शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
छिमेकी देशहरू भारत, पाकिस्तान, बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमण पुनः तीव्ररूपमा बढिरहेको सन्दर्भ र नेपालमा पनि केही दिनयता दैनिक नयाँ सङ्क्रमित बढेको तथ्यले नेपालमा कोभिड–१९ को दोस्रो लहर आउने खतरा बढेको छ । गत वर्ष कोरोना भाइरस सङ्क्रमणको पहिलो लहरको क्रममा भारतमा दैनिक झन्डै एकलाख मानिस सङ्क्रमित भएका थिए भने अहिले कोरोना भाइरसको सङ्क्रमण तीव्रगतिमा फैलिँदै गएको र सङ्ख्या ५० हजारभन्दा माथि पुगेको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहर आइसकेको छ र अझ चिन्ताको कुरा यसपटक नेपालसित सिमाना भएका भारतका उत्तर प्रदेश, उत्तराञ्चल प्रदेश र विहारमा सङ्क्रमण बढी फैलिएको छ । नेपाल र भारतबीचको खुला सिमानाका कारण जथाभावी आवतजावत भइरहने कारणले पनि नेपाल उच्च जोखिममा रहेको छ । नेपाल सरकार, प्रदेश सरकारहरू र स्थानीय तहहरूले समेत आफ्नो क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन भारतसितको सीमा क्षेत्रमा आवतजावतमा नियन्त्रण गर्नुपर्ने र अत्यावश्यक भएकै खण्डमा पनि ज्वरो र एन्टीजेन परीक्षण गरेरमात्र भित्र्याउने बन्दोबस्त गर्न जरूरी छ ।
कोभिड–१९ को दोस्रो लहरलाई नियन्त्रण गर्न नेपालको स्वास्थ्य सेवा, क्षमता र मनोबल पहिलेको भन्दा बलियो भएको छ । त्यसलाई कोरोनाविरूद्धको खोपले थप सहयोग पु¥याएको छ । तर, यत्तिकैमा सन्तोष गर्ने अवस्था भने छैन । सम्भाव्य दोस्रो लहरप्रतिको सतर्कता र तयारीमा स्वास्थ्य मन्त्रालयले केही पहल लिएको देखिए पनि सिङ्गो सरकार त्यसमा गम्भीर देखिएको छैन । आजको आवश्यकता भनेको पहिले अपनाइएका र अपनाउन छुटेका प्रभावकारी उपायहरूलाई सरकार र आम नागरिकले अविलम्ब अवलम्बन गर्नु हो ।
दोस्रो लहरको सामना गर्ने मूल रणनीति पनि पहिलेझैँ– ब्रेक द चेन, स्ट्याम्प द फायर नै हुनुपर्छ । अर्थात्, सङ्क्रमणको शृङ्खलालाई तोडेर विस्तारित हुन नदिने र जहाँ सङ्क्रमितहरू फेला परेका छन्, त्यहाँ ट्रेस, परीक्षण र उपचारको अभियानलाई तीव्रता दिएर सङ्क्रमितहरूलाई समुदायको सम्पर्क हुनबाट हटाउने हो । भौतिक दूरी, मास्कको सही प्रयोग, साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने कार्य सङ्क्रमणको शृङ्खला तोड्ने निरोधक उपाय हो भने परीक्षण, सम्पर्क व्यक्तिको पहिचान र उपचार कोरोनाको लक्षण देखापरेका व्यक्तिहरूको व्यवस्थापन हो । यसका साथै अब समस्याको सही चरित्र ठम्याउन अनुसन्धानको पक्षलाई पनि सँगसँगै लैजानुपर्छ । बढिरहेको सङ्क्रमणमा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ कि छैन त्यो पनि चासोको विषय हुने नै छ । स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यसबारे ध्यान दिनु आवश्यक छ ।
पहिलो लहरका क्रममा अस्पतालमा कोभिडका रोगीहरूका लागि यथेष्ट बेड नहुनु समस्या नै भएको थियो । होम आइसोलेसनमा बस्न नसक्नेहरूका लागि सामुदायिक आइसोलेसन केन्द्रहरूको कमी थियो । साथै, रोगीहरू यथाशीघ्र अस्पताल पुग्नका लागि यातायातको पनि ठूलो समस्या रह्यो । यिनै कारणहरूले गर्दा रोगीहरूले उपचारका लागि भौतारिनुपर्ने स्थिति उत्पन्न भयो । सरकार र स्थानीय तहहरूले यसमा ध्यान दिनसकेमा सङ्क्रमण नियन्त्रणमा सहजता आउनेछ । स्थानीय तहका हरेक वडा नेतृत्वले आफ्नो वडामा रहेका सङ्क्रमितहरूको हेरचाहप्रति उत्तरदायित्व बहन गर्नु उनीहरूलाई आवश्यक परे तत्काल अस्पतालको व्यवस्था गर्ने जिम्मा लिनुपर्छ । यी तयारी गरिएको खण्डमा लकडाउनको आवश्यकता पर्नेछैन । गर्नुपर्ने तयारी नगरेर लकडाउनको मात्रै राग अलापेमा कमाएर खान नपाएका जनताबाट त्यसको अवज्ञा हुने पनि निश्चित छ ।
Leave a Reply