सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
बेलायतमा पुँजीवादी अर्थतन्त्रको विकास तथा पुँजीपति वर्गको प्रादुर्भावले सामन्तवाद कमजोर हुँदै गयो । यस विषयमा राजा र उनका समर्थकहरू गम्भीर थिएनन् । पुँजीपतिहरू निरङ्कुश राजतन्त्रका शासकहरूलाई ‘अल्छी, परजीवी र मोजमज्जा गर्ने जमात’ सम्झन्थे ।
संसद्को विरोध हुँदाहुँदै चाल्र्स प्रथम (सन् १६२५–१६४९) निरङ्कुश राजाको रूपमा असीमित शक्ति हत्याउन चाहन्थे । राजाको कर लगाउने वित्तीय नीतिप्रति जनता रुष्ट थिए ।
१४ औँ शताब्दीसम्म पनि बेलायती ऐनअनुसार संसद्को स्वीकृतिबाट कुनै पनि करहरू लगाउन पाइन्थ्यो । संसद्ले नयाँनयाँ कर नीति स्वीकृति गर्न धेरै पटक अस्वीकार ग¥यो ।
नयाँ स्टुआर्ट वंशको राजा जेम्स प्रथमको छोरो चाल्र्स प्रथमले राजासमक्ष मागपत्र (Petition of right) प्रस्तुत गर्ने संसद्लाई सन् १६२८ मा भङ्ग गरे, ११ वर्षसम्म त्यस संसद्को बैठन नै आह्वान गरिएन ।
त्यसबेला थोमस वेन्टवर्थ (Thomas Went Worth), स्ट्राफोर्डको सरदार (Earl of Starford) राजाको मुख्य सल्लाहकारहरु थिए । उनले राजालाई संसद्प्रति ध्यान नदिन र राजाको शाही विशेषाधिकार वा स्वकीय अधिकार प्रयोग गर्न सल्लाह दिए । संसद्को स्वीकृतिविना न राजासँग नयाँ कर नीतिहरू लागू गर्ने अधिकार हुन्थ्यो न त सेनामाथि आफ्नो पूर्ण नियन्त्रण हुन्थ्यो ।
सन् १६३१ मा स्कटल्यान्डमा जनताको विद्रोह भयो । स्कटल्यान्डका जनता त्यसबेला कल्भिन धर्म (Calvinism) मान्थे र त्यहाँ प्रोटेस्टेन्ट परम्परा मान्थे । तर, राजा चाल्र्स त्यहाँ बेलायती धर्म (Church of England) लाद्न चाहन्थे । त्यो धर्म राजा (Crown) प्रति भक्ति राख्थ्यो । त्यसकारण, जनता विद्रोही भए । विद्रोह दबाउन राजालाई सेना चाहिन्थ्यो र सेना पैसाबिना हुन्नथ्यो । पैसाकै निम्ति राजालाई संसद् बोलाउनु आवश्यक थियो ।
सेनामाथि आफ्नो नियन्त्रण कायम राख्न राजा चाल्र्स प्रथमले आयरल्यान्डको विद्रोह दबाउने निहुँमा आफ्नो प्रथम सल्लाहकार स्ट्राफोर्डको सरदारलाई सन् १६३१ मा आयरल्यान्डको राजाको प्रतिनिधि (Lord Deputy) को रूपमा सेना गठन गर्न पठाए ।
सन् १६३५ मा राजा चाल्र्सले संसद् बोलाउनुभन्दा पहिले नै नर्मनहरू (Normans) को आक्रमणबाट बचाउन समुद्र किनारमा छेकवार लगाउन जिल्लावासीहरूलाई कर तिर्न आदेश गरे । तर, संसद्ले त्यसको चर्काे विरोध गरे ।
सन् १६४० को अप्रिल महिनामा ११ वर्षपछि राजाले नयाँ संसद् बोलाए । संसद्ले राजालाई कुनै कर लिन वा पैसाको स्वीकृति दिन मानेन र राजाको अधिकार घटाउने पुरानै मुख्यमुख्य मागहरू अघि सारियो । संसद्ले स्कोटियालीहरूसँग पनि गुप्त सम्झौता ग¥यो ।
