन्दा बढी मानिस सङ्क्रमणको चपेटामा परेका छन् । यसरी संयुक्त राज्य अमेरिका विश्वकै सबैभन्दा बढी सङ्क्रमित र मृत्यु भएको सबैभन्दा बढी प्रभावित देशको सूचीमा परेको छ ।
Leave a Reply