कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
पैचिङ, २५ मार्च । अमेरिकाले विश्वमा प्रभुत्ववाद र शक्तिको राजनीति गरिरहेको कुरा सर्वविदितै छ । यस्तो जिरो सम खेल (अर्थहिन खेल) को शितयुद्धकालीन सोच वर्तमान विश्वको बहुध्रुवीकरण र विश्वव्यापीकरणको विकासको मूल प्रवृत्तिसँग अनुचित छैन । विश्वमा सय वर्ष देखा नपरेको ठूलो परिवर्तनको सामना गर्दा उदीयमान चीनले विश्वको शान्ति तथा विकास प्रवृत्तिसँग एउटै दिशातिर अघि बढ्दै अन्तर्राष्ट्रिय परिपाटीको नियमको सुधार गर्नको लागि पूर्वीय बौद्धिकता र चिनियाँ समाधान पद्धति प्रदान गरिरहेको छ ।
अमेरिकाः चीनलाई प्रतिस्पर्धात्मक लक्ष्य मानेर गठबन्धन गर्दै
जो बाइडेनले गत जनवरी २० तारिख राष्ट्रपतिको पद सम्हाल्नुभएपछि अमेरिकी नयाँ सरकारले एकातिर स्वदेशी निर्माणमा महत्व दिइरहेको छ भने अर्कातिर चीनलाई प्रतिस्पर्धात्मक लक्ष्य मानेर अन्तर्राष्ट्रिय समाजमा अमेरिकाको नेतृत्वदायी स्थानको पुनसर््थापना गर्ने कूटनीतिक दिशा निश्चित गरेको छ । पूर्वराष्ट्रपति ओबामा र ट्रम्पको नीतिमा बिँडो थाम्दै बाइडेन सरकारले सहकर्मी, अन्तर्राष्ट्रिय नियमहरू तथा विचारविज्ञान भन्ने ३ वटा कार्ड लिएर चीनमा दबाब दिँदै आइरहेको छ । विशेषगरी हालै बाइडेन सरकारले एसिया–प्रशान्त क्षेत्रमा कूटनीतिक गतिविधि गर्दै भूराजनीतिमा आधारित इन्डो–प्रशान्त रणनीतिको सक्रियताका साथ कार्यान्वयन गरिरहेको छ ।
सुरक्षा क्षेत्रमा मार्च १२ तारिख अमेरिका, भारत, जापान र अस्ट्रेलिया क्वाड (चतुर्भुज) समूहबीच चारपक्षीय सुरक्षा वार्ता भयो । त्यसपछि मार्च १६–१८ तारिख अमेरिका–जापान, अमेरिका–दक्षिण कोरिया २+२ पनि संवाद भयो र मार्च १८–२९ योजनाबद्धरूपमा अमेरिका–चीन रणनीतिक संवादको आयोजना भयो र त्यसपछि अमेरिकी रक्षामन्त्रीको ३ दिने भारत भ्रमण भयो । यसै क्रममा अमेरिकाले योजनाबद्धरूपमा शृङ्लाबद्ध कूटनीतिक गतिविधिका सहकर्मी मुलुकहरूसँग विविध किसिमका वचनबद्धता दिनुका साथै चीनको विरोध गर्ने दबाब पनि दिएको छ । तापनि सुरक्षा क्षेत्रमा इन्डो–प्रशान्त रणनीतिको कार्यान्वयनको प्रभावबाट हेर्दा अमेरिका र उसका सहकर्मीहरूले संयुक्त सैन्य अभ्यास गरेर धम्कीमात्रै दिने गरेका छन् ।
