गुठी जग्गाबारे नेक्राकिसङ्घको ध्यानाकर्षण
- जेष्ठ ५, २०८३
काठमाडौँ, १४ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १३ औँ राष्ट्रिय सम्मेलन तयारी समिति गठन गरिएको छ । चैत १३ र १४ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाबाट प्रकाश गुरूङको संयोजकत्वमा २४ सदस्यीय समिति गठन गरिएको हो ।
भेलामा प्रशिक्षण दिँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले मित्र देश प्रजग कोरियामा विश्वविद्यालयबाट स्नातक उत्तीर्ण भएकाहरू बुद्धिजीवी हुनुको अर्थ नागरिकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे शिक्षा दीक्षा हुनु हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्रजग कोरियामा विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्कको व्यवस्था गरी समाजलाई बुद्धिजीवीकरण बनाउने अभियान अघि बढाइएको छ ।”
“नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज र महँगा निजी विद्यालय र कलेज अनुकूल शिक्षा व्यवस्था र निर्देशिक तयार गरिएको छ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले यसको विरोध गर्दै छ”, उहाँले भन्नुभयो ।
नेक्राविसङ्घका सदस्य तथा समर्थकहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे जानकारी राख्नु जरूरी रहेको सचिव सुवालको भनाइ थियो ।
उहाँले भन्नुभयो, “धनसम्पत्ति धेरै भएकाका सन्तानहरू सुसंस्कृत नभएका धेरै उदाहरण छन् । नेक्राविसङ्घका सदस्यहरू सुसंस्कृत हुनु आवश्यक छ । नेक्राविसङ्घका विद्यार्थीहरूले माक्र्सवादी साहित्य अध्ययन र लेखनमा समय दिनु आवश्यक छ ।”
नेक्राविसङ्घका विद्यार्थीहरू राजनीति, अध्ययन र देश एवम् जनताको सेवामा नमुना बन्नु जरूरी रहेको सचिव सुवालको भनाइ थियो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपाका प्रमुख सुनिल प्रजापतिले विरोधीलाई सजिलै जित्न नदिन, राजनीतिक स्पष्टताको लागि र जनताको पक्षमा कानुन निर्माणको लागि दबाब दिन तथा जनविरोधी कानुन रोक्न नेमकिपाले निर्वाचनलाई उपयोग गर्दै आएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “चुनावबाट समाजवाद आउँछ भन्ने विचार संशोधनवादी विचार हो र त्यो पुँजीवादी विचार हो ।”
नेमकिपाले समाजवादी क्रान्तिलाई सहयोग पु¥याउन सङ्घ, प्रदेश र स्थानीय तहको चुनावलाई उपयोग गर्दै आएको चर्चा गर्दै केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो, “स्थानीय निर्वाचनमा भाग लिएर भनपाले जनताको हितको निम्ति शिक्षा, स्वास्थ्यलगायतका कार्यहरू गरी जनताको पक्षमा काम गर्दै आएको छ ।”
उहाँले भन्नुभयो, “सबै कम्युनिस्ट पार्टीले नेमकिपाले जस्तै स्थानीय तहमार्फत शिक्षा, स्वास्थ्यलाई जोड दिएको भए व्यापक जनताको हित हुने थियो ।”
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले सत्तासीन पार्टीभित्रको कलह तथा सत्ताको ‘कुकुर झगडा’ जारी रहेको भन्दै ताजा जनादेशको निम्ति निर्वाचनमा गएमा जनताको राजनीतिक चेतनास्तर वृद्धि हुन्थ्यो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले पद, पैसा, लोभ त्याग्न सकेमात्र कोही व्यक्ति क्रान्तिकारी बन्नसक्ने बताउनुभयो । उहाँले प्रत्येक विद्यार्थी कार्यकर्ताले सङ्घर्ष र जनताको निःस्वार्थ सेवामा अडिग हुनुपर्ने विचार राख्नुभयो । नवगठित राष्ट्रिय सम्मेलन तयारी समितिमा सहसंयोजक सुरेश परियार, सचिव रमेश प्रजापति, सहसचिव गोरखजङ्ग शाही र आर्थिक संयोजकमा दिनेश खड्गीसहित २४ केन्द्रीय समिति गठन भएको हो ।
भेलाले नेक्राविसङ्घ केन्द्रीय समितिको तर्फबाट अध्यक्ष सविन ख्याजूले प्रस्तुत गर्नुभएको केन्द्रीय समितिको प्रतिवेदन सहभागीको तर्फबाट आएका सुझावसहित पारित ग¥यो ।
भेलामा विभिन्न जिल्लाका प्रतिनिधिहरूले प्रतिवेदन पेश गर्नुभएको थियो ।
भेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक विषयमा आफ्नो धारणा प्रस्ट पार्दैै विभिन्न प्रस्ताव पारित गरेको छ ।
भेलाले कोरोना कहरको समयमा विद्यालय र क्याम्पसहरूमा प्रत्यक्ष कक्षा सञ्चालन नहुँदा पनि विद्यार्थीबाट साविककै शुल्क उठाउने शैक्षिक संस्थाहरूलाई कारबाही गर्न माग गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको स्नातक तहको परीक्षा शासक दलका विद्यार्थी सङ्गठनहरूको निहित स्वार्थलाई पूरा गर्न स्थगित गराउनु गलत भएको भन्दै भेलाले विद्यार्थी राजनीति विद्यार्थी हकहितमा केन्द्रित हुनुपर्ने विचार प्रस्ट पारेको छ ।
दैनिक उपभोग्य सामग्रीहरूमा गरिएको चरम मूल्यवृद्धिको भत्र्सना गर्दै भेलाले मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको छ । नेक्राविसङ्घले त्रिविलगायत विभिन्न विश्वविद्यालयका सम्पूर्ण शैक्षिक सत्रमा प्रतिवर्ष १० प्रतिशतका दरले गरिने शुल्क वृद्धिले तल्लो वर्गका विद्यार्थीलाई उच्च शिक्षाबाट वञ्चित गरेको बताएको छ । भेलाले त्यसखालको शुल्कवृद्धि खारेजीको माग गरेको छ ।
Leave a Reply