जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
“तिनीहरूले अत्याधुनिक हतियारहरू पत्ता लगाएका छन् । हामीले तिनीहरूले भन्दा महत्वपूर्ण केही कुरा पत्ता लगाएका छौँ ः जनताले सोच्ने र अनुभूति गर्ने कुरा” – फिडेल क्यास्ट्रो
कोभिड–१९ को महामारीले अधिकांश पश्चिमा पुँजीवादी देशहरूको जनस्वास्थ्य नीतिको असफलता उदाङ्गो पारिदिएको छ । दशकौँसम्मको नवउदारवादी कटौतीका नीतिहरूले गर्दा र अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैङ्कले लादेका पुनर्संरचना कार्यक्रमअनुसार शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौतीले ती देशका जनस्वास्थ्य प्रणालीलाई पङ्गु बनाइसकेको थियो । त्यसैको परिणामस्वरूप कोरोना सङ्क्रमितहरूको सङ्ख्यामा डरलाग्दो तवरले वृद्धि भयो र ल्याटिन अमेरिका, युरोप र संरा अमेरिकामा अत्यधिक मानिसको निधन भयो ।
पश्चिम गोलाद्र्धमा समाजवादी देश क्युवाले भने दक्षताको उदाहरण स्थापित गरेको छ र महामारीविरुद्धको लडाइँमा अर्को मार्ग पनि सम्भव छ भनी साबित गरिदिएको छ । पुँजीवादी देशका सरकारहरूले भनेकै सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्यालाई सही मानेर क्युवाको अवस्थालाई समान जनसङ्ख्या भएका विकसित भनिएका देशका सहरहरू र देशहरूसित तुलना गर्ने हो भने तस्बिर आफै स्पष्ट हुन्छ । लगभग १ करोड १३ लाख ५० हजार जनसङ्ख्या भएको देश क्युवामा फेब्रुअरी, २०२० को मसान्तसम्ममा कोरोना सङ्क्रमणबाट ३ सय जनाको निधन भयो भने १८ लाख ८० हजार जनसङ्ख्या जनसङ्ख्या भएको बृहत् न्युयोर्क सहरमा सङ्क्रमितको सङ्ख्या ७ लाख ८१५ पुग्यो भने २८ हजार ८८८ जनाको निधन भयो । क्युवाको भन्दा सानो जनसङ्ख्या भएको युरोपेली देश स्विट्जरल्याण्डमा ८६ लाखमात्र जनसङ्ख्या छ तर त्यहाँ ५ लाख ५० हजार २२४ जना कोरोना सङ्क्रमित भए भने ९ हजार २२६ जनाको निधन भयो । यसलाई कसरी व्याख्या गर्ने ? न्युयोर्क सहर र स्विट्जरल्याण्डभन्दा निकै कममात्र स्रोतसाधन भएको देश क्युवाले निकै दक्षतापूर्वक कोभिड–१९ को महामारी व्यवस्थापन गरेको देखिएन र ?
उत्तर सामान्य छ ः १९५९ को क्युवाली क्रान्तिले देशमा भएको केही स्रोतसाधन स्वास्थ्य प्रणाली निर्माणमा केन्द्रित गरेको थियो र त्यसले जनताको आवश्यकता पहिलो प्राथमिकतामा राखी पूरा गरेको थियो तर, स्वास्थ्य क्षेत्रका विभिन्न निजी कम्पनीहरूका स्वार्थ, स्वास्थ्य बीमाकर्ता कम्पनीहरू, ठूला औषधि निर्माता कम्पनीहरू र विकसित देशका महँगा हाइटेक औषधि कम्पनीहरूका स्वार्थलाई अस्वीकार गरिदिएको थियो । क्रान्तिपछि क्युवाका झन्डै आधा चिकित्सकहरू क्रान्तिविरोधीहरूको उक्साहटमा देश छोडी गएका थिए, त्यसले गर्दा जनताको उपचार गर्ने र स्वास्थ्यसम्बन्धी आवश्यकता पूरा गर्ने नयाँ सरकारको क्षमतालाई उल्लेख्यरूपमा सीमित पारेको थियो । तर, क्रान्तिकारी सरकार निराश भएन र नयाँ स्वास्थ्य विशेषज्ञहरूको शिक्षा र तालिममा लगानी गर्ने निर्णय लियो । उक्त निर्णयको परिणामस्वरूप केही वर्षपछि नै विशेषज्ञ चिकित्सकको उपचार सेवा क्युवाका ग्रामीण क्षेत्रहरूसम्म र विशेषगरी काला वर्णका क्युवाली जनतासम्म पु¥याउनमा सफलता मिल्यो । काला वर्णका क्युवालीहरूलाई इतिहासदेखि नै स्वास्थ्योपचार सेवाबाट वञ्चित राखिएको थियो । त्यसैगरी क्युवाले १९५८ मा २५ सयमात्र रहेको नर्सहरूको सङ्ख्या एक दसकपछि नै ४३ सय पु¥यायो ।
