सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, १८ चैत । भक्तपुर नगरपालिकाले नगरपालिकाभित्रका पसल व्यवसायीहरूको भेला गरेको छ । बुधबार आयोजित सो भेलामा भक्तपुर नपाद्वारा गठित बजार अनुगमन समितिबाट भएका विविध गतिविधिहरूबारे छलफल भएको छ ।
भेलामा भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिले आर्थिक अनुशासन र पारदर्शिता नै भक्तपुर नगरपालिकाको पर्याय भएको बताउनुभयो । भक्तपुर नगरपालिकाले आत्मनिर्भरतामा जोड दिँदै आइरहेको बताउँदै प्रमुख प्रजापतिले विदेशीको भरमा देशको प्रगति र विकास सम्भव नहुने धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाले सातवटा शैक्षिक संस्थाहरू सफलतापूर्वक सञ्चालन गरी सस्तोमा इन्जिनियरिङ, नर्सिङ, सिभिललगायतका विषयमा देशभरिका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको र स्वीकृति पाएको खण्डमा विश्वविद्यालय सञ्चालन गर्न पनि नगरपालिका सक्षम रहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले नागरिकहरूलाई आफ्नो अधिकार र कर्तव्यबारे सचेत पार्ने कार्यमा पनि नगरपालिकाले जोड दिइरहेको बताउँदै कानुन उल्लङ्घन गर्नेहरू दण्ड—सजायको भागीदार हुन्छ भन्नुभयो । उहाँले भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी र नगरवासीहरूको संयुक्त प्रयासले नपाको हरेक गतिविधि व्यवस्थितरूपले अगाडि बढाउन सहयोग पु¥याएको बताउँदै जनप्रतिनिधिहरू जनताको सेवामा समर्पितभावले लागेको बताउनुभयो ।
भेलामा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष एवम् बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराले पसल व्यवसायी भेला व्यवसायी र उपभोक्तालाई समयमै सचेत पारी स्वस्थ प्रतिस्पर्धाको लागि भएको बताउनुभयो । उहाँले पसल तथा व्यवसाय सञ्चालन गर्दा दर्ता तथा नवीकरण गर्नु अपरिहार्य भएको बताउँदै नगरपालिकामा कर नियमित तिर्नुपर्ने र स—साना पसल व्यवसायीहरू सङ्गठित हुनुपर्नेमा जोड दिनुभयो ।
भेलामा बजार अनुगमन समितिका सदस्यद्वय वडाध्यक्ष हरिराम सुवाल र कार्यपालिका सदस्य रोशनमैंया सुवालले नगरपालिकाले व्यवसायीहरूलाई सचेत पार्ने कार्यहरू गर्दै आइरहेको, भक्तपुर नपाले स्थानीय सामग्रीलाई बढी प्राथमिकतामा राख्दै आएको र भक्तपुरलाई सभ्य र सुसंस्कृत बनाउन नगरवासी व्यवसायीहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
पसल व्यवसायीहरूले आफ्ना व्यवसायिक समस्या र नगरपालिकाले सरसफाइ र व्यवसायीहरूलाई दिनुपर्ने सुविधाबारे राय—सुझावहरू प्रस्तुत गर्नुभएको थियो । भेलामा भक्तपुर नपा वडा नं. १० का वडा निरीक्षक रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply