हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
नयाँ दिल्ली, ६ अप्रिल । भारतको पाँच वटा प्रदेशमा स्थानीय तहको निर्वाचनमा मतदान सुरु भएको छ । तालिमनाडु, केराला, पाण्डुचेरी, आसाम र पश्चिम बङ्गालमा स्थानीय तहको निर्वाचन मङ्गलबार सुरु भएको निर्वाचन अधिकारीहरूले बताएका छन् ।
भारतमा कोभिड–१९ मा सङ्क्रमण बढ्दै गर्दा ती प्रान्तहरूमा निर्वाचन भएको हो । निर्वाचन अधिकारीहरूले मतदातालाई कडाइका साथ सावधानीका उपाय लागु गराइएको बताएका छन् ।
बिहान ७ बजे मतदान सुरु भएको थियो । आसाममा साँझ ६ बजे, पश्चिम बङ्गालमा साँझ ६ः३० बजे र तामिलनाडु, केराला र पाण्डुचेरीमा साँझ ७ बजेसम्म मतदान भएको थियो ।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार तामिल नाडु, केराला र पाण्डुचेरीमा एक चरणमा निर्वाचन सम्पन्न भएको छ भने पश्चिम बङ्गाल र आसाममा तीन चरणमा निर्वाचन भएको छ ।
सबै प्रदेशमा मे २ देखि मतगणना गरिने कार्यक्रम छ ।
Leave a Reply