जनातामा लगानी
व्यापक खोप अभियानको माध्यमले क्युवाले १९६२ मै आफ्नो भूमिबाट पोलियो, १९६७ मा मलेरिया (औलो), १९७२ मा जन्मजात टिटानस, १९७९ मा भ्यागुते रोग, १९८९ मा दादुरा, १९९३ मा मेनेन्जाइटिस, १९९५ मा रुबेला र १९९७ मा टयुबरक्युलोस मेनेन्जाइटिस रोगहरू निर्मूलन ग¥यो । आज क्युवा आफ्नो देशमा शिशु मृत्युदर संयुक्त राष्ट्र सङ्घले निर्धारण गरेको भन्दा निकै कम र संरा अमेरिकामा काला वर्णका जनताबीचको शिशु मृत्युदरभन्दा आधामा पु¥याउन सफल भएको छ । क्रान्तिभन्दा अगाडि क्युवाली जनताको औसत आयु ५८ वर्षमात्र थियो भने क्रान्तिको दुई दसकपछि १९८३ मा ७४ वर्ष पुग्यो ।
त्यतिबेला ल्याटिन अमेरिकामा स्रोतसाधनको अभावमा जनस्वास्थ्य क्षेत्रमा विशेषज्ञहरूको कमी निरन्तररूपमा रहँदै आएको थियो तर क्युवाली क्रान्तिले देखाइदियो कि यदि सीमित स्रोतसाधनलाई पनि समतामूलकरूपमा वितरण गर्ने हो भने र जनता र रोगको रोकथामलाई महत्व दिने हो भने सार्वजनिक स्वास्थ्य क्षेत्रमा अकल्पनीय उपलब्धि हासिल हुनसक्छ । उत्तरका पुँजीवादी देशका शासकहरूले छानेको पुँजीवादको नयाँ स्वरूप नवउदारवाद दक्षिणका विकासोन्मुख देशहरूमाथि लादिएको छ तर क्युवा ठीकविपरीतको बाटोमा अगाडि बढिरहेको छ । र, कोभिड–१९ को महामारीले स्पष्ट देखाइदिएको छ कि क्युवा हिँडिरहेको बाटो (समाजवादी व्यवस्था) नै सही बाटो हो ।
उत्तरका धनी देशहरूमा दशकौँसम्मको नवउदारवादी नीतिको कारण स्वास्थ्य क्षेत्रको बजेटमा निकै कटौती भइसकेको छ । यसबाट विशेषज्ञ जनशक्तिको उपलब्धता सीमित हुन पुगेको छ । त्यसको ठीकविपरीत क्युवामा विशेषज्ञ स्वास्थ्य जनशक्तिको तालिममा अधिक लगानी गरिएको कारण विशेषज्ञहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । जब महामारी आयो, यस्तो स्थितिको सामना गर्नका लागि आवश्यक स्रोतका साथै क्युवासित पहिले नै विशेषज्ञ जनशक्ति तयारी अवस्थामा थियो ।
त्यसको विपरीत उत्तरका धनी देशहरू महामारी सुरुभएपछि आवश्यक जनशक्ति र सार्वजनिक पूर्वाधारको अभावमा समयमै सही कदम चाल्न असमर्थ देखिए र भएका जनशक्तिको परिचालन पनि निजी स्वार्थहरूसितको द्वन्द्वमा परी प्रभावकारी हुनसकेन । परिणामस्वरूप पहिलोपटक इटाली र फ्रान्सजस्ता उत्तरका धनी देशहरूले क्युवासित सहयोगका लागि अनुरोध गरे । क्युवाली चिकित्सक र स्वास्थ्य विशेषज्ञसहितका टोलीहरू उपयोगी औषधिका साथ इटालीका लोम्बार्डी र बाल्जानो क्षेत्र, एण्डोरा र क्यारिवियाली सागरमा रहेका फ्रान्सका टापूहरू मार्टिनिक र ग्वाडेलोपमा पुगेर रोगीको सेवा गरे । कसैले पनि पुँजीवादी देशहरूका नवउदारवादी नीतिहरूको यतिसम्मको असफलताको कल्पना गरेका थिएनन् ।
