हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
पेइचिङ, ६ अप्रिल । चीनको राज्य परिषद् सूचना कार्यालयले मङ्गलबार ‘गरिबी निवारणः चीनको अनुभव र योगदान’ शीर्षकको श्वेतपत्र जारी गरेको छ । श्वेतपत्रमा चीनमा चरम गरिबी निवारण गर्न चिनियाँ जनताको गरेको सङ्घर्ष, चरम गरिबी निवारणबारे चीनको अवधारणा र गरिबी निवारणमा चीनको अनुभव र गतिविधिको अभिलेखीकरण गरिएको छ ।
भूमिका र निष्कर्षबाहेक श्वेत पत्रमा पाँच खण्ड छन् । पाँच खण्डको शीर्षक ‘चिनियाँ कम्युनिस्ट पार्टीको दृढ प्रतिबद्धता’, ‘चरम गरिबीविरुद्धको लडाइँमा अन्तिम विजय’, ‘लक्षित गरिबी निवारणको रणनीति’, ‘गरिबी निवारणको नयाँ बाटोको खोजी’ र ‘गरिबीबाट मुक्त साझा भविष्यको विश्व समुदाय’ रहेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा जारी श्वेत पत्रमा गरिबीविरुद्धको लडाईमा चिनियाँ जनताले नेतृत्व र संगठित गर्न बितेको शताब्दीमा पार्टीले अदम्य विश्वास र इच्छाशक्तिका साथ काम गरेको उल्लेख छ ।
“चीन संसारकै कुल जनसङ्ख्याको पाँच खण्डको एक खण्ड जनसङ्ख्या भएको देश हो । चीनमा गरिबीको पूर्ण उन्मुलन चीनको इतिहास र सम्पूर्ण मानवजातिकै इतिहासको लागि कोशेढुङ्गा हो”, श्वेत पत्रमा उल्लेख छ ।
“गरिबी निवारणमा चीनको अनुभवमा चुनौतीलाई साहस, दृष्टिकोण, जिम्मेवारीबोध तथा व्यग्रताका साथ काम गर्नु सबभन्दा महत्वपूर्ण हो”, त्यसमा भनिएको छ ।
Leave a Reply