आर्थिक क्षेत्रमा सन् २००४ मा अमेरिकी संसदले स्थापना गरेको एमसीसी कम्पनीले एशिया–प्रशान्त क्षेत्रमा पुँजीको जाल राखेर सैनिक उद्देश्यसहित विविध सशर्त प्रोजेक्टरहरूको योजना गरे जसको लक्ष्य चीनबाट प्रस्तुत बेल्ट एन्ड रोड (बीआरआई) को प्रभावलाई कम पार्नु हो । तर, क्षेत्रीय सुरक्षा तथा स्थिरतालाई अलमल पार्ने यस्ता योजनाहरू नेपाल तथा श्रीलङ्काबाट अस्विकार गरियो । नेपालका ३५ वटा राजनीतिक दल, सङ्गठन समूह तथा व्यक्तिहरूले संयुक्त वक्तव्य प्रकाशित गर्दै एमसीसीको सन्धिको विरोध गरे । विरोधीहरूले ठहर गरे कि चीनलाई नाकाबन्दी गर्ने उद्देश्य लिएर सैनिक सहकार्यको प्रकृति भएको इन्डो–प्रशान्त रणनीति नेपालले अङ्गालिरहेको गठबन्धन नगर्ने नीतिसँग विपरीत हुन्छ । अन्तमा, सन् २०२० को फेब्रुअरीमा एमसीसीको नेपाल प्रोजेक्ट पास भएन । सन् २०२० को नोभेम्बरमा तत्कालीन अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले श्रीलङ्काको भ्रमण गर्दा श्रीलङ्कामाथि अमेरिकाको समर्थन गर्ने दबाब दिएका थिए । पोम्पेओको भ्रमणपछि श्रीलङ्काली राष्ट्रपति राजापाक्षले कडारूपमा भन्नुभयोः श्रीलङ्का सरकारले कहिल्यै पनि अमेरिकाबाट प्रस्तुत एमसीसी सन्धिमा हस्ताक्षर गर्दैन ।
क्वाड समूह, फात् आइस, प्रशान्त महासागर पार साझेदारी सन्धि (टीपीपी), प्रशान्त पार चौतर्फी तथा प्रगति साझेदारीरूपमा चीनमा दबाब दिइरहेका छन् । यसै हाराहारीमा चीनको छिमेकी मुलुक अमेरिकी सकहकर्मी देश भारतलाई चीनविरोधी अभियानमा अग्रस्थानमा पन्छाइएको स्वाभाविकै कुरा हो । भारतीय फेडरललिस्ट वेभसाइटमा मार्च १४ तारिख प्रकाशित – क्वार्डसँग भुक्ने क्षमता छ तर चीनलाई टोक्ने क्षमता छ कि ?– शीर्षक लेखमा क्वाड समूहले संयुक्तरूपमा चीनलाई दबाब दिने क्षमता तथा व्यावहारिक प्रभावमाथि शङ्का उठाइएको छ । यसका अतिरिक्त, भारत–अमेरिका सम्बन्धबारे चर्चा गर्दै अमेरिकी थिङकट्याङ्क एटलान्टिक काउन्सिल अफ युनाइडेट स्टेटअन्तर्गत दक्षिण एशिया केन्द्रका प्रमुख शुजा नवाजले भन्नुभएको छः सैनिक क्षेत्रमा भारतले चीनको समुद्री तथा स्थल कार्वाहीलाई सीमित पार्ने अमेरिकाको नीतिको पूर्ण समर्थन दिँदैन र अमेरिकाको पिछलग्गु बन्न सक्दैन । केही समयअघि सम्पन्न चीन–अमेरिका रणनीतिक संवादमा अमेरिकाले आफ्ना सहकार्य चीनको कारबाहीको आलोचना गरेको भन्दा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले अमेरिकी इन्डो–प्रशान्त रणनीतिको वास्विकतालाई यसरी औँल्याउनुभयोः यो सहकर्मी देशले भनेको कि तपाईँले ? तपाईँको यस्तो गठबन्धन गर्ने गतिविधिबाट तपाईँ कति शक्तिशाली भन्ने कुरा देखाउँदैन बरु रणनीतिक कमजोरी देखाउँछ । यस्ता गतिविधिबाट चीनको नीतिमा असर पार्दैन ।
चीनः परिवर्तित अवस्थामा म अपरिवर्तित । साझा समृद्धि नै सही बाटो
