जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
लन्डन, ४ अप्रिल । प्रदर्शनहरू दबाउन प्रहरीलाई थप अधिकार दिने एउटा विधेयकको विरोधमा बेलायतका विभिन्न सहरमा प्रदर्शन भएका छन् । ‘त्यो विधेयकलाई मार’(किल द बिल) नाराअन्तर्गत यो साता बेलायतको डोरसेटदेखि न्युक्यासलसम्म २४ वटा प्रदर्शनहरू भएका छन् । शनिबार राजधानी लन्डनमा पनि मानिसहरू भेला भएर प्रदर्शन गरेका थिए ।
बेलायतमा विरोध प्रदर्शन र नीति निर्माणमा त्यसको प्रभावको लामो इतिहास छ । सन् १९१८ मा भएको आन्दोलनले महिलालाई पनि मताधिकार दिएको थियो भने करबारे जनमतको प्रदर्शनले प्रधानमन्त्री मार्गरेट थ्याचरलाई राजीनामा दिन बाध्य बनाएको थियो ।
विरोध भएको विधेयकमा प्रहरीलाई विरोध प्रदर्शनको समय हेरफेर गर्नसक्ने अधिकार प्रहरीलाई दिइएको छ । त्यस्तै प्रदर्शनले कतिसम्म आवाज निकाल्न पाउनेसमेतको निर्धारण गर्ने अधिकार प्रहरीलाई दिइएको छ । प्रहरीले अटेर गर्नेलाई जरिवाना गर्नेदेखि जेल सजायसमेत गर्नसक्ने व्यवस्था विधेयकले गरेको छ ।
कुनै पनि सालिक वा स्मारकमा कुनै प्रकारको क्षति पु¥याउनेलाई दस वर्षसम्मको सजाय गर्नसक्ने विधेयकमा प्रस्ताव गरिएको छ । सन् २०१९ मा भएको वातावरणसम्बन्धी लोप विद्रोह आन्दोलनको क्रममा प्रहरीसँगको सीमित अधिकारको कारण बोरिस जोनसनले यस्तो विधेयक ल्याएको अनुमान गरिएको छ । त्यत्तिबेला आन्दोलनकारीहरूले अक्सफोर्ड सर्कसको चोक र लन्डनको थेम्स नदी वारपार गर्ने पुलमा अवरोध गरेका थिए ।
गत शुक्रबारमात्र बैङ्क अफ इङ्गल्यान्डको भित्तामा आन्दोलनकारीहरूले रङ्ग छर्केर जीवाष्म इन्धन उद्योगप्रति विरोध जनाएका थिए ।
विपक्षी दलहरूले यो विधेयकलाई घातक भएको प्रतिक्रिया दिएका छन् । महिला अधिकारवादीहरू बेलायती संसद् भवन परिसरमा भेला भएर विधेयकको विरोधमा नाराबाजी गरेका थिए । उनीहरूले जोनसन सरकारले महिलाहरूको अधिकार र सुरक्षा क्षेत्रमा गरेका कमजोरीको विरोध गरेका थिए ।
Leave a Reply