अन्तर्राष्ट्रवाद
नयाँ सरकारले सबैखाले भौतिक कठिनाइहरूको सामना गर्नुपरेपनि आफ्नो थालनीकालदेखि नै क्युवाली क्रान्तिले अरू देशका जनताको हितको निम्ति सम्भव भएसम्मकोे सहयोग गर्दैआएको छ । क्युवाली क्रान्तिको चार वर्षपछि नै सन् १९६३ मा क्युवाले आफ्नो पहिलो मेडिकल मिशन अफ्रिकी राष्ट्र अल्जेरियामा पठाएको थियो । त्यतिबेला अल्जेरिया फ्रान्सबाट स्वाधीनता प्राप्त गर्नका लागि भएको रक्तपातपूर्ण युद्धले ध्वस्तप्रायः बनेको थियो र अल्जेरियालाई त्यतिबेला चौतर्फी सहयोगको आवश्यकता थियो । १९६६ मा सोभियत सङ्घको २ लाख डोज पोलियो खोपको साथमा क्युवाले आफ्नो अर्को मिशन गणतन्त्र कङ्गोमा पठायो र अफ्रिका महादेशकै सबैभन्दा व्यापक स्तरको खोप अभियान सञ्चालन गर्न मद्दत ग¥यो । अहिलेसम्ममा क्युवाले विश्वका १५४ देशमा स्वास्थ्योपचार सेवामा सहयोग गर्नका लागि १ लाख २४ हजारभन्दा बढी चिकित्सक र स्वास्थ्य जनशक्ति परिचालन गरिसकेको छ ।
विश्वका विभिन्न भागमा आफ्नो चिकित्सा टोली खटाएर प्रभावकारी सहयोग गर्नुका अतिरिक्त क्युवाले गरिरहेको अर्को महत्वपूर्ण योगदान भनेको विभिन्न गरिब देशका विद्यार्थीका लागि पूर्ण निःशुल्क चिकित्सा शिक्षा प्रदान गर्नु पनि हो । त्यस उद्देश्यका लागि क्युवाले सन् १९९९ मा अलगै ल्याटिन अमेरिका चिकित्सा शिक्षा विद्यालय ‘इएलएएम’ समेत स्थापना गरी निरन्तर सञ्चालन गर्दैआएको छ । ल्याटिन अमेरिका चिकित्सा शिक्षा विद्यालयमा क्युवाली मोडेलको चिकित्सा कोर्ष र पद्धति अध्यापन हुन्छ । क्युवाली चिकित्सा कोर्षमा जीवशास्त्र, स्वास्थ्य, शरीर विज्ञान, औषधि विज्ञान र शल्यक्रिया विज्ञानका अतिरिक्त समाजशास्त्र र राजनीतिशास्त्रको पनि अध्यापन हुन्छ । ल्याटिन अमेरिका चिकित्सा शिक्षा विद्यालयमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सम्पूर्ण खर्च हवाइजहाज भाडाबाहेक सबै क्युवाली राज्यले व्यहोर्छ । सन् २०२० सम्ममा ल्याटिन अमेरिका चिकित्सा शिक्षा विद्यालयबाट १०० देशका ३० हजार नयाँ चिकित्सकहरू उत्पादन भइसकेका छन् । तिनीहरूमध्ये अधिकांश अफ्रिकी र ल्याटिन अमेरिकी देशका छन् तर तीमध्ये केही प्रतिशत संरा अमरिकाका गरिब वस्तीहरूबाट आएका पनि छन् । तिनीहरूमध्ये अधिकांश आर्थिक अभावको कारणले आफ्नो देशमा चिकित्सा शिक्षा अध्ययन गर्न नपाएकाहरू थिए र शिक्षा हासिल गरी तिनीहरूले आ–आफ्नो देशमा फर्केर अमूल्य तथा पहिले नभएका स्वास्थ्योपचार सेवा तथा महामारी नियन्त्रणसित सम्बन्धित सेवा पनि दिइरहेका छन् । ल्याटिन अमेरिका चिकित्सा शिक्षा विद्यालयका अनुसार अहिले पनि विश्वका ९२ देशमा ५२ हजार क्युवाली चिकित्सक स्वयम्सेवकका रूपमा कार्यरत छन् । उक्त सङ्ख्या भनेको विश्वका सबैभन्दा विकसित जी–८ देशहरूको संयुक्त योगदानभन्दा पनि बढी हो ।

क्युवाका विभिन्न अनुसन्धान प्रयोगशालाहरूद्वारा निर्मित पाँच कोरोनाविरुद्धका खोपहरूको नमुना
Leave a Reply