कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
भक्तपुर, १२ चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले बिहीबार भनपा १ स्थित च्वङा गणेश स्थान जाने सडक र मन्दिर परिसरको अनुगमन गर्नुभयो ।
मन्दिर परिसर र मन्दिर जाने सडकमा भएको पिच उप्किएर खाल्डाखुल्डी पर्न थालेपछि च्वङा गणेश स्थान विकास समितिले मन्दिर परिसर र मन्दिर जाने बाटो मर्मत गर्न चासो लिएको हो । समितिका अध्यक्ष लक्ष्मीनारायण राजलवटले सुधारको लागि पहल गरिदिन सांसद सुवालाई आग्रह गर्नुभयो ।
सांसद सुवालले अनुगमनपछि तत्काल सुधार गर्न सडक डिभिजन कार्यालय भक्तपुरको ध्यानाकर्षण गराउनुभयो भने सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले असारभित्रै उक्त बिग्रिएको सडक मर्मत गर्ने वचन दिनुभयो । उक्त सडक अनुगमनमा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूको पनि उपस्थिति थियो ।
Leave a Reply