भर्खरै :

अमेरिकामा जातीय घृणा कहिले अन्त्य हुने ?

मार्च ७ तारिख, ३२ वर्षीय एसियाली चालक शुभाकर खड्काले सामान्य रूपमा उबर गाडी चलाउँदै थिए । उनी आठ वर्षअघि नेपालबाट सानफ्रान्सिस्को राज्यको क्यालिफोर्नियामा बसाई सरेका हुन् । तर, आठ वर्षपछिको वर्तमान एसियाली हैसियतका कारण पनि उनलाई अपमान र धम्की दिइएको छ । घटनाको कारण केवल उनले महिला यात्रीलाई मास्क लगाउन अनुरोध गर्नु हो । खड्काका अनुसार, आफू दक्षिण एसियाली भएका हुनाले भेदभाव गरिएको हो । तीनजना यात्रीले उनलाई पशु–जनावर जातिको श्राप दिँदै उनको मोबाइल फोन लुट्नुका साथै मास्क निकालेर उनीमाथि खुर्सानी पानी छ्यापे र कुटे । एकजना महिलाले यदि बन्दुक भए उनलाई मार्ने धम्की पनि दिइन् । हाल एसियालीहरू धेरै हिंसात्मक घटनाका शिकार भएका छन् ।
खड्काको अनुभव एक्लो होइन । सडकमा, सबवेमा वा सडकमा उभिएर ट्राफिक बत्ती पर्खिंदै गर्दा विनाकारण कुटपिट हुने सम्भावना हुन्छ । दिनदिनै चिन्ता र डरमा बस्नुपर्छ । यो अमेरिकामा बसोबास गर्ने एसिया–प्रशान्त अमेरिकीहरूको वास्तविक जीवन हो ।
अमेरिकी समाजमा पूर्वी एसिया, दक्षिण एसिया र प्रशान्त टापु देशहरूबाट आएका समूहलाई ‘एसिया–प्रशान्त’ अमेरिकीको नाम दिइन्छ । र तीमध्ये अधिकांश चीन, भारत, फिलिपिन्सलगायत देश र क्षेत्रहरूबाट पुगेका हुन् । अनुसन्धानअनुसार, अमेरिकाका विभिन्न क्षेत्रमा बस्ने एसियाली अमेरिकी समूहहरूलाई विविध किसिमको जातीय भेदभाव गरिन्छ । क्यालिफोर्निया विश्वविद्यालयअन्तर्गत हृणा चरमपन्थी अध्ययन केन्द्रबाट प्रकाशित प्रतिवेदनअनुसार, सन् २०२० मा अमेरिकाका १६ ठूला सहरमा एसियाली–अमेरिकीविरुद्ध घृणित अपराध १४९ प्रतिशतले वृद्धि भएको छ । स्टोप एएपीआई हेट नामक सङ्गठनको तथ्याङ्कका अनुसार, सन् २०२० मार्च १९ देखि २०२१फेब्रुअरी २८ तारिखसम्म अमेरिकामा ३ हजार ७ सय ९५ एसियाली–अमेरिकीविरुद्ध आक्रमण भएको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १,००० भन्दा बढी छ ।
किन अमेरिकीहरूले एसियाली–अमेरिकीलाई यति घृणा गर्छन् ?
अमेरिकी ह्वाइट हाउसका प्रवक्ता जेन साकीले मार्च १७ तारिख अन्तर्वार्ता दिँदै एसियाली अमेरिकीहरूविरुद्ध घृणाको कारण पूर्व अमेरिकी राष्ट्रपतिको गलत भनाइ रहेको कुरा बताए ।
तर वास्तवमा महामारी र भूतपूर्व सरकारको भनाइ र गतिविधि एसियालीहरूविरूद्ध जातीय भेदभावलाई गम्भीर पार्ने फ्यूजनमात्रै हो । अमेरिकामा एसियालीविरुद्ध जातीय भेदभावको लामो इतिहास छ ।
१९ औँ शताब्दीदेखि, राजनीतिज्ञ र मिडियाको प्रचार–प्रसारमा एसियालीहरूलाई ‘पहेंलो जोखिम’ को रूपमा र गोरा अमेरिकीहरूका लागि जातीय, आर्थिक र रोगको खतराको रूपमा मानियो ।
यद्यपि एसियाली अमेरिकीहरूले अमेरिकी समाजमा धेरै योगदान पु¥याए तापनि गोरा अमेरिकी पत्रकार र राजनीतिज्ञ अझै पनि उनीहरूलाई आज्ञाकारी, सहिष्णु र राजनैतिक अभिव्यक्तिविहीन भन्नेखालको लेबल लगाइरहेका हुन्छन् । उनीहरूले एशियालीहरूको परिश्रमी गुणको प्रयोग गरेर अन्य अल्पसङ्ख्यक समूहसँगको झगडालाई तीव्र पारेका छन् ।
सारांशमा भन्नुपर्दा, अहिलेको एसियाली अमेरिकीहरूले सामना गरिरहेको घृणा र अस्वीकृति समस्या अमेरिकी समाजमा गहिरो ‘गोरो प्रथम’ विचारबाट र अमेरिकी राजनीतिज्ञ र केही मिडियाको दीर्घकालीन उक्साइबाट आएको हो ।
जातीवाद अमेरिकी समाजको दीर्घकालीन समस्या हो । हालसालै एसियाली अमेरिकीहरू धेरै ठाउँमा वा सामाजिक सञ्जालमा एसियाली विरूद्धको विभेद रोक्न आह्वान गरेका छन् । तर अमेरिकी सरकारले स्वदेशमा चर्कंदै जातिवाद र जातिय भेदभावको वेवास्ता गरेर जातीय मानव अधिकारको झन्डा उठाएर अन्य मुलुकको पर्यवेक्षण र हस्तक्षेपमा मात्रै प्रयास गरिरहेको छ ।
भेदभाव र दबाबले एसियाली अमेरिकीहरूलाई अझ एकीकृत पार्नुका साथै अमेरिकी राजनीतिज्ञको ‘दोहोरो मापदण्ड’ र डरलाग्दोस्वरूपलाई अझ स्पष्ट पार्नेछ । अमेरिकालाई छिटै आफ्नै जातिय भेदभाव समस्याको उचित विचार गरेर जातीय घृणा चाँडै अन्त पार्ने आशा छ ।
स्रोत ः सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *