भर्खरै :

भनपालाई अझै ट्याङ्कर ?

देशमा तीन ओटा व्यवस्था निर्दलीय पञ्चायत, बहुदल र गणतन्त्र फेरिएपछि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आइपुगेको छ । चैत १५ बाट ग्राहकको धारामा मेलम्चीको पानी वितरण गर्ने भनेको छ । मेलम्चीको पानी भर्खरै आइपुगे पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले खानेपानीको महसुल उहिल्यै बढाइसकेको छ ।
मेलम्चीको पानी पिउने आशाले वर्षको २–३ महिना पानी आउने भक्तपुरका ग्राहकले बढेको महसुल तिरेको पनि वषौँ भइसकेको छ । अब त ट्याङ्करको पानी पिउन नपर्ला भन्नेको भक्तपुर नपाले अझै ट्याङ्कर खोजिरहेको छ । आफ्ना नगरवासी पानीको हाहाकारबाट पीडित हुन नपरोस् भनी ट्याङ्करबाट वषौँ वर्षदेखि पानी वितरण गर्ने भक्तपुर नपाको कार्य सराहनीय, प्रशंसनीय र स्तुत्य छ– यसमा कुनै विवाद छैन । परन्तु मेलम्चीको पानी उपत्यका आइसक्दा पनि भक्तपुर नगरवासीलाई ट्याङ्कर कै पानी पिलाउने कार्य भने उचित लागेन । काउखालिले भक्तपुरका जनतालाई ग्राहक नठानेको हो वा हाम्रो नगर सरकार निरीह भएको हो ?
पञ्चायतकालमा पनि स्थानीय सरकारको नेतृत्व गर्ने नगरपिताले खानेपानी पीडित जनताको नेतृत्व गरेर खानेपानी कार्यालयमा जुलुस–धर्ना दिएका थिए । अहिले त सिंहदरबार नै हाम्रो पालिकामा आइपुगेको अवस्थामा नगर सरकार ट्याङ्करकै खोजीमा लाग्नुमा के रहस्य छ ?
यदि कोरोनाको दोस्रो लहरको खतराको कारण जुलुस धर्ना गर्नु अनुपयुक्त देखेको हो भने सभा–समारोह रोक्नुपर्ने बिस्केटको रथ बनाउने काम स्थगित गर्नुपर्ने होइन र ? आशा छ, बुद्धिमानलाई इशारा काफी छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *