अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
विश्व स्वास्थ्य सङ्गठनले बुधबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोभिड–१९ भाइरसको उत्पत्तिबारे विशेषतः पश्चिमा देशहरूले गर्दै आएको दुष्प्रचारलाई खण्डन गरेको छ । विभिन्न देशका विषय विज्ञहरू सम्मिलित विश्व स्वास्थ्य सङ्गठनको समूहले चिनियाँ विज्ञहरूसँग मिलेर गरेको अध्ययनको प्रतिवेदनले कोभिड–१९ भाइरसको उत्पत्ति चीनको उहानबाट भएको प्रचारबाजीलाई सही नभएको प्रस्ट पारेको छ । सन् २०१९ को डिसेम्बरमा चीनको हुपे प्रान्तको उहान सहरमा एकमुष्ठ धेरै मानिसमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि पश्चिमा देशहरूले नियोजितरूपमा चीन र अझ एसियालीहरूप्रति पूर्वाग्रही दुष्प्रचार गर्दै आएका थिए । संरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा औपचारिक कार्यक्रममा कोभिड–१९ भाइरसलाई नै ‘चाइना भाइरस’ भनी चीनको बद्ख्वाइँ गरेको थियो ।
अमेरिकाले उहानकै कुनै वैज्ञानिक प्रयोगशालाबाट दुर्घटनावस त्यो भाइरस मानिसमा सङ्क्रमण भएको हुनसक्ने दाबीको पनि खण्डन गरेको छ । वैज्ञानिकहरूले यो भाइरस कुनै प्रयोगशालामा कृत्रिम तरिकाबाट बनाउन असम्भव भएको प्रतिवेदनमा लेखिएको छ ।
संसारभर महामारी फैलिनुको मुख्य दोषी चिनियाँहरू भएको झूटा प्रचारबाजीको कारण पश्चिमा देशहरूमा चिनियाँ मूलका मानिसमाथि भौतिक हमला, अपमान, गाली बेइज्जती, विभेदजस्ता अमानवीय काम भए । पूर्वी एसियालीहरूमाथि नै यस्तो खालको अपमानपूर्ण व्यवहार भए । पश्चिमा देशका नागरिकबाट भएका यस्ता अशोभनीय कामले आफूलाई संसारको केन्द्र ठान्ने पश्चिमकेन्द्रित मानसिकताको सांस्कृतिक दरिद्रता उजागर भएको छ ।
उहानमा सङ्क्रमित फेला परेकै आधारमा संसारभर महामारीको रूपमा फैलिएको कोभिड–१९ महामारीको लागि चीनलाई दोषी ठह¥याउने प्रयास भएको थियो । पश्चिमा सञ्चारमाध्यमहरूले तथ्य–तथ्याङ्क र वैज्ञानिक अध्ययनलाई बेवास्ता गर्दै चीनमाथि वैचारिक र राजनीतिक पूर्वाग्रह साँधेका थिए । कोभिड–१९ महामारी विशेषतः उहान सहरमा व्यापकरूपमा फैलिएपछि चीन सरकारले देखाएको अभूतपूर्वक सक्रियतालाई समेत न्यूनाङ्कन गर्न पश्चिमा सञ्चारमाध्यमहरूले पीत पत्रकारिता गरेका थिए । चीनले आफूविरूद्धका ती सबै झूटको खण्डन गर्दै आएको थियो ।
तर, विश्व स्वास्थ्यको लागि जिम्मेवार अन्तर्राष्ट्रिय निकाय विश्व स्वास्थ्य सङ्गठनले विभिन्न देशका विज्ञहरूलाई समावेश गरी बनाएको टोलीले चीनको उहान सहरलगायत विभिन्न सहरमा गरेको अध्ययनले कोभिड–१९ भाइरस पश्चिमा शक्तिहरूले प्रचार गरेजस्तै चीन अथवा उहानको समुद्री खाना बेच्ने बजारबाट नै उत्पत्ति भएको र फैलिएको भन्ने प्रचारलाई असत्य पुष्टि गरेको छ । संसारले विज्ञहरूको यो प्रतिवेदनलाई स्वीकार्नुको अर्को विकल्प छैन । विशेषतः संरा अमेरिकाले उहानकै कुनै वैज्ञानिक प्रयोगशालाबाट दुर्घटनावस त्यो भाइरस मानिसमा सङ्क्रमण भएको हुनसक्ने दाबीको पनि खण्डन गरेको छ । वैज्ञानिकहरूले यो भाइरस कुनै प्रयोगशालामा कृत्रिम तरिकाबाट बनाउन असम्भव भएको प्रतिवेदनमा लेखिएको छ ।
संसारभर महामारी फैलिनुको मुख्य दोषी चिनियाँहरू भएको झूटा प्रचारबाजीको कारण पश्चिमा देशहरूमा चिनियाँ मूलका मानिसमाथि भौतिक हमला, अपमान, गाली बेइज्जती, विभेदजस्ता अमानवीय काम भए । पूर्वी एसियालीहरूमाथि नै यस्तो खालको अपमानपूर्ण व्यवहार भए । पश्चिमा देशका नागरिकबाट भएका यस्ता अशोभनीय कामले आफूलाई संसारको केन्द्र ठान्ने पश्चिमकेन्द्रित मानसिकताको सांस्कृतिक दरिद्रता उजागर भएको छ ।
कोभिड–१९ जस्ता भाइरसको महामारीको लागि कुनै देश वा शक्तिमाथि दोषारोपण गरेर ताली पिट्दै बस्नु मूर्खता हो । चीनलाई दोषको भारी बोकाउन समय खेर फाल्नुको सट्टा पश्चिमा देशहरूले आ–आफ्नो देशमा सङ्क्रमण फैलिन नदिन तदारूकता देखाएको भए धेरै सम्भव सङ्क्रमणले यति विकराल रूप लिने थिएन । भाइरसलाई राजनीतिक पूर्वाग्रहको आँखाले हेर्ने गल्तीकै कारण कोभिड–१९ ले ठूलो क्षति पु¥यायो ।
सत्य, तथ्य र निष्पक्षताको नारा बोकेका पश्चिमा सञ्चारमाध्यम र तिनैलाई गुरू थापेर तिनकै समाचार प्रचार गर्ने अन्य देशका सञ्चारमाध्यमको शिर आज वैज्ञानिकहरूको प्रतिवेदनपछि निहुरेको छ । उनीहरूभित्रको पूर्वाग्रही सोच यो घटनाबाट संसारले थाहा पाएका छन् । कोभिड–१९ महामारीको कारण पश्चिमा देशहरूले धेरै कुरा गुमाएका छन् । तीमध्ये गुमाएको सबभन्दा महत्वपूर्ण कुरा हो–विश्वसनीयता । पश्चिमा पुँजीवादी शासकहरू विश्वासयोग्य छैनन् ।
Leave a Reply