राजाको आफ्नो उद्देश्य पूरा नभएपछि केही हप्तापछि नै राजा चाल्र्सले फेरि एक पटक संसद् विघटन गरे । छोटो अवधिमै भङ्ग भएको त्यस संसद्लाई बेलायतको इतिहासमा ‘सानो अवधिको संसद्’ (Short Parliament) भनिन्छ ।
विद्रोह झन् झन् बलियो हुँदै गयो, राजासँग विद्रोह दबाउन पैसा र सेना थिएन । यसकारण सन् १६४० को नोभेम्बर महिनामै पुनः एक पटक संसद बोलाउन राजा चाल्र्स बाध्य भए । यसपटक पनि संसदले झन् ठूलो विरोध जनायो, राजाको अधिकार घटाउने विषयमा दृढ अडान जाहेर ग¥यो ।
राजधानी लन्डनका भित्ताहरू क्रान्तिकारी नाराहरूबाट भरिए, राजा संसद् भङ्ग गर्न डराए, त्यस स्थितिको कारण बेलायतमा संसद्ले पुँजीवादी क्रान्तिको बाटो खोल्यो । त्यो संसद् लामो अवधिसम्म चल्यो । यसकारण त्यस संसदलाई ‘लामो संसद्’ (Long Parliament) भनियो । त्यो संसद् १२ वर्षसम्म रह्यो ।
संसद्ले स्ट्राफोर्डको सरदार (Earl Staford) थोमस वेन्टवर्थविरुद्ध राजद्रोही वा जनद्रोहको ऐनअनुसार मुद्दा चलाइयो र एक विश्वासघातीको रूपमा ज्यान सजाय दिइयो ।
त्यस्तै केही समयपछि संसद्ले निरङ्कुश राजतन्त्रको अर्काे पक्षपाति वा प्रवक्ता प्रधान धर्माध्यक्ष (Archbishop) लाउड (Laud) लाई पनि राजद्रोहको अपराधमा ज्यान सजाय दियो ।
ठूलो विरोध
सन् १६४१ नोभेम्बर महिनामा संसद्ले कर उठाउने जहाज कर उठाउने दरबारको विशेष अधिकारहरू खारेज ग¥यो । त्यस कार्यलाई बेलायतको इतिहासमा ‘ठूलो प्रतिवाद’ (Grand Remonstrance) भनिन्छ । त्यो संसद्ले राजालाई औपचारिकरूपले दिएको विरोधपत्र थियो । विरोधपत्रमा राजाले गरेका कानुनविरोधी कार्यहरूको सूची थियो र त्यसमा राज्यका महत्वपूर्ण सबै पदमा ‘अबदेखि संसद्को विश्वासपात्र नियुक्त हुनुपर्दछ’ भनी उल्लेख थियो ।
त्यस विरोधपत्रबाट आगो बनेका राजा आफ्नो सेनाको साथमा संसद् भवनमा पुगे र प्रतिपक्षी नेताहरूलाई पक्राउ गर्न आदेश दिए । तर राजाका विरोधी नेताहरू लन्डनको व्यापार र बैङ्कहरूको केन्द्रमा भूमिगत भइसकेका थिए ।
संसद्को विरोधमा युद्धको घोषणा
राजधानीमा उपद्रव मच्चियो । विरोधी नेताहरूको पक्षमा बन्दरगाहमा काम गर्ने ज्यामी र जहाजका ठूलठूला दलहरूले लन्डनमा प्रवेश गरे । स्थिति डरलाग्दो हुँदै गयो ।
सन् १६४२ जनवरीमा राजा राजधानी छोडेर भागे र आर्थिकरूपले पिछडिएको उत्तर पश्चिमी भागमा आफ्ना शाही समर्थकहरू जम्मा गर्न सुरू गरे । अगस्टमा राजाले संसद्को विरोधमा युद्धको घोषणा गरे ।
बेलायतको उत्तर–पश्चिमी भाग आर्थिकरूपले पिछडिएको थियो । त्यहाँका सामन्ती भूमिपतिहरू राजाको पक्षमा गए ।
तर, आर्थिकरूपमा विकसित बेलायतको दक्षिणपूर्वी भाग, लन्डनका पुँजीपति वर्ग र समान हितका अभिजात वर्गको एक भाग संसद्को समर्थनमा थिए ।
ठूलो विद्रोहीको रूपमा संसद्को पक्षमा बाहिरबाट जलसेना लन्डन पुग्यो र युरोपेली महादेशका निरङ्कुश राजतन्त्रका पक्षपातीहरूबाट भएको हस्तक्षेप रोक्न तिनीहरू संसद्को रक्षा गर्न चाहन्थे ।
