ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
कीर्तिपुर, २३ चैत । युवा खेलकुद समूह कीर्तिपुरको आयोजनामा पाँगा कीर्तिपुरमा सञ्चालित १२ औँ सहिद स्मृति कप खुला पुरुष ब्याडमिन्टन प्रतियोगिताको सोमबार भएको समूह ‘बी’ अन्तर्गतको प्रि क्वाटर फाइनल खेलमा रोहन र निश्चल÷ निश्चल महर्जन (नगाउँ), संलेस र दिपु महर्जन (ढोकासी ) सन्दिप÷राजेश महर्जन (जनसेवा), मुकेश महर्जन ÷परमेश्वर महर्जन (दिउखेल) क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको समूह ‘बी’ अन्तर्गतको प्री क्वाटर फाइनल खेलमा रोहन र निश्चल महर्जन (नगाउँ) को जोडीले प्रशुम थापा र राजु महर्जन (जलविनायक) जोडीलाई २१–१३ र २१–१५ले, संलेस र दिपु महर्जन (ढोकासी ) जोडीले अनन्त र स्वाधीन महर्जनको (लनगोल) जोडीलाई २१–१८,१५–२१ र २१–१९ ले, सन्दिप ÷राजेश महर्जन (जनसेवा) जोडीले उमेश र समिर महर्जन (सूर्यज्योति) जोडीलाई १९–२१, २१–१० र २१–१६ ले र मुकेश महर्जन÷परमेश्वर महर्जन (दिउखेल) को जोडीले नरेन्द्र र राजन महर्जन (सनस्टार )को जोडीलाई २१–१३ र २२–२० ले पराजित गरी क्वाटर फाइनल चरणमा प्रवेश गरेका हुन् । चैत २५ गतेदेखि क्वाटर फाइनल चरणका खेलहरू सञ्चालन हुनेछन् ।
Leave a Reply