कार्यकर्ताहरूले सैद्धान्तिक र राजनीतिक अध्ययनलाई जोड दिनुपर्ने
- जेष्ठ ४, २०८३
भक्तपुर १४, चैत्र । चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङका वडाअध्यक्ष जयन्द्र खड्काले मदिरा सेवन गरेर छालिङ पिखेल निवासी लक्ष्मण खिचाजूलाई शनिबार राति कुटपिट गरेको समाचार छ । निज वडाअध्यक्ष, चानपा ७ वागेश्वरीका नेकपा एमाले सम्वद्ध प्रकाश लामिछाने र पूर्व सैनिक जवान विश्व खड्का दिनको करिव १ बजेतिर पिखेलस्थित लक्ष्मण खिचाजूको हार्डवेयर पसलअगाडि आफूहरू चढेर आएको गाडी पार्किङ्ग गरेर पिके खाजा घरमा छिरेका थिए । गाडी अव्यवस्थित पार्किङ्ग गरेर भित्र छिरेका वडाअध्यक्षको टोली धेरै समयसम्म बाहिर ननिस्केपछि सामानसहितको गाडी पसल अगाडि पार्किङ्ग गरेर लक्ष्मण खिचाजु घरतर्फ लागे ।
घरमा पुगेपछि वडाअध्यक्ष खड्काले ‘गाडी फुटाइदिऊँ कि गाडी हटाउने’ भनेर धम्की दिए । त्यसपछि लक्ष्मण खिचाजू र उनका भाइ गाडी हटाउन पसल अगाडि पुगे । पसल अगाडि पुगेपछि निज खिचाजूले ‘अङ्कल आफ्नै पार्किङ्गमा राखेको मेरो गाडी किन फुटाउने ?’ भनी सोध्दा एक्कासि वडाअध्यक्षले घाँटी समातेर कुटपिट गर्न थाले र उनको साथमा रहेका पूर्व सैनिक विश्व खड्का र प्रकाश लामिछानेले टाउको र मुखमा हिर्काएर बेहोस बनाएको पीडित खिचाजूले बताए ।
कुटपिटपछि बेहोस भएका खिचाजूलाई भक्तपुर अस्पताल लगिएको थियो । भक्तपुर अस्पतालले राति नै कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा रिफर ग¥यो । हाल खिचाजू उपचार गराइरहेका छन् । कुटपिटको कारण बिरामीको घाँटीमा समस्या हुनुको साथै खाना खान र पानी निल्न पनि गाह«ो भएको घाइतेका परिवारले जानकारी दिएको छ ।
पीडितले वडाअध्यक्षलगायतका तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालय भक्तपुरमा जाहेरी दर्ता गराएका छन् भने कुटपिट गर्ने तीनैजना अहिले फरार छन् । पीडितलाई नेपाली काङ्ग्रेसको तर्फबाट मिलापत्र गर्न दबाब दिइएको जानकारी उनका आफन्तहरूले दिएका छन् । तर, पीडितका आफन्तहरूले निज वडाअध्यक्षलगायत कुटपिटमा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गरेका छन् । राजनीतिक दबाबका कारण उनीहरू अहिलेसम्म पक्राउ नपरेको पीडितका आफन्तले बताएका छन् ।
वडाअध्यक्ष खड्काले वडा कार्यालयमा काम लिएर आएका सेवाग्राहीलाई पनि धम्काउने, तर्साउने गतिविधि गर्दै आएको गुनासो सुनिँदै आएको थियो । केही समय अगाडि छालिङस्थित दोभान खानेपानीको बोरिङ्गमा काम गर्न आएका मजदुरलाई पनि वडाअध्यक्ष खड्का र प्रकाश लामिछानेले कुटपिट गरेका थिए । त्यस्तै बाटोको सम्बन्धमा विवाद हुँदा छालिङ गैँडागाउँ निवासी प्रविन गैँडालाई पनि कुटपिट गरेका थिए । त्यस्तै केही दिन अगाडि वडाअध्यक्ष खड्का जिल्ला प्रहरी कार्यालयमा कुटपिटकै अर्को घटनामा पनि मिलापत्र गरेर छुटेका थिए ।
बक्सिङका खेलाडी रहेछ हो, वडा अध्यक्ष ।