बेलायतको चर्च (The Church of England) राजाको समर्थनमा थियो भने धर्ममा शुद्धता चाहने धर्मावलम्बी अर्थात् प्युटिरिटनहरू (Puritans) र धर्ममा परिवर्तन र परिमार्जन चाहने (Protestant Movement) आन्दोलनका विभिन्न पन्थीहरू र समूहरूको विभिन्न भाग संसद्का दृढ समर्थक थिए ।
वर्ग र राजनैतिक पार्टीहरू
संसद्को पक्षमा मुख्य भूमिका खेल्नेहरूमध्ये अति धनी पुँजीपति वर्गको दल थियो, तिनीहरूलाई प्रेसविटरियन (Presbyterians) भनिन्थ्यो । तिनीहरू चर्चमा ज्येष्ठहरूको परिषद्बाट व्यवस्था गरिएको संयुक्त काल्भिनियाली चर्च (Calvinist church) का पक्षपाति थिए ।
तल्लो स्तरका अभिजात वर्ग र पुँजीपति वर्गको पार्टीलाई त्यसबेला ‘स्वतन्त्र’ भनिन्थ्यो । तिनीहरू हरेक चर्चको धार्मिक स्वतन्त्रता चाहन्थे ।
राजाको पक्षमा लड्ने भूमिपतिहरूको सेना व्यावसायिक लडाकू वा सिपाहीहरू थिए । तिनीहरूका घोडचडी फौज अनुशासित र अनुभवी थिए । यसकारण लडाइँको सुरूमा राजावादीहरू बलिया देखिए । तर, संसद्ले सङ्गठित गरेका सशस्त्र दलहरू आवश्यक मात्रामा तालिम प्राप्त थिएनन् र तिनीहरूले कमसल हातहतियार भिरेका थिए । संसद्को सेनाका कमान्डरहरू स–साना भूमिपतिवर्गबाट आएका हुनाले अभियानमा सा¥है उत्साही थिए वा सदा राजासँग छिटै मेलमिलापको हिसाबकिताब गरिरहन्थे । संसद्का प्रेसबिटरियानीहरूको बहुमत पनि मेलमिलापकै पक्षमा थिए ।
संसद्को अनिर्णित नीति र त्यसको सेनाको हारबाट बेलायती समाजको परिवर्तनवादी पक्षहरूमा असन्तोष बढ्यो । त्यसले गर्दा असन्तुष्ट पक्ष आन्दोलनमा ‘स्वतन्त्र’ भन्ने तल्लो वर्गको पक्षमा गए ।
ती ‘स्वतन्त्र’ भन्नेहरू ओलिभार क्रामवेल (सन् १५९९–१६५८) ले नेतृत्व गरेका थिए । उनको घोडचढी सेनामा किसान, कालीगढलगायत स–साना पुँजीपति वर्गको विविधखाले प्रतिनिधिहरू थिए । तिनीहरू ‘स्वतन्त्र’ र ‘काल्भिनियाली’ धर्मका अत्यन्त दृढ र साहसी व्यक्तिहरू थिए । क्रामवेलका घोडचढी सेनाका जवानहरू सा¥है अनुशासित र लौहसेना (Ironsides) l थिए । त्यही सेनाले १६४४ को जुलाई महिनामा मार्सटोन मुर (Marston Moor) भन्ने ठाउँमा राजाको सेनामाथि पहिलो विजय प्राप्त ग¥यो ।
त्यस विजयपछि संसद्ले क्रामवेललाई सम्पूर्ण सेनालाई सुधार गर्न स्वीकृति दियो । उनले सेनालाई ‘नयाँ नमुना सेना’ को रूपमा तयार गरे । त्यही सेनाले १६४६ मा नासेवीको लडाइँमा (Bottle of Naseby) मा राजाको सेनालाई अन्तिम प्रहार गर्ने सफलता प्राप्त ग¥यो । राजाका धेरै सिपाहीहरू बन्दी बनाइए । तोपलगायत धेरै हातहतियारहरू कब्जा गरिए, राजाका कूटनैतिक चिठीपत्रहरू कब्जा भए ।
