कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
भक्तपुर, १२ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बुटवल उपमहानगरपालिकाका प्रमुख विष्णुराज सुवेदीले बिहीबार भक्तपुर नपाको सभाकक्षमा भेट गर्नुभयो ।
भेटको क्रममा उहाँहरूबीच बुटवल उपमहानपा र भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण तथा विकास निर्माणलगायतका क्षेत्रमा गरिरहेको कार्य प्रगति, समस्या र चुनौती तथा विविध गतिविधिबारे अनुभव आदानप्रदान भयो ।
प्रमुख सुवेदीलाई सांस्कृतिक नगर भक्तपुरमा भादगाउँले टोपी र खादा ओढाइ स्वागत गर्दै नगर प्रमुख प्रजापतिले सांस्कृतिक नगर भक्तपुरको सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा नपाले जोड दिइरहेको र पुरानो नगर क्षेत्रको निजी घरहरू मौलिकस्वरुपमा पुनःनिर्माण गर्न नगरवासीहरूलाई आर्थिक सहयोगको व्यवस्था गरी उत्साहित गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सातवटा शैक्षिक संस्थाहरूको विषयगत विशेषताबारे अवगत गराउँदै उहाँले ती कलेजहरूको स्थापनाको पृष्ठभूमि र उद्देश्यबारे प्रस्ट पार्नुभयो । भक्तपुरको सामुदायिक शैक्षिक संस्थाहरूको स्तरोन्नतिको लागि नगरपालिकाले राम्रा र उत्कृष्ट विद्यालय तथा कलेजहरूको अनुभवबाट पाठक सिक्दै अगाडि बढिरहेको उहाँले स्मरण गर्नुभयो ।
भेटमा बुटवल उपमहानपाका प्रमुख सेवदीले बुटवलमा सञ्चालित बुटवल टेक्निकल इन्स्टिच्युटलाई व्यवस्थितरूपमा सञ्चालन गर्न भक्तपुर नपाबाट सञ्चालित कलेजहरूबाट आफूहरूले सिक्न चाहेको बताउनुभयो । बुटवल टेक्निकल इन्स्टिच्युटलाई पनि इन्जिनियरिङ कलेजको रूपमा सञ्चालन गर्ने योजना रहेको बताउँदै उहाँले कलेज सञ्चालनको लागि भक्तपुर नपाको समन्वय र सहयोगको अपेक्षाको निम्ति अनुरोध गर्नुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, भनपा २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, प्रशासकीय अधिकृत दामोदर सुवाल, बीटीआई, बुटवलका उपनिर्देशक इन्जिनियर अभिमन्यु भीमार्जुन पन्थीलगायतको उपस्थिति थियो ।
नगर प्रमुख प्रजापतिले उहाँहरूलाई भक्तपुर नपाका प्रकाशनहरू, भक्तपुर नपाद्वारा प्रकाशित ‘सम्पदा जीर्णोद्धार तथा पुनःनिर्माण’ पुस्तक उपहारस्वरुप प्रदान गर्नुभयो ।
Leave a Reply