“देशमा राजनीतिक परिवर्तन ल्याउन निर्वासन, भूमिगत र जेल जीवन झेल्नुप¥यो”
- श्रावण २, २०८३
जेनेभा, ३० मार्च । कोभिड–१९ को उत्पत्तिको अनुसन्धान गर्न विश्व स्वास्थ्य सङ्गठन र चीनले बनाएको संयुक्त कार्यदलले कुनै अर्को जनावरबाट चमेरो हुँदै मानिसमा कोभिड–१९ भाइरस सङ्क्रमण भएको हुन सक्ने सम्भावना अत्याधिक भएको तर कुनै प्रयोगशालामा यो भाइरस बनेको कुरा ‘अत्यन्त असम्भव’ भएको बताएको छ । द एसोसिएट प्रेसलाई प्राप्त कार्यदलको एउटा मस्यौदा प्रतिवेदनमा सो कुरा उल्लेख रहेको सीजीटीएनले जनाएको छ ।
कोभिड–१९ भाइरसको उत्पत्ति कहाँबाट भयो भन्ने विषयमा अझै पनि अनुत्तरित धेरै प्रश्नको यो नयाँ खोजले जवाफ दिने प्रयास गरेको छ । अनुसन्धानकर्ताहरू यो निष्कर्षमा किन पुगे भन्ने विषयमा भने प्रतिवेदनले विस्तारमा चर्चा गरेको छैन ।
कार्यदलले ‘प्रयोगशालाबाट चुहिएको’ भन्ने परिकल्पनाबाहेक सबै सम्भावनाबारे थप अध्ययन गर्ने प्रस्ताव गरेको छ । प्रयोगशालाबाट उत्पत्ति भएको भन्ने अनुमानमा आधारित सिद्धान्त संरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायतका नेताहरूले प्रचारमा ल्याएका थिए । प्रतिवेदनले भाइरस मानिसमा सङ्क्रमण हुन पहिलोपटक कोरोना भाइरस फेला परेको भनिएको समुद्री खानाको बजारले खेलेको भूमिका निश्चय गरेको छैन ।
विभिन्न देशका विज्ञहरू सम्मिलित विश्व स्वास्थ्य सङ्गठनको टोलीले चीनको उहान सहरमा भ्रमण गरेपछि सो प्रतिवेदन तयार गरिएको हो । टोलीले कहिल्यै पनि भाइरसको खास प्राकृतिक स्रोत पत्ता लगाउने लक्ष्य राखेको थिएन । त्यसको निम्ति वर्षौँ वर्षको अनुसन्धान आवश्यक पर्छ । उदाहरणको लागि इबोला भाइरसको वास्तविक प्राकृतिक स्रोत चमेरोको कुन प्रजाति हो भन्ने कुरा चालिस वर्ष लामो अध्ययनपछि पनि पत्ता लगाउन सफल भएको छैन ।
एपीले प्राप्त गरेको प्रतिवेदनको मस्यौदामा अनुसन्धानकर्ताहरूले नयाँ कोरोना भाइरस उदयको सम्भावित चार वटा आधार प्रस्तुत गरेका छन् । सम्भावनाहरूमध्ये सबभन्दा बढी सम्भव आधार भनेको कुनै जनावरबाट चमेरो हुँदै मानिसमा सरेको हुन सक्छ । त्यस्तै सीधै चमेरोबाट मानिसमा पनि त्यो भाइरस सरेको हुन सक्छ । पोका पारिएको खाद्य उत्पादनबाट पनि मानिसमा त्यो भाइरस सरेको हुन सक्ने सम्भावना भए पनि त्यसको सम्भावना भने न्यून भएको वैज्ञानिकहरूले दाबी गरेका छन् । तर, उनीहरूले उहानका कुनै वैज्ञानिक प्रयोगशालामा दुर्घटनावश भाइरस बाहिरिएको हुन सक्ने सम्भावनालाई भने पूर्णतः अस्वीकार गरेका छन् । उनीहरूले उहानका सबै वैज्ञानिक प्रयोगशाला व्यवस्थित हुनुका साथै सन् २०१९ को डिसेम्बरअघि कुनै पनि प्रयोगशालामा कोरोना भाइरससँग सम्बन्धित कुनै अनुसन्धान भएको अभिलेख नभएको बताएका छन् ।
भाइरसबाट सङ्क्रमित जनावरको पोका पारिएको मासु उहान ल्याइएको र त्यसैबाट मानिसमा सरेको हुन सक्ने सम्भावना पनि न्यून रहेको विज्ञहरूले बताए ।
यद्यपि, एडिनवर्ग विश्वविद्यालयको सरुवा रोग विशेषज्ञ मार्क उलहाउसले ‘निकै कम सम्भावना’
को कुरालाई भने अति महत्व दिएको बताए । “पोका पारिएको मासुबाट मानिसमा यो भाइरस सरेको हुन सक्ने कुनै चित्तबुझ्दो प्रमाण नै छैन”, उनले भने । उडहाउसले यो भनाइ नियोजित भएको बताए ।
उनले त कोभिड–१९ को मूल स्रोत कहिल्यै पनि पत्ता नलाग्नसमेत सम्भावना भएको बताए ।
“कुनै नयाँ रोगको उत्पत्ति भनेको कुनै असामान्य घटनाको सिलसिला हुने गर्छ”, उनले भने, “त्यही भएर कुनै पनि कुरा निश्चित गर्न र कुनै सम्भावना अस्वीकार गर्न सकिँदैन ।” तर, उनले अधिकांश वैज्ञानिकहरू चमेरो नै मूलस्रोत हुन सक्नेमा सहमत भएको बताए ।
चमेरो नै कोरोना भाइरसको बाहक हुने गरेको र वास्तवमा कोरोना भाइरसको सबभन्दा नजिकको प्रजाति चमेरोमा भेटिने गरेको छ । प्रतिवेदनमा उस्तै खालको भाइरस सालकमा पनि पाइने गरेको तर मानिसमा सङ्क्रमण भएको कोरोना भाइरस कुनै पनि जीवजन्तुमा वैज्ञानिकहरूले भेटाइहालेको भने छैन ।
प्रतिवेदनले कोभिड–१९ भाइरस उहानको समुद्री खाना बजारबाट नै फैलिएको थियो वा थिएन भन्ने कुरामा निश्चय गरेको छैन । सन् २०१९ को डिसेम्बरमा सबभन्दा पहिला ठूलो सङ्ख्यामा उहान सहरमा कोभिड–१९ का बिरामी फेला परेको थियो । गत वर्ष लानसेट जर्नलमा प्रकाशित भए अनुसन्धान प्रतिवेदनअनुसार उहानको सो बजार सङ्क्रमणको माध्यमसम्म भए पनि त्यसको मूलस्रोत भने नभएको लेखिएको थियो ।
Leave a Reply