राजा एकातिर संसद्सँग वार्ताको कुरा उठाएर युद्ध विरामको कुरा गर्दै थिए भने अर्काेतिर चिठी लेखेर युरोपेली सरकारहरूसँग मद्दत माग्दै थिए । साथै, आफू विजयी भएमा ‘विद्रोह’ लाई निर्ममतापूर्वक दबाउने कुरा पत्रमा लेखिएको थियो । ती चिठीहरू प्रकाशित गरिएपछि सारा जनता आक्रोशित भए । यसबाट राजाको प्रभावमा ठूलो ¥हास आयो ।
नासेवीको लडाइँको हारबाट राजाले अरू धेरै ठाउँमा पराजय भोगे, राजाका मुख्यमुख्य गढहरूमा सेनाले आत्मसमर्पण ग¥यो तर राजा स्कटल्यान्ड भागे । सन् १६४७ को जनवरी महिनामा स्कोटियालीहरूले आफूलाई क्रामवेलको सेना स्वीकार गर्न ४ लाख पाउण्ड लिए र राजालाई बेलायतीहरूको हातमा सुम्पे ।
सामन्तवादविरोधी क्रान्तिकारी सुधारहरू
लडाइँ भइरहेकै बेला संसद्ले अनेक सुधारका कानुनहरू पारित ग¥यो, सामन्ती बेठ बेगारीलाई आंशिकरूपले उन्मूलन ग¥यो, राजा र चर्चका जग्गा, जमिन तथा राजाका समर्थहरूको भूमि जफत ग¥यो र बिक्री गरियो ।
सन् १६४६ को सामन्ती जमिनदारी प्रथाको उन्मूलनले दीर्घकालीन प्रभाव पा¥यो । जमिनदारी तथा कामत व्यवस्था खारेज गरिए । अभिजात वर्गको भूमि मध्यम वर्गको सम्पत्ति बन्यो । यसरी सामन्ती दासत्वका अवशेषहरूलाई समाप्त गरेपछि मध्यम वर्गको सम्पत्ति बढ्यो भने किसानको खेतमा पुरानै शर्त कायम रहे अर्थात् किसानले मालिकलाई तिनुपर्ने सबै किसिमका कर र श्रम सेवा कायमै रहे । किसानले क्रान्तिबाट केही उपलब्धि पाएनन् ।
राजतन्त्र, शक्तिशाली मालिक र स्थापित चर्चहरूको विरोधमा भएको त्यो ठूलो विद्रोह वा क्रान्ति वास्तवमा पुँजीपति वर्ग र गाउँका मध्यम वर्ग मिलेर भएको यिथो ।
राजालाई सेनाको एक बन्दीको रूपमा सुपुर्द गरेपछि संसद्मा प्रेसविटरियालीहरूले क्रान्ति टुङ्गेको माने तथा राजासँग शान्ति सम्झौता गर्न तयार भए । तर पाँच वर्षको युद्धपश्चात् केही प्राप्त नभएको हुँदा व्यापक जनताको क्रान्तिकारी भावना शान्त भएन ।
सेनामा सामान्य सिपाहीहरू जोन लिल्लवर्न (सन् १६१८–१६५७) को नेतृत्वमा समानतावादीहरूले नयाँ पार्टी गठन गरी सङ्घर्षलाई चालु राख्ने निर्णय गरे । तिनीहरूले बालिग मताधिकार (पुरूषहरूको), राजतन्त्रको उन्मूलन र भूमि किसानहरूमा नै फिर्ता दिने माग अघि सारे । राजनीतिक शक्ति छिट्टै सेनाको हातमा पुग्यो । युद्ध समाप्त भइसकेको हुँदा सेनालाई विघटन गर्ने निर्णय संसद्ले ग¥यो ।
त्यस आदेशले सेनामा आक्रोश जगायो । सैनिक रेजिमेन्टहरूले आफ्ना प्रतिनिधिहरू चुन्ने प्रक्रिया सुर गरे । आन्दोलनकारीहरूले सैनिक प्रतिनिधिहरूको परिषद् निर्माण गर्न माथिल्लो तह वा कुलिन वर्गका अफिसरहरू (Grandeer) माथि निर्णायक कारबाहीको निम्ति माग गरे । क्रामवेलको ‘स्वतन्त्र’ सैनिक नेताहरू वा अफिसरहरूलाई साधारण सैनिकहरू ‘खान्दानी अफिसरहरू’ भन्थे । सेनालाई नियन्त्रणमा राख्न क्रामवेलले एक सैनिक परिषद् (General Army Council) गठन गरे । त्यसमा सिपाहीहरू आ–आफ्ना अफिसरहरूको निगरानीमा रहन्थे । छिट्टै लन्डनलाई सेनाले कब्जा ग¥यो र साँचो अर्थमा देश सेनाको हातमा गयो ।