चीनलाई लक्षित गरी अन्तर्राष्ट्रिय समाजमा आफ्नो नेतृत्वदायी स्थानको पुनसर््थापना गर्ने खोजेर अमेरिकाले शृङ्खलाबद्ध कूटनीतिक कदमहरू चालेको देखेर चीनले यस्तो दृढ अडान प्रकट गरेको छः जुनसुकै दिशातिर हावा चलेतापनि म अपरिवर्तित हुन्छु । ती बाधाहरूबाट अघि बढ्ने चीनका पाइलाहरूलाई रोक्न सक्दैन र विश्वको इतिहास तथा विकासको प्रवृत्तिलाई पनि मोड्न सक्दैन ।
चीन–अमेरिका सम्बन्धबारे चीनको बुझाइ यस्तो छः चीन र अमेरिका दुवै विश्वमा प्रभावकारी पक्षहरू हुन् । दुई पक्ष बीचको समन्वय र सहयोगको प्रवद्र्धधन नै विश्वको शान्ति र विकासको मूल प्रवृत्तिसँग अनुकूल छ र यो नै अन्तर्राष्ट्रिय समाजको साझा अपेक्षा पनि हो । ५० वर्षअघि २५ वर्षसम्म विच्छेद भएको चीन–अमेरिका सम्बन्धको थालनी गर्नुभएका अमेरिकी पूर्व विदेशमन्त्री हेनरी किसिंजरले मार्च २० तारिख आयोजित चीनको विकास उच्च मञ्चमा भन्नुभए जस्तैः आधारभूत दृष्टिकोणबाट हेर्दा अमेरिका र चीन फरक संस्कृति, इतिहास बोक्ने दुईवटा महान समाज हुन् । यसै कारणले कहिलेकाहीँ केही विषयमा हाम्रा विचार फरक हुन सक्छन् । तापनि, आधुनिक विज्ञान प्रविधि तथा अर्थतन्त्रको विश्वव्यापीकरण क्रममा यी दुईवटा समाजले सहयोग गर्न पहिलेभन्दा अझ बढी प्रयास गर्नुपर्छ किनकि विश्वको शान्ति तथा समृद्धि यी दुईटै समाज बीचको समझदारीको भरमा पर्दछ ।
फरक राजनैतिक अवस्था भएका ठूला मुलुक बीचको सह–अस्तित्व पद्धति फेला पार्ने जिम्मा, क्षमता र बुद्धि चीन र अमेरिका दुई मुलुकसँग भएको अनुमान र अपेक्षा लिएर चीनले मान जातिको साझा भाग्य समुदायको मूल स्थितिबाट हेरिरहेको चीन अमेरिकाप्रति स्पष्ट अडान लिएको छः वार्ता सही समाधान तरिका हो र साझा जीत सही बाटो हो । यसै सन्दर्भमा चीनका परराष्ट्रमन्त्री वाङ यीले चीनको सिद्धान्तको पुष्टि गर्दै भन्नुभएको छः सहयोग र साझा जीत चीनको विकासको महत्वपूर्ण सिद्धान्त हो र चीनको बैदेशिक आवतजावतको स्वर्ण नियम पनि हो ।
वास्तवमा विश्वका १३८ वटा मुलुक र ३१ वटा अन्तर्राष्ट्रिय सङ्गठनसँग हस्ताक्षरित बीआरआईको कार्यान्वयन होस् वा हाल विश्वको कुल जनसङ्ख्याको ३० प्रतिशत र कुल आर्थिक मात्राको ३० प्रतिशतलाई ढाकेको विश्वमा सबभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्रको स्थापनासम्बन्धी सन्धि आरसीइपीको कार्यान्वयन होस् वा आवश्यकता परेका ६९ वटा विकासोन्मुख मुलुकको लागि कोभिड खोप प्रदान गरिरहेको चीनले एशिया प्रशान्त क्षेत्र लगायत विश्वका विभिन्न मुलुकलाई एउटै अपरिवर्तित सूचना दिइरहेको छः हामीसँगै मावनजातिको साझा भाग्य समुदायको निर्माण गरौँ। चीन अन्य मुलुकसँगै चीनको विकासको केक बाँड्ने अपेक्षामा छ । हामी हातमा हात मिलाएर साझा विकास, समृद्धि र सुन्दर भविष्यको लागि प्रयास गर्दै जाऔँ ।
– सीआरआई
Leave a Reply