“धेरै पटकको जेल जीवनको कारण व्यक्तिगत चिन्ताभन्दा पनि हाम्रो समय खेर नजाओस् भन्ने चिन्ता मनमा रहिरहन्थ्यो”
- श्रावण ३, २०८३
भारतमा कोरोना सङ्क्रमण र मृत्युको सूचाङ्क माथि चढ्दै गएपछि नेपाल र नेपाली जनतामा त्रास बढेको स्पष्ट छ । भारतबाट नेपाल आउनेको लाम वा भीड बढेको टेलिभिजन र पत्रपत्रिकाले दिँदै गर्दा स्वाभाविकरूपले संवेदनशील जनतामा भय र आशङ्काको भावना फैलियो । हुन पनि नेपाल–भारतको तीनतिरको सीमानाकाबाट एकै दिन हजारौँ नेपाली घर फर्कँदा र सीमामा स्वास्थ्य परीक्षणमा कडाइ नगर्दा, सङ्क्रमितहरूको उपचारको बन्दोवस्त नहुँदा तथा एकैबाजी गाउँ अनि परिवारमा नपठाउन सबैजसो सीमा नाकामा क्वारेन्टिनको बन्दोवस्त नहुँदा जनतामा खिन्नता हुने नै भयो । यसको दोषी को हो ?
जनताले पत्याएका र आधिकारिक पक्ष भनेकै सरकार हो । सरकार भनेको केन्द्रीय सरकार, प्रदेश सरकार र गाउँ तथा नगरपालिकाहरू हुन् । प्रदेश सरकार र पालिकाहरूलाई स्वास्थ्य कार्यकर्ताको सुरक्षाको निम्ति आवश्यक लुगा, पन्जा, मास्क वा मुख छोपिने साधन, विषाणु मार्ने औषधी (स्यानेटाइजर) लगायत उपचारका अरू साधन केन्द्रीय सरकारले पु¥याउनु आवश्यक छ ।
यसमा केन्द्र सरकार आफैले अगुवाइ गर्नुपर्ने दुई कारण देखिन्छन् – एक, कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री र उपचारमा प्रयोग हुने औषधी उपलब्धता तथा गुणबारे बजारमा ठूलो समस्या छ । दुई, स्वास्थ्यकर्मीहरूको गुणात्मक तालिमको निम्ति प्रदेशहरू पूर्णरूपले सक्षम भइसकेका छैनन् ।
कोभिड–१९ बारम्बार दोहोरिन सक्ने, बाहिरबाट सङ्क्रमण हुनसक्ने र अरू रोगभन्दा छिटो सङ्क्रमणको सम्भावना भएको हुँदा ५–६ महिना पहिले नै प्रदेशस्तरीय सघन तालिम चलाउनुपर्ने थियो । प्रदेश सरकारले पालिका स्तरमा यस्ता क्रियाकलाप गरेको भए जनतामा सन्त्रास फैलिने थिएन । यसमा स्वास्थ्य मन्त्रालय र यसका सम्बन्धित विभागहरू स्वचालित नभएको प्रस्ट छ ।
चिनियाँ अनुदानको खोप आउने खबरले जनता ढुक्क
मित्रको पहिचान आफूलाई दुःख परेको बेला थाहा हुन्छ । मुखले ठिक्क पार्ने तर वचनअनुसार कार्य नगर्दा मानिसको चित्त दुख्छ, यो मानवीय स्वभाव हो । यसकारण, ‘मुखले ठिक्क र कामले दिक्क’ हामी नेपालीले कहिल्यै नगरौँ ! वचनमा पक्का नहुँदा झूटो बोल्ने गोठालाले दुःख पाएजस्तै हामीले पनि दुःख पाउने काम नगरौँ !
भारतीय खोप भारत तथा अन्य देशमा विवादमा आएको सर्वविदित छ । साथै, भारतीय निजी कम्पनीहरूले नाफाको निम्ति काम गरेकोबारे हामी सबै जानकार छौँ । तर, ७०–७१ प्रतिशतमात्रै सुनिश्चितता भएको कोभिड–१९ को भारतीय खोप हो भने हामीले लगाउँदै आएको बिफरको खोप ९९ प्रतिशत सुनिश्चित छ । ‘जुत्ता लगाउनेलाई जुत्ताले कहाँ बिझाउँछ भन्ने’ थाहा हुन्छ भन्ने उखानअनुसार कोभिड–१९ को कहर चीनलाई राम्रो थाहा छ । उहानमा सैनिक खेलकुद प्रतिस्पर्धाको बेला केही अमेरिकी सैनिक खेलाडीहरूबाट कोभिड–१९ महामारी फैलिएको अनुसन्धानबाट सिद्ध भइसकेको विषय हो । तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पको खस्रो व्यवहारपछि चिनियाँ जनताले आफ्नै खुट्टामा उभिएर देश र जनताको सेवा गर्ने सङ्कल्प देखाए । साथै, त्यस ज्ञानले सारा संसारका जनताको पनि सेवा गर्ने अठोट गरे । यो राम्रो सङ्कल्प र चिनियाँ जनताको गुण हो ।
चीनले १८ माघमा अनुदानस्वरूप कोभिड–१९ विरुद्धको खोपको ३ लाख मात्रा (डोज) सहायता दिने भनेकोमा १७ फागुनको दिन ८ लाख मात्रा खोप दिने घोषणा ग¥यो । (नयाँ पत्रिका, १५ चैत २०७७), भारतबाट १० लाखको डोज अनुदान प्राप्त भएको थियो । चीनले दुईपटक गरी ११ लाख डोज १६ चैत सोमबार आउने बताइसकेको छ । यो राम्रो सन्देश हो । तर, सुरुका वर्षमा कोभिड–१९ सँग लड्न केही स्वास्थ्य सुरक्षा सामग्री र अन्य सामान पठाएको बारे सरकार मौन रह्यो, कसैले सेनामा गयो भने । सच्चाइ के हो थाहा छैन । जहाँ गए पनि नेपाली जनतामा पुगी सबै स्वस्थ रहौँ, सेनामा गएपनि स्वस्थ नेपाली सेनाले देशको रक्षा गर्ने हो । कोभिड – १९ सँग सबै नेपाली लडौँ !
Leave a Reply