सेनामा पनि वर्गसङ्घर्ष सुरू भयो । अफिसरहरू र समानतावादीहरू निर्माण हुन लागेको राज्यको राजनैतिक बनावटसँग सहमत हुन सकेनन् । खान्दानी अफिसहरू वालिग मताधिकारबाट डाराउँथे, तिनीहरू गरिबहरूले शक्ति कब्जा गर्ने तथा निजी सम्पत्ति समाप्त गर्ने कुरासँग तर्सन्थे ।
ती परस्पर विरोधी हितहरूको कारणले समानतावादीहरू र साधारण सिपाहीलाई विद्रोहमा उता¥यो । अफिसरहरूको परिषद् मात्रै बाँकी राखेर क्रामवेलले सिपाहीहरूको परिषद् भङ्ग गरे तथा विद्रोहलाई दबाउन थाले ।
सेनामा आपसी स्वार्थमा सङ्घर्ष हुनासाथै क्रान्तिविरोधी तत्वहरू अगाडि देखा परे तथा संसद्का प्रेसविटरियालीहरू राजावादीहरूसँग मिले । तर, मौका पाउनासाथै राजा भाग्न सफल भए । २२०० स्कटियाली राजा–रजौटाहरूको सङ्गठित सेना साथमा लिई क्रामवेलको सेनासँग भिड्न बेलायतमाथि धावा बोले ।
डरलाग्दो स्थिति देखेर खान्दानी अफिसरहरू र समानतावादीहरूले आ–आफ्ना जवानहरूलाई एकचोटि फेरि सङ्गठित गरे । क्रामवेलको सेनाले स्कटियाली सेनालाई हराउन आदेशमा रगत बगाएको दोष कबुल गर्न भनियो र ईश्वरको निम्ति र गरिब बेलायती राष्ट्रको निम्ति अदालतमा पु¥याइयो ।
सेनाले प्रेसविटरियालीहरूलाई संसद्बाट धपायो र संसद्मा रहेका ‘स्वतन्त्र’ हरूले राजालाई विश्वासघात र राजद्रोह (High Tresson) को निम्ति ज्यान सजाय दियो । ३० जनवरी १६४९ को दिन राजाको टाउको काटियो र बेलायत राजा वा राजा–रजौटाको सभाविनाको गणतन्त्र घोषणा गरियो ।
सन् १६५३ मा क्रामवेलले ‘लामो संसद्’ लाई भङ्ग गरे । सन् १६५४ मा उनले आफूलाई गणतन्त्रको रक्षक (Lord Protector of the Republic) घोषणा गरे । यसरी उनी बेलायतको एकछत्र शासक बने । आफू सत्तामा रहँदा उनले समानतावादीहरू र राजावादी विरोधीहरू दुवैलाई निर्ममतापूर्वक दमन गरे । उनले आयरल्यान्ड र स्कटल्यान्डको विद्रोहलाई दबाए र १६५४ मा ती देशहरूलाई बेलायती राज्यमा गाभेको घोषणा गरे । विदेश मामलामा पनि क्रामवेलले धेरै सफलताहरू प्राप्त गरे ।
बेलायतको मुख्य प्रतिद्वन्द्वी हल्यान्डलाई हराएपछि सन् १६५१ को जहाजी यात्राको ऐन (Navigation Act) बनाएर बेलायतको समुद्री किनारामा बेलायती जहाजमात्र चलाउन पाउने र बेलायतमा बनेको सामान मात्र ल्याउन पाउने बन्दोबस्त गरियो । त्यसले डच व्यापारलाई ध्वस्त पा¥यो । क्रामवेलले स्पेनबाट जमैका टापु कब्जामा लिए, त्यसबेला जमैका व्यापारको केन्द्र थियो र स्पेनियाली नेडरल्यान्डको डनकिर्क (Dunkirk) पनि लिए ।
सन् १६५८ मा शक्तिको शिखरमा पुगेको क्रामवेलको मृत्यु भयो । नयाँ शासक वर्ग अर्थात् पुँजीपति वर्ग व्यापक जनताको सहभागितामा नयाँ क्रान्तिको लहरबाट डराएर त्यस वर्गले तुरून्तै चाल्र्स दोस्रो (१६६०–१६८५)लाई गद्दीमा राख्यो र त्यसपछि जेम्स दोस्रो (१६८५–१६८८) लाई गद्दीमा राखेर राजतन्त्रलाई पुनःस्थापना ग¥यो ।
क्रामवेल र बेलायती गणतन्त्र
स्टुआर्ट राजाहरूले आफ्ना अघिल्ला पुस्ताहरूले जस्तै फेरि सत्तामा स्थापित हुने नीतिहरू लिँदा पुँजीपति वर्गले त्यस वंशलाई सदाको निम्ति धपायो । त्यस घटनालाई बेलायती इतिहासमा ‘गौरवमय क्रान्ति’ (Glorious Revolution) भनियो, अर्थात विनाकुनै रक्तपात स्टुआर्ट वंशको नजिकको नाता ‘विलियम अफ अरेँज (William of Orange) र उनको जहान मेरी (Merry) लाई गद्दीमा बसालियो । त्यस घट्नाले संसद्को अन्तिम विजय साबित ग¥यो र त्यसले स्टुआर्ट सर्वसत्तावाद भन्दा बेलायतमा वर्गीय सन्तुलनको यथार्थ स्थितिलाई प्रतिबिम्बित ग¥यो ।
बेलायती क्रान्तिले सामन्तवादको अन्तिम अवशेषलाई समाप्त पा¥यो र संसद्ले निर्धारित गरेको शक्तिले नयाँ राजतन्त्रलाई स्थापित ग¥यो । संसदीय व्यवस्थाको सार भनेको संसदीय निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीले देशमा शासन चलाउनु हो । मन्त्रीहरू बहुमत दलका नेताहरूबाट नियुक्त हुने र सरकार संसद्प्रति उत्तरदायी हुन्छन् ।
यसको अर्थ हो – संसद्को समर्थनप्राप्त गरेको सरकार सत्ताबाट च्यूत हुन्छ । यद्यपि, संसद्मा रहेका शासक दलहरूले जनताको वास्तविक हितलाई नहेर्दा संसद् खाली खान्दानीहरूको जनसङ्ख्याको एक सानो भागले अथवा मत दिने अधिकार उपयोग गर्ने प्रचुर साधनवालाहरूको मात्रै स्वार्थको थलो बन्यो ।
१५ औँ शताब्दीमा ३५ लाख ४० हजार जनसङ्ख्या भएको एक सानो देश बेलायत आयरल्यान्ड र स्कटल्यान्डमात्र होइन युरोपको मुख्य शक्ति बन्यो र त्यसले बेलायती टापुहरूमा मात्र होइन उत्तर अमेरिका र सम्पूर्ण भारतमा समेत राज ग¥यो ।
१६ औँ शताब्दीमा बेलायतले स्पेनमाथि विजय प्राप्त ग¥यो, १७ औँ शताब्दीमा स्पेनमाथि विजय प्राप्त ग¥यो, र १८ औँ शताब्दीमा डच (Dutch) माथि विजय प्राप्त ग¥यो र १८ औँ शताब्दीमा फ्रान्समाथि विजय प्राप्त ग¥यो । बेलायतको यस्तो शक्ति अगाडि बढ्नुमा पुँजीवादी विकासको प्रत्यक्ष परिणाम थियो ।
आफ्नो सीमाभन्दा टाढाटाढासम्म प्रभाव पार्ने पहिलो पुँजीवादी क्रान्ति बेलायती क्रान्ति थियो र त्यसले इतिहासलाई नयाँ मोड दियो । तैपनि सम्पूर्ण युरोपमा पुँजीवादी अर्थतन्त्र र पुँजीवादी शासनलाई विस्तार गर्न अझै समय आइसकेको थिएन ।
(प्रस्तुत लेख ६ सेप्टेम्बर २००२ मा ‘क्रामवेल र बेलायती गणतन्त्र’ शीर्षकमा बेलायतको ‘नयाँ मजदुर’ ९त्जभ ल्भध ध्यचपभच० पत्रिकामा छापिएको थियो । त्यो लेख १९७४ मा मस्कोबाट प्रकाशित ‘विश्वको सङ्क्षिप्त इतिहास’ बाट लिइएको थियो । स.)
Leave a Reply