कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
नेपाल–भारत खुला सीमाका कारण नेपाल–भारत सीमा स्तम्भ हटाउने, नेपाली भूमि अतिक्रमण गर्ने, भारतीय पक्षले नेपाली भूमि जोतेर जबरजस्ती नेपालीलाई उढिबास गर्नेमात्र होइन आपराधिक घटनाहरू बरोबर सार्वजनिक भइरहेको छ । नेपाली चेलीबेटीलाई अनेक लोभलालच देखाएर भारतीय वेश्यालय पु¥याउने, बिरामीको बहाना बनाएर युवाहरूलाई अस्पताल भर्ना गरी मानव अङ्ग झिक्ने र महिला बेचबिखन गर्ने काम अहिले पनि रोकिएको छैन । मङ्गलबार दिउँसो घाँस काट्न हिँडेपछि सम्पर्कविहीन भएका सात बालबालिका तथा किशोरी भारतमा भेटिएको घटनाले नेपाली र भारतीय गिरोहहरू अझै सक्रिय रहेको देखिन्छ । कुनै पेशेवर तस्करी या गिरोहको संलग्नता र आपराधिक व्यक्तिहरूको मिलेमतोबिना बालबालिका तथा किशोरीहरू एकाएक भारत पु¥याउन सकिँदैन ।
ती बालबालिका तथा किशोरीहरूलाई विनाकारण भारत पु¥याइँदैन । बेचबिखन गर्न र मानव अङ्ग झिक्ने उद्देश्यले नै भारत पु¥याइएको प्रहरीको आशङ्का गलत नहुनसक्छ । लोभलालचमा परेर अपहृत हुने, बेश्यालय पु¥याउने, अङ्ग झिक्ने, बेचबिखन हुने अधिकांश महिलाहरू गरिब, अशिक्षित, सोझासीधा नै परेका हुन्छन् । पेशेवर तस्करी या गिरोहहरूले राम्रो जागिर पाउने, बढी तलब हुने, ५÷१० वर्ष काम गरेपछि राम्रो घरजम हुने र परिवारको भविष्य बन्ने सपना बाँडेर नै कति चेलीबेटीहरू अपहृत हुन्छन्, बेपत्ता पार्छन्, बेश्यालय पु¥याउँछन् र यौन शोषण गर्न नै बेखबिखन गर्छन् ।
यस्ता आपराधिक घटना हुनुको मुख्य कारणहरूमा नेपाल–भारत खुला सीमा हुनु हो, सरकारका सम्बन्धित निकायहरू जिम्मेवार नहुनु हो, सरकारको बेवास्ता हुनु हो र आपराधिक व्यक्तिहरूलाई उचित कारबाही नहुनु हो । वर्षमा हजारौँ बालबालिकाहरू बेपत्ता हुन्छन्, अपहृत हुन्छन् । कति बालबालिकाहरू पैसा असुल्नकै लागि अपहरणमा पर्छन् । अभिभावहरूसँग पैसाको लेनदेन मिलेमा अपहृत बच्चा फर्काउने र नमिलेमा मारेर फाल्ने गरेको घटना बेलाबखत सार्वजनिक भइरहेकै हो । पदको निम्ति लड्ने, भागबन्डा नमिले गुट – उपगुट गर्दै पार्टी र सरकारलाई कमजोर बनाउने ठूला दल र सत्तारुढ दलका नेताहरूको यसतर्फ ध्यान पुगेको छैन, ध्यान गएको छैन । यसमा सरकार जिम्मेवार बन्नुपर्छ । नेपाल–भारत सीमा खुला नियमन गर्न र अपराधीहरूलाई उचित कारबाही गर्नेतर्फ सरकारले पहल गर्नुपर्छ ।
Leave a Reply