भर्खरै :

राष्ट्रिय भेलाबाट पारित प्रस्तावहरू

(२०७७ चैत १३ र १४ गते सम्पन्न नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको राष्ट्रिय भेलाबाट पारित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरू प्रस्तुत छ – सम्पादक)
१. कोभिड–१९ सङ्क्रमणको समयमा विद्यालय र क्याम्पसहरूमा प्रत्यक्ष कक्षा सञ्चालन नभएको तर साविकबमोजिम शुल्क उठाइएकोमा यो भेला विरोध गर्दछ र यो अनियमिताको अनुगमन गरी आवश्यक कारबाही गर्न यो भेला माग गर्दछ ।
२. शासक दलका विद्यार्थी सङ्गठनहरूको दबाबमा पूर्वाञ्चल विश्वविद्यालयको स्नातक तहको परीक्षा स्थगित गरिएकोमा यो भेला विरोध गर्दछ र शैक्षिक गुणस्तर कायम राख्न अन्य विश्वविद्यालयहरूमा समेत यस्ता गतिविधि नदोहरिने प्रत्याभूतिको लागि यो भेला सरकारको ध्यानाकर्षण गराउँदछ ।
३. दैनिक उपभोग्य सामग्रीमा गरिएको चरम मूल्यवृद्धिको यो भेला विरोध गर्दछ र मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको सरकारको भत्र्सना गर्दछ ।
४. त्रिविलगायत अन्य विश्वविद्यालयका सम्पूर्ण शैक्षिक सत्रमा प्रतिवर्ष १० प्रतिशतका दरमा गरिएको शुल्कवृद्धिले तल्लो वर्गका विद्यार्थीलाई उच्च शिक्षाबाट वञ्चित गरेको हुँदा यो भेला शुल्कवृद्धि फिर्ता गर्न माग गर्दछ ।
५. कोभिड–१९ सङ्क्रमणको दोस्रो लहरले देश पुनः महामारीको चपेटामा पर्ने भएको हुँदा रोकथामका उपायहरू अविलम्ब अपनाउन यो भेला सरकारको ध्यानाकर्षण गराउँदछ ।
६. विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरू खारेज गर्न यो भेला सरकारसँग जोडदार माग गर्दछ ।
७. नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर सरकारले जारी गरेको नक्साअनुसार ती ठाउँमा सरकारी सुरक्षाकर्मी र प्रशासनको उपस्थितिको लागि यो भेला सरकारको ध्यानाकर्षण गराउँदछ ।
८. एसियामा युद्ध थोप्ने उद्देश्यसहितको अमेरिकी नेतृत्वको हिन्द प्रशान्त सैन्य गठबन्धन अन्तर्गतको MCC सम्झौता अविलम्ब खारेज गर्न माग गर्दछ ।
९. नेपाल र भारतको स्ट्रिप्स सीमा नक्सामा नेपाली भूमि भारतमा पारिएको हुँदा सो नक्सा खोज गर्न यो भेला माग गर्दछ । रगतले कोरेको देशको सिमानाको एक टुक्रा भूभाग पनि मिच्न दिनुहुन्न भन्ने हाम्रो ठहर छ ।
१०. सन् १९५० लगायतका सम्पूर्ण असमान सन्धिसम्झौताहरू तत्काल खारेज गर्न यो भेला जोडदार माग गर्छ ।
अन्तर्राष्ट्रिय प्रस्तावहरू
१. संरा अमेरिकी सरकारद्वारा लादिएको क्युवा र प्रजग कोरियाविरुद्धको नाकाबन्दी अविलम्ब हटाउन यो भेला माग गर्दछ ।
२. जम्मुकश्मीरलगायत दक्षिण एसियाका विभिन्न देशमा भारतीय विस्तारवादद्वारा गरिएको हस्तक्षेपको यो भेला विरोध एवम् निन्दा गर्दछ ।
३. फासीवादी मोदी सरकारले कृषि ऐनमार्पmत भारतीय किसानलाई प्रताडित गरेकोमा यो भेला विरोध गर्दछ र सो ऐनविरुद्ध भइरहेको भारतीय किसानहरूको आन्दोलनप्रति यो भेला ऐक्यबद्धता व्यक्त गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *