जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
उरूमुछी, ३ अप्रिल । मार्च ३०–अप्रिल २ तारिखसम्म शाङहाई सहयोग सङ्गठनका महासचिव भ्लादिमिर इमामोभिच नोरोभ र चीनका लागि २१ वटा मुलुकका कूटनीतिज्ञहरू जम्मा गरी ३० जनाले सिनच्याङको उरूमुछी, खाश, आक्सुको भ्रमण गरी त्यहाँको आर्थिक विकास, जनजीवनको सुधार, पर्यावरणीय निर्माण, नागरिकको धार्मिक स्वतन्त्रताको प्रत्याभूति अवस्थाबारे जानकारी लिएका छन् ।
सिन्च्याङ भ्रमण टोलीमा नेपाल, पाकिस्तान, रूस, अर्मेनिया, ताजिकिस्तान, बेलारूसका कूटनीतिज्ञहरूको उपस्थिति थियो । उनीहरूले सिनच्याङमा आतङ्कवाद र उग्रवादविरोधी प्रदर्शनीको निरीक्षण गरेका छन् र चीन सरकारले गरिरहेको प्रयासको उच्च मूल्याङ्कन र समर्थन गरेका छन् । यसबारे चीनका लागि पाकिस्तानी राजदूत मोइन उल हाकले भन्नुभएको छ, “यस प्रदर्शनीबाट सिनच्याङको इतिहासबारे जानकारी मिलेको छ, विशेषगरी आतङ्कवाद र उग्रवादविरोधी चीन सरकारको सङ्घर्षबारे गहिरो बुझाइ हुनसकेको छ । चीन सरकारसँगै मानव जातिको साझा शत्रु आतङ्कवादमाथि प्रहार गर्दै जानुपर्छ ।”
भ्रमण टोलीले सिनच्याङको इस्लामिक शास्त्र प्रतिष्ठान, उरूमुछी सहरमा अवस्थित सेतो मस्जिद, खाश सहरमा अवस्थित आइटीगार मस्जिदको भ्रमण गर्दै धार्मिक पादरीहरूको हुर्काइ, धार्मिक कार्यक्रमहरूको सञ्चालन र नागरिकहरूको धार्मिक स्वतन्त्रताको प्रत्याभूतिलगायतका विषयबारे स्थानीयहरूसँग गहनरूपमा वैचारिक आदानप्रदान गरेको छ । साथै खास सहरको नाइचर्बाग टाउन्सिपको युकार्ककजर गाउँबस्तीमा अल्पसङ्ख्यक जातीय स्थानीयहरूसँग पनि कुराकानी गर्दै विभिन्न जातिबीचको आदानप्रदान र मेलमिलाप अवस्था एवम् स्थानीय पर्यावरणीय संरक्षण कार्यबारे जानकारी पनि लिइएको छ । यसका अतिरिक्त, सिनच्याङ अन्तर्राष्ट्रिय बजार, खाश प्राचीन सहरमा स्थानीय रहनसहन र बहुसंस्कृतिको पनि भ्रमण टोलीले अनुभव गरेको छ ।
सीआरआई
Leave a Reply