भर्खरै :

साहित्यकार प्रधान सम्मानित

बागलुङ, ७ असार । नेपाली साहित्यको उत्थानमा उल्लेखनीय योगदान पु¥याए वापत साहित्कार एवम् पत्रकार प्रमोद प्रधानलाई यहाँ आज सम्मान गरिएको छ ।
धवलागिरि साहित्य प्रतिष्ठान बागलुङद्वारा आयोजित ‘यात्रा आफ्नै परिवेश’ कार्यक्रममा उहाँलाई प्रतिष्ठानका अध्यक्ष काजी रोशनले सम्मान–पत्रबाट सम्मान गर्नुभएको हो ।
सो अवसरमा सम्मानित व्यक्तित्व प्रधानले साहित्य आफ्नो रुचिको क्षेत्र भएको उल्लेख गर्दै साहित्य र पत्रकारितालाई सँगसँगै अघि बढाएको बताउनुभयो ।
२०१५ सालमा विराटनगरमा जन्मनुभएका प्रधानका हालसम्म २५ भन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । कविता, बाल साहित्य, अनुसन्धान र समालोचनाका क्षेत्रमा प्रधानले कलम चलाउँदै आउनुभएको छ ।
२०३५ सालमा राससमा प्रवेश गर्नुभएका प्रधान रासस क्षेत्रीय कार्यालय प्रमुख हुँदै प्रधान सम्पादकबाट २०६५ सालमा स्वेच्छिक अवकाश लिनुभएको थियो । चार दशकदेखि पत्रकारिता पेसामा क्रियाशील प्रधान अहिले आर्थिक अभियान दैनिकको समाचार सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *