भर्खरै :

क्युवाली कम्युनिस्ट पार्टीलाई आठौँ महाधिवेशनको शुभकामना !

क्युवाको आकाशमा समाजवादको रातो झन्डा
क्युवाली कम्युनिस्ट पार्टीले क्यारेवियाली देश क्युवामा जनताको विद्रोह तथा क्रान्तिमार्पmत समाजवादको रातो झन्डा फहराएको ६ दशक पूरा भइसकेको छ । सन् १९५९ जनवरी १ देखि आजसम्म क्युवामा समाजवादी व्यवस्था कायम छ । आप्mनो निकटको देश तथा भरपर्दो मित्र सोभियत सङ्घ विघटन हुँदासमेत आपूmलाई सुरक्षित राख्दै समाजवादी क्रान्तिलाई विजयतर्पm अगाडि बढाउन सफल क्युवाली नेतृत्वको आज विश्वमा बेग्लै प्रतिष्ठा छ । सोभियत समाजवादको अस्थायी हारसँगै पूर्वी युरोपका कैयौँ देशका अवसरवादी नेतृत्वले आत्मसमर्पणको गलत बाटो लिँदासमेत क्युवाली नेतृत्व दृढ भई समाजवादको रक्षामा अघि बढ्यो । तसर्थ, क्युवा आजसम्म समाजवादी विचार, सिद्धान्त र सङ्घर्षको कहिल्यै ननिभ्ने दीप बनी जग्मगाइरहेको छ ।

चे ग्वेभारा


जनतालाई विषम परिस्थितिमा समेत एकजुट बनाई ‘समाजवाद या मृत्यु’, ‘विजय या मृत्यु’, ‘मातृभूमि या मृत्यु’ को लडाइँमा नेतृत्व प्रदान गर्दै आइरहेको क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन यही अप्रिल १६ देखि १९ (वैशाख ३–६, २०७८) सम्म राजधानी हवानामा हुँदै छ । क्युवा र क्युवाली जनताका निम्ति यो महाधिवेशन ऐतिहासिक महत्वको विषय हो । समाजवादी क्रान्तिको निरन्तरता, साम्राज्यवादविरोधी सङ्घर्षको व्यापकता, समाजवादका नयाँ उपलब्धि तथा हेरफेर, जनताको सेवालाई थप प्रभावकारी बनाउने आदि सवालमा क्युवाले बृहत् छलफल एवम् तयारी यसै सम्मेलनमा गर्ने विश्वास लिइएको छ ।

मिगुयल क्यानल


आठौँ महाधिवेशनले विशेषगरी हालसम्मको समीक्षामा जोड दिनेछ । विगत पाँच वर्षको आर्थिक तथा सामाजिक क्षेत्रका उपलब्धिबारे छलफल गर्नेछ । आगामी पाँच वर्षका लागि योजना तथा कार्यक्रम तर्जुमा गर्नेछ । आर्थिक उन्नति, जनताको जीवनस्तरमा परिवर्तन र क्युवालीहरूको राजनीतिक चेतनाको थप विकास एवम् नैतिक मूल्य–मान्यतालाई थप बलियो बनाई क्युवाली समाजलाई सुन्दर बनाउँदै लानेबारे महत्वपूर्ण निर्णयहरू लिनेछ यस महाधिवेशनले । यस अर्थमा आठौँ महाधिवेशनले बेग्लै अर्थ तथा महत्व राख्दछ । क्युवाली समाजवादी आन्दोलनमा यो महाधिवेशन एउटा अर्को कोशेढुङ्गा साबित हुने निश्चित छ । यो महाधिवेशनले विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ इँटा थप्दै नौलो आशा जगाउने विश्वास गर्ने प्रशस्त आधार छन् ।
आठौँ महाधिवेशनको तयारी
एक वर्ष लगाएर आठौँ महाधिवेशनमा छलफल गरिनुपर्ने विषयवस्तु, समीक्षाका क्षेत्र आदिबारे विभिन्न तहमा व्यापक अन्तरक्रिया, गोष्ठी तथा राय–सुझाव सङ्कलन चरणबद्धरूपमा गरियो । क्युवाली कम्युनिस्ट पार्टीका प्रतिनिधि, सरकारका प्रतिनिधि, नीति विकास तथा कार्यान्वयन आयोगका प्रतिनिधि, अन्वेषकहरू, स्थानीय सङ्गठनका कार्यकर्ताहरू र प्राज्ञहरू त्यस कार्यमा संलग्न थिए । महाधिवेशनका प्रतिनिधिहरूले छलफल तथा समीक्षा गर्ने दस्तावेजको निर्माणका लागि जानकारहरूले अथकरूपमा मेहिनत गरे । त्यस दस्तावेजलाई समग्रमा पाँच भागमा विभाजन गरियो:
क) सन् २०१६–२०२० को अवधिको अर्थतन्त्रको सार–सङ्क्षेप
ख) छैटौँ महाधिवेशनदेखि यता अर्थात् दश वर्षको आर्थिक ढाँचाको एकीकृत मूल्याङ्कन
ग) सामाजिक तथा आर्थिक ढाँचाको अवधारणाको नवीकरण
घ) सन् २०३० सम्मका लागि आर्थिक तथा सामाजिक विकासबारे राष्ट्रिय योजना निर्माण
ङ) भविष्यका लागि थप योजना तथा मार्गनिर्देशनलाई अध्यावधिक गर्ने ।
यस महाधिवेशनमा छैटौँ महाधिवेशन यताका अवसर तथा चुनौतीबारे गम्भीर बहस एवम् छलफल हुनेछ ।
सन् २०१६ देखि २०२० सम्मको क्युवाली अर्थतन्त्रलाई फर्केर हेर्दा थप कडा पारिँदै लगिएको संरा अमेरिकी नाकाबन्दी र पेट्रोलियम पदार्थको आयातमा थप कडा प्रतिबन्धले पु¥याएको क्षति र क्युवाली जनताले भोग्नुपरेको कठिनाइको सजीव चित्र देखापर्छ । यद्यपि, क्युवाली सरकारले साम्राज्यवादीहरूद्वारा तेर्साइएका अनेकौँ बाधा–व्यवधानलाई पन्छाउँदै हासिल गरेका सफलता तथा उपलब्धिलाई कम आँक्न सकिन्न । नाकाबन्दीजस्तो अमानवीय आर्थिक युद्ध जारी रहेको स्थितिमा समेत आफ्ना देशवासीलाई मात्र नभई विभिन्न देशलाई क्युवाले पु¥याएको मानवीय सहयोग, आपत–विपतमा परेका जनताको सेवाले सिङ्गो विश्वमा बेग्लै तरङ्ग पैदा गरेको यथार्थ अस्वीकार गर्न सकिन्न । यसै अवधिमा विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीका कारण क्युवाभित्रै पनि थप आर्थिक समस्या देखापरेको छ । यो विपत्तिको सामना गर्न क्युवा थप प्रभावकारी नीति तय गरेर अगाडि बढ्दै छ ।
समाजवादको निरन्तरताको सुनिश्चितता
क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनले समाजवादको निरन्तरताको सुनिश्चितता प्रदान गर्नेछ । साथै, जस्तै परिस्थितिमा समेत समाजवादबाट फर्केर नजाने या पटक्कै नडगमगिने निर्णय गर्नेछ । बरु क्युवा र क्युवाली जनताले क्युवाली समाजवादको रक्षा गर्दै क्रान्तिको पूर्ण विजयका निम्ति बहादुरीपूर्वक लड्दै जाने साझा सङ्कल्प व्यक्त गर्नेछ । आठौँ महाधिवेशनको एउटा सुन्दर एवम् उज्ज्वल पक्ष यही हुनेछ । संसारकै कामदार वर्ग त्यसबाट थप हर्षित हुने निश्चित छ । संसारको समाजवादी आन्दोलन तथा साम्राज्यवादविरोधी सङ्घर्षले आठौँ महाधिवेशनबाट नयाँ ऊर्जा प्राप्त गर्नेछ । साम्राज्यवादविरुद्ध सङ्घर्षरत जनता क्युवाली कम्युनिस्ट पार्टीको आठौँ अधिवेशनलाई बडो उत्सुकतापूर्वक नयाँ आशाका साथ नियाल्दै छन् ।
क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव तथा सैन्य कमान्डर राउल क्यास्ट्रोले सातौँ महाधिवेशनको समापन समारोह (१९ अप्रिल, २०१६) मा सम्बोधन गर्नुहुँदै क्युवाको आर्थिक ढाँचा या नीतिलाई नवीकरण गर्दै लगिने घोषणा गर्नुभएको थियो । त्यस कार्यमा क्युवा दृढताका साथ अघि बढ्ने बताउनुहुँदै हतार नगर्ने र रोक्न पनि कहिँकतै नरोकिने भनी प्रस्ट पार्नुभएको थियो ।

राउल क्यास्ट्रो


सातौँ महाधिवेशनले समाजवादी योजना निर्माणलाई थप बलियो बनाउने र त्यस प्रक्रियामा केही लचिलोपन अवलम्बन गर्ने निर्णय गरेको थियो । साथै, राज्यद्वारा सञ्चालित संस्थान, उद्योग, कलकारखानालाई सवलीकरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बलियो बनाउने, सहकारी तथा अन्य नयाँ आर्थिक संयन्त्रको विकास तथा प्रगतिमा जोड दिने, समाजलाई प्रविधि–मैत्री बनाउने तथा कम्प्युटरको प्रयोगमा व्यापकता ल्याउने, जनतालाई आधारभूत सुविधा गुणस्तरीय ढङ्गमा उपलब्ध गराउने एवम् जनताको जीवनस्तरमा व्यापक परिवर्तन ल्याउने आदि योजना सातौँ महाधिवेशनले पारित गरेको थियो ।
प्रतिनिधिहरूलाई क्युवाली राष्ट्रपति मिगुयलको आह्वान
क्युवाको राजधानी हवानामा मार्च २२ मा सम्पन्न आठौँ महाधिवेशनमा राजधानीबाट प्रतिनिधित्व गर्ने सदस्यहरूको भेलामा राष्ट्रपति मिगुयल डियाज–क्यानलले व्यापक बहस, सघन छलफल तथा अन्तरक्रिया गरी समस्या समाधानका उपाय निकाल्ने उद्देश्य महाधिवेशनले लिएको प्रस्ट पार्नुभयो । उहाँले सबै सदस्य जनताका प्रतिनिधि भएकाले जनताप्रति जिम्मेवार तथा उत्तरदायी भई बहस, छलफलमा भाग लिन आह्वान गर्नुभयो । साथै, उहाँले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजको मिहिन ढङ्गमा अध्ययन गर्न पनि प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।
राष्ट्रपति क्यानलले संरा अमेरिकी नाकाबन्दी ‘आज सबैभन्दा बर्बर’ भएको, ‘निरन्तर दबाब’ र कहिल्यै बिर्सिन नसकिने ‘पूर्णरूपमा निर्मम’ भएको बताउनुभयो । उहाँले ‘ध्वस्त भइसकेको तथा अत्यन्त कमजोर’ ठानिएको क्युवाली अर्थतन्त्र कोभिड–१९ को महामारी सामना गर्न सक्षम भएको र अन्य धेरै देशले भन्दा क्युवाले यस अवधिमा क्षति न्यूनीकरण गरी विश्वलाई चकित पारेको बताउनुभयो । क्युवाली जनताको एकता र क्रान्तिकारी भावनाकै कारण हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्न क्युवा सक्षम भएको उहाँले उल्लेख गर्नुभयो ।
कोभिड महामारीविरुद्धको लडाइँमा क्युवाको सफलता
कैयौँ पुँजीवादी देशहरूमा महामारीको क्रममा स्थिति नियन्त्रणबाहिर जाँदा, मानवीय सङ्कट तथा स्वास्थ्य सङ्कट देखापर्दा क्युवा अनियन्त्रित या अशान्त बनेन । क्युवा आफ्नो देशको समस्याविरुद्ध लड्न त तयार थियो नै बाहिर मुलुकमा गएर समेत क्युवाले महान् मानवीय कार्यमा नेतृत्वदायी भूमिका निर्वाह ग¥यो । क्युवाली डाक्टर तथा महामारी विशेषज्ञहरूले धेरैको जीवन रक्षा गरे । आफ्नो प्राण हत्केलामा राख्दै क्युवाली चिकित्सकहरूले गरेको सेवा विश्वमा चर्चाको शिखरमा पुग्यो । क्युवाली चिकित्सा प्रणाली र क्युवाली चिकित्सकहरूको अद्भूत क्षमताको प्रशंसा गर्न धेरै पुँजीवादी देशहरू समेत बाध्य भए ।
कोभिड–१९ विरुद्ध क्युवा आफैले खोप विकास गर्दै छ । सोवेराना – ०२ (Soberana 02ण्द्द) ले तेस्रो चरणको परीक्षण पार गरिसकेको छ । अबदाला खोप (Abdala vaccine) पनि सँगसँगै अगाडि बढाइएको छ । यो वर्षको जूनभित्र ७० लाख क्युवालीलाई खोप दिइनेछ । दुई वटै खोप अत्यन्त प्रभावकारी भएको पाइएको छ । सोवेराना – १ (Soberana 01) खोपले पनि अप्रिलमा परीक्षणका लागि अनुमति प्राप्त गरिसकेको छ । सोवेराना प्लस (Soberana Plus) परीक्षणको पहिलो चरणमा छ । यी चार खोपले धेरै पुँजीवादी देशहरूलाई हाँक दिएको प्रस्ट छ । विश्व मानव जातिको सेवामा क्युवाले गरेको सङ्घर्ष या पु¥याएको योगदान यी खोपले उजिल्याइरहेको धेरैले अनुभव गर्दै छन् । साम्राज्यवाद मानव संहारका लागि बम बनाउँछ तर समाजवाद मानव जीवन रक्षाका लागि अनेक उपाय गर्छ र जीवन रक्षक वस्तुको निर्माण गर्छ भन्ने मान्यता स्थापित गर्न क्युवा सफल भयो । पछिल्लो समय महामारीविरुद्ध लड्न क्युवाले देखाएको तत्परता, लिएको अगुवाइ र निरन्तरको सङ्घर्ष क्युवा चिन्न र क्युवाली भावना बुझ्न पर्याप्त छ । क्युवाको यो नैतिक विजय हो । यही सेरोफेरोमा क्युवाविरुद्धको संरा अमेरिकी नाकाबन्दी मानवताविरुद्धको अपराध हो भन्ने आवाजले थप बल प्राप्त गर्दै छ ।
नाकाबन्दीको अन्त्य र महाधिवेशनको शुभकामना !
क्युवालाई चिनेका र क्युवाली जनताको भावना बुझेका युरोप, अफ्रिका, ल्याटिन अमेरिका र एसियाका न्यायप्रेमी जनता क्युवाविरुद्धका नाकाबन्दी तुरुन्त हटाउन माग गर्दै फेरि पनि सडकमा उत्रिरहेका छन् । क्युवाली जनताप्रति ऐक्यबद्धता जाहेर गर्दै छन् । कुनै पनि हिसाबले नाकाबन्दी औचित्यपूर्ण या न्यायसङ्गत पुष्टि गर्न नसकिने आवाज चारैतिरबाट सुनिइँदै छ । क्युवामाथि निरन्तर भइरहेको हमला, मन्त्र युद्ध, संरा अमेरिकाद्वारा प्रायोजित आतङ्कवादी हमलाको विरुद्ध विश्वका जनता एकजुट हुँदै छन् । स्वरमा स्वर मिलाउँदै छन् । क्युवाको यो अर्को नैतिक जित हो । क्युवाको पूर्ण विजय अब टाढा छैन । क्युवा र क्युवाली जनतालाई नेतृत्व प्रदान गरिरहेको क्युवाली कम्युनिस्ट पार्टीको दश दिनपछि हुन गइरहेको महाधिवेशनले समाजवादलाई अझ बलियो पार्दै साम्राज्यवादविरोधी सङ्घर्षमा अन्तिम विजय छिट्टै हासिल गर्ने विश्वास विश्वका कामदार जनता व्यक्त गर्दै छन् । क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन आफ्नो उद्देश्यमा पूर्ण सफल होस् ! नेपाली कामदार जनता, क्युवाका मित्रहरू तथा साम्राज्यवादविरोधी नेपाली जनताको तर्फबाट पनि हार्दिक शुभकामना ! क्युवाली क्रान्तिका अग्रदूत फिडेल क्यास्ट्रो र क्रान्तिकारी योद्धा चे गुत्रराप्रति श्रद्धा–सुमन ! साथै, क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव राउल क्यास्ट्रो र क्युवाली राष्ट्रपति मिगुयल डियाज–क्यानल बर्मुडेजमा हृदयदेखिको न्यानो अभिवादन तथा अग्रिम बधाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *