अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
केही समयअघि एउटा राष्ट्रिय दैनिकमा राजनीतिशास्त्रका एक प्राध्यापकको लेख छापिएको थियो । उक्त लेखमा उनले विश्वमै समाजवादी व्यवस्था असफल भएको दाबी गर्दै नेपालमा समाजवादी व्यवस्थाको स्थापना औचित्यहीन र असम्भव भनी लेखे । त्यतिमात्र नभई नेपालको संविधान–२०७२ मा व्यवस्था भएको समाजवादउन्मुख लोकतान्त्रिक गणतान्त्रात्मक राज्य हुनेछ भन्ने प्रावधानमाथि पनि आपत्ति जनाए र संविधानको कार्यान्वयन हुन कठिन मौलिक हकहरू खारेज गर्नुपर्छ भने । उनले समाजवादको चर्चा गर्नु फेरि पनि हत्या हिंसा र अशान्तिलाई बढावा दिनु हो भनी कुतर्क पनि गरेका छन् । यो त उदाहरणमात्र हो, आफूलाई बुद्धिजीवी र विद्वान दाबी गर्ने केही यस्ता तथाकथित प्राध्यापक, अनुसन्धानकर्ता लेखकहरू ऐतिहासिक घटनाका झूटा विवरण उल्लेख गरी समाजवादबारे भ्रम छर्नमा लागिपरेका छन् ।
सोभियत सङ्घ र पूर्वी युरोपका पूर्व समाजवादी देशहरूमा विश्वासघातीहरूले साम्राज्यवादीहरूसित मिलेर समाजवादको विघटन गरेका थिए । जनताको सेवा गर्ने र मानव समाजको अग्रगामी विकासका लागि काम गर्ने विषयमा समाजवादी व्यवस्था अत्यन्त सफल थियो । समाजवाद असफल भएको होइन बरु समाजवादी व्यवस्थाको नाममा पुँजीवादी कार्यक्रम ल्याएपछि त्यस्ता कार्यक्रममात्र असफल भएका थिए । समाजवादको विपरीत पुँजीवादी व्यवस्थाले आर्थिक, राजनीतिक र सामाजिक असमानता सिर्जना गरेका छन्, केही मानिसको नाफाको लागि मानिसले मानिसमाथि चरम शोषण गरिरहेका छन् र लाखौँ करोडौँ मानिसहरूलाई खाना, कपडा र औषधिको अभावमा राखेर मारिरहेका छन् । पुँजीवादी प्रजातन्त्रको नमुना मानिने संरा अमेरिका र पश्चिम युरोपका देशहरूमा जनसङ्ख्याको एक दुई प्रतिशत धनीहरूको हातमा देशको आधाभन्दा बढी धनसम्पत्ति पारिदिएका छन् भने करोडौँ करोड मानिस आवासविहीन भई फुटपाथ र खुला चौरमा रात काट्न बाध्य छन् । पुँजीवाद समस्याग्रस्त र भ्रष्ट प्रणाली भएकै कारणबाट ती देशहरूमा पनि समाजवादको पक्षमा जनलहर बढ्दो छ ।
नेपाल र नेपाली जनताको समस्या समाधान गर्नका लागि पनि वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना अपरिहार्य छ । अनुसन्धान गर्ने नाममा पुँजीवादी देशका दाता संस्थाहरूबाट केही लाख र करोड डलर कुम्ल्याएर देशको गोप्यता विदेशीलाई बेचिरहेकाहरू नेपाली जनता राजनीतिकरूपमा सचेत र सङ्गठित होलान् र आफ्नो माग्ने भाँडो खोसिएला भनी तर्सेका हुन् । कसैले सहजै स्वीकार गरे या नगरे पनि मानव समाजको क्रमिक विकास भएको विज्ञानसिद्ध तथ्य हो । त्यस्तै समाजमा शासक र शासित वा शोषक र शोषित वर्ग रहेको र तिनीहरूबीचको द्वन्द्वबाटै समाज अगाडि बढेको पनि अकाट्य सत्य हो । कार्ल माक्र्सले कम्युनिस्ट घोषणापत्रमा लेख्नुभएझैँ अहिलेसम्मको मानव समाजको इतिहास नै वर्गसङ्र्षको इतिहास हो । समाजमा सबै मानिसलाई मानिसको व्यवहार हुने र सबैलाई व्यक्तित्व विकासको समान अवसर प्राप्त हुने समाजवादी व्यवस्था शोषित पीडित जनताको सयौँ र हजारौँ वर्षअघिदेखिको सपना हो । धेरै चिन्तक र दार्शनिकहरूले समाजवाद स्थापना र सञ्चालनबारे आ–आफ्नै किसिमले चर्चा गरेर गए । कार्ल माक्र्स, फ्रेडरिक ऐगेल्सलगायत दार्शनिकहरूका अनुसार कुनै पनि देशमा कामदार वर्गको नेतृत्वमा हुने क्रान्तिबाट समाजवादी व्यवस्था स्थापना हुन्छ । समाजवादी व्यवस्थामा उत्पादनका मुख्य–मुख्य साधनहरू राष्ट्रियकरण वा सामाजिकीकरण हुन्छन् र सत्ताको बागडोर मजदुर वर्गको हातमा हुन्छ । सीमित पुँजीपति एवम् सामन्त वर्गद्वारा बहुसङ्ख्यक कामदार वर्गका जनतामाथि हुँदै आएको शोषण एवम् दमनको अन्त्य हुन्छ । त्यस्तै, क्रान्ति एक निरन्तर प्रक्रिया हो । मजदुर वर्गले शासनसत्ता आफ्नो हातमा लिइसकेपछि पनि समाजवादी क्रान्तिलाई जारी राख्नुपर्ने हुन्छ । राज्यसत्ता कब्जा गर्न कामदार वर्गमा राजनीतिक एवम् वर्गीय चेतना आवश्यक हुन्छ भने समाजवाद निर्माणको निम्ति पनि समाजवादबारे निरन्तर छलफल र समाजवादी शिक्षा उत्तिकै आवश्यक हुन्छ ।
Leave a Reply