आधारभूत चिनियाँ तथा जापानी भाषा तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण
- असार ३, २०८३
काठमाडौँ, २४ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भक्तपुरस्थित विश्व सम्पदा सूचीभित्रको चाँगुनारायण मन्दिर र मानव बस्ती रहेको डाँडो नै भासिने गरी चाँगुनारायण नगरपालिकाले ठेकेदारमार्फत क्रिकेट मैदानको लागि जग्गा सम्याउने निहुँमा २५–३० फिट गहिराइ पानीमुनिको बालुवा उत्खनन गरी बेच्न लगाउने कार्य अविलम्ब रोक्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले चाँगुनारायण मन्दिर भासिने गरी भइरहेको बालुवा उत्खननसँग सम्बन्धित निकाय र अधिकारीहरूलाई बोलाएर बालुवा उत्खनन नगर्न÷नगराउन समितिबाट निर्देशन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रिय अनुसन्धान विभागमा रिक्त पदपूर्तिको भर्नामा अनियमितता भइरहेको भनी समितिका सदस्यहरूलाई ज्ञापनपत्र दिइएको विषयमा पनि सम्बन्धित अधिकारीहरूलाई बोलाएर समितिबाट आवश्यक निर्देशन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले सांसदहरूको ध्यान आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन र आफू मन्त्री हुनेमा केन्द्रित भएकोमा जनताको गुनासो रहेको उल्लेख गर्दै देश र जनताको समस्या समाधान गर्नेतर्फ ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाको उपस्थिति थिएन । तर, गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको उपस्थिति थियो । समितिका सभापति शशी श्रेष्ठले देश र जनताको विषयमा समितिको ध्यानाकर्षण भएको बताउनुभयो ।
Leave a Reply