कवि हरिबहादुर श्रेष्ठ र उहाँका कविताहरू
- जेष्ठ ६, २०८३
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार र शनिबार गरी दुईदिने बङ्गलादेश भ्रमण सम्पन्न गरे । उनको बङ्गलादेश भ्रमण दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन–सार्कलाई निष्क्रिय पारी भारतको अगुवाइमा स्थापित बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहायताका लागि बङ्गाल खाडीको पहलकदमी – बिम्स्टेकलाई अगाडि बढाउन हो र त्यसकै निम्ति दुईपक्षीय व्यापार तथा सुरक्षा मामिलाहरूमा वार्ता र सम्झौताहरू भए । तर भारतीय प्रधानमन्त्रीको भ्रमण र उनले गरेका भेटवार्ताले भन्दा पनि उनको भ्रमणको विरोधमा भएको प्रदर्शनले बढी चर्चा पायो । मोदीको बङ्गलादेश भ्रमणको विरोधमा राजधानी ढाका र तटीय सहर चटगाउँमा भएको विरोध प्रदर्शनमाथि प्रहरी दमन हुँदा सोमबारसम्ममा १२ जनाको ज्यान गइसकेको समाचार आएको छ ।
भारतीय प्रधानमन्त्रीको भ्रमणको विरोध व्यक्ति नरेन्द्र मोदीको विरोध होइन बरु भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजीको विरोध हो । बङ्गलादेशमा मात्र होइन, भारतको वरपरका सबै दक्षिण एसियाली देशहरूमा पनि विरोध भइरहेका छन् । दक्षिण एसियाका जनताले त्यतिकै भारतको विरोध गरिरहेका भने होइनन्, उनीहरू सबै कुनै न कुनै तवरले भारतीय विस्तारवाद र एकाधिकार पुँजीबाट प्रताडित छन् । उदाहरणको लागि भारतीय जलसेना र सीमा रक्षक बलले समुद्री सीमा मिच्ने र आफ्नो क्षेत्रमा भारतीय मछुवारहरूलाई माछा मार्न दिने कदमको विरोधमा बङ्गलादेश, श्रीलङ्का र मालद्विपका जनताको सङ्घर्ष नियमितजस्तै भइरहेको पाइन्छ । सीमा अतिक्रमण र भारतीय सीमा रक्षक बलबाट भएको प्रताडनाविरुद्ध नेपाल, बङ्गलादेश र भुटानका जनता सङ्घर्षरत छन् । भारत र पाकिस्तानबीचको सीमामा त हरबखत युद्धको तयारी अवस्था नै छ । आफ्ना सबैजसो छिमेकी देशहरूसित भारतको सीमा विवाद रहेको छ, पहिले नभएको देशसित पनि भारतले सीमा अतिक्रमणको गतिविधि गरी विवाद जन्माउने गरेको छ । सीमा नदीको उपयोग र लाभको बाँडफाँटका बारेमा नेपाल, बङ्गलादेश र पाकिस्तानसित विवाद कायमै छ ।
त्यसबाहेक यी सबै देशका राजनीतिक नेताहरूलाई भारतीय विस्तारवाद र एकाधिकार पुँजीका मालिकहरूले आफ्ना एजेन्ट बनाई छिमेकी देशको आन्तरिक मामिलामा हस्तक्षेप मात्र होइन सूक्ष्म व्यवस्थापनसमेत गर्ने गरेको नौलो समाचार होइन । सम्पूर्ण दक्षिण एसिया भारतीय एकाधिकार पुँजीको बजारमात्र बनेको छैन बरु यसको चङ्गुलमा नै परेको छ । भारतीय विस्तारवादका हस्तक्षेपकारी गतिविधि कहिले खुलमखुला देखा पर्छ भने कहिले गुप्त ढङ्गले भइरहेको पाइन्छ । आ–आफ्नो देशको सार्वभौमसत्ताको निम्ति सङ्घर्ष गर्ने दक्षिण एसियाली देशहरूका देशभक्त जनता यसकारण भारतविरोधी बनिरहेका छन् । स्वयम् भारतीय शासकहरू र भारतीय एकाधिकार पुँजीका मालिकहरू सच्चिएर छिमेकी देशहरूको सार्वभौमसत्ता र नैसर्गिक हक हनन गर्न नछोडेसम्म भारतको विरोध कायमै रहनेछ ।
Leave a Reply