इजरायली सेनाको गोलीबारीमा ७ महिनाका बालकको मृत्यु, आमाबुबा घाइते
- जेष्ठ २४, २०८३
संरा अमेरिकाले आफूलाई ‘स्वतन्त्रता र प्रजातन्त्र’ को संसारकै ठेकेदार ठान्छ । तर, संरा अमेरिकाको सन्दर्भमा प्रयोग हुँदा वास्तवमा ती शब्दको खास अर्थ के हुन् ?
इतिहासले देखाएको छ–संरा अमेरिकाले स्वतन्त्रताबारे कुरा गर्दा उनीहरू वास्तवमै आफ्नै स्वतन्त्रताको विषयमा आफ्नै पाराले कुरा गरिरहेका हुन्छन् । अनि जब उनीहरू प्रजातन्त्रको कुरा गर्छन्, तब उनीहरू खासमा संरा अमेरिकी माग पूरा गर्ने र संरा अमेरिकी आदेशको पालना गर्ने शासनको अर्थमा बुझ्ने गर्छन् ।
आउनुहोस् केही उदाहरणहरूको चर्चा गरौँ । अमेरिकाको ‘करेसाबारी’ मा उसले आफ्नो अनुकूलको सैनिक शासकको शासन स्थापना गर्न एकपछि अर्को सैनिक विद्रोह गराई सत्ता कब्जा गर्न लगाएको छ । जनता जब वास्तविक स्वतन्त्रता र खास प्रजातन्त्रको माग लिएर उठ्छन्, तब संरा अमेरिकाले भाडाका सिपाहीं र हत्यारा दललाई त्यस्ता आन्दोलन दबाउन समर्थन गर्छ । मानौं कि अरू कोही पनि होइन जस्तो गरी संरा अमेरिकाले आफ्नो स्वार्थमा तगारो ते¥साउनेमाथि हमला गरी सत्ताच्युत बनाउने गर्दै आएको छ ।
बीसौँ शताब्दीभरि र एक्काइसौँ शताब्दीमा पनि हामीले क्युवा, निकारागुआ, एल साल्भाडोर, हाइटी, डोमिनिकन गणराज्य, ग्रेनाडा, ग्वाटेमाला, होन्डुरस, पानामा, भेनेजुयला, कोलोम्बिया, इक्वेडर, बोलिभिया, पेरु, चिली, अर्जेन्टिना र ब्राजिलमा त्यस्ता घटनाहरू देख्यौं । अमेरिकी पक्षधर राजनीतिक शक्तिले सत्ता आफ्नो हातमा लिएपछि मात्र त्यो देश स्वतन्त्र र प्रजातान्त्रिक मानिन्छ ।
ओसिनियातिर के छ ? सन् १७०० को उत्तर्राद्धमा पश्चिमाहरूको सम्पर्कमा आएपछि हाइटीलाई रोगहरूले दुःख दिन थाल्यो । हाइटीमा त्यत्तिबेला बसोबास गर्ने आदिबासी जनताको जनसङ्ख्या लाखौँ थियो । तर, सन् १८९८ मा संरा अमेरिकाले त्यो देशमाथि कब्जा गर्ने बेलासम्म हाइटीको शुद्ध रगत भएका मानिसको जनसङ्ख्या झण्डै ३० हजारमा झ¥यो । हिजो आज त्यो सङ्ख्या ८ हजारको हाहाहारीमा मात्र रहेको बताइएको छ । सन् १९६० मा हाइटीले राज्यको मान्यता पाएर कसले स्वतन्त्रता र प्रजातन्त्र पायो ? पक्कै पनि थोरै बचेखुचेका हाइटीका जनताले त्यो स्वतन्त्रता र प्रजातन्त्र पाएनन् ।
स्पेन–अमेरिका युद्धमा विजय प्राप्त गरेपछि सन् १८९८ मा अमेरिकाले फिलिपिन्समा कब्जा जमायो । अमेरिकी सेनाले फिलिपिन्सका जनताको स्वतन्त्रता आन्दोलन दबायो । फलतः १० लाख फिलिपिनो जनताको आम नरसंहार भयो ।
दोस्रो विश्वयुद्ध पछि सन् १९४६ मा मात्र फिलिपिन्सले स्वाधीनता प्राप्त ग¥यो । फिलिपिन्स र जापानीहरूबाट अमेरिकाले खोसेर लिएका टापुहरूमा अहिले पनि उसको प्रभाव बलियो छ । यो अमेरिकी शैलीको स्वतन्त्रता र प्रजातन्त्रको अर्को दृश्तान्त हो ।
पूर्वी एसियामा संरा अमेरिकाले स्वतन्त्रता र प्रजातन्त्र निर्यात गर्न खोज्दा कोरिया युद्ध भयो । दक्षिणपूर्वी एसियामा त्यही कारण भियतनाम युद्ध भयो । भियतनाम, लाओस र कम्बोडियामा ठुलो विनाश लीला मच्चियो । अमेरिकी स्वतन्त्रता र प्रजातन्त्रको नाममा दसौँ लाख मानिसहरू मारिए र बेपत्ता भए । त्यही बीच सन् १९६५ मा संरा अमेरिकाले इन्डोनेसियामा भएको सैनिक सत्ता कब्जाको समर्थन ग¥यो । त्यो सैनिक सत्ताकब्जाको क्रममा दस लाख मानिसको नरसंहार गरिएको थियो ।
त्यसपछि हामी पुग्न सक्छौँ–मध्यपूर्व, उत्तर अफ्रिका र दक्षिण एसिया । ती क्षेत्रहरूमा संरा अमेरिकाले स्वतन्त्रता र प्रजातन्त्र निर्यात गर्दाको दुष्परिणामबारे मैले यहाँ लामो चर्चा गर्न जरुरी नहोला । अमेरिकी शैलीको स्वतन्त्रता र प्रजातन्त्रको रक्षा गर्न एकपछि अर्को देशमा विनाश रचियो । युद्ध र अस्थीरताबाहेक संरा अमेरिकाले स्वतन्त्रता र प्रजातन्त्र निर्यात गरेर के नै पो उपलब्धि हासिल गर्न सक्यो र ?
संसारभर स्वतन्त्रता र प्रजातन्त्रप्रति संरा अमेरिकाको हल्लाखल्लाको मूल लक्ष्य स्पष्टतः उसको क्षेत्रीय र विश्वव्यापी प्रभुत्ववादी गतिविधि छोप्न भएको देखिन्छ । संरा अमेरिकालाई सैनिक आधार राख्न दिएको देशलाई कथित ‘स्वतन्त्र विश्व’ मानिन्छ । यदि संरा अमेरिका पक्षधर सरकार छ भने त्यो देशलाई प्रजातान्त्रिक मानिन्छ अथवा त्यो देशमा प्रजातन्त्र नभएको कुरालाई नै पनि बेवास्ता गरिन्छ । वास्तवमा संरा अमेरिकाले आफूले परिभाषा गर्दै आएको ‘प्रजातन्त्र’ को आधारभूत पक्षसमेत नभएको सबै खालका सरकारलाई समर्थन गर्दै आएको छ । ती देशहरूप्रति उसको समर्थन हचुवामा आधारित छ ।
‘स्वतन्त्रता र प्रजातन्त्र’ को लागि संसारभर अमेरिकाले चालेका कदमको परिणाम के भएको छ ? एकपछि अर्को देशहरूमा विनाश भएको छ । त्यहाँका नागरिक गरिबीको दलदलमा फसेका छन् । अनावश्यक रूपमा ज्यान गुमाएका हरेक अमेरिकी सिपाहींको बदलामा एक सय ‘शत्रु’ सिपाहीं र सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।
अमेरिकाबाट ‘स्वतन्त्रता र प्रजातन्त्र’ को उपहार पाउनुको सट्टा उनीहरूले हत्या र विनाशको शृङ्खला सामना गर्दै आएका छन् । संरा अमेरिकाले आफ्ना केही हजार मानिसको मृत्युलाई भावुक कार्यक्रम गरेर दुःख मनाउने गर्छ । संरा अमेरिकाले थोपरेका युद्धको कारण करोडौँ जनताको हत्या भएको छ । तर, तिनको कुनै लेखाजोखा हुने गर्दैन । उनीहरूको हत्या गरेका अमेरिकीहरूले सजिलै ती मानिसहरूलाई बिर्सिदिने गर्छन् ।
अरूले होइन, संरा अमेरिकी साम्राज्यवादका गतिविधिका पक्षधरहरूले ‘स्वतन्त्रता र प्रजातन्त्र’ को लागि अमेरिकी आह्वानलाई गम्भीरतापूर्वक लिन जरुरी छ । ती पक्षधरहरू या त भ्रममा छन् अथवा उनीहरू प्रष्टतः झूटा हुन् । वास्तविक स्वतन्त्रता र खास प्रजातन्त्र माथि उल्लेखित कुनै पनि देशका जनतालाई आफ्नो कुरा आफैले निर्णय गर्न दिएर मात्र सम्भव हुन सक्छ ।
स्वतन्त्रता र प्रजातन्त्र कहीं कतैमा निर्यात हुन सक्दैन न त थोपर्न नै मिल्छ । ती कुरा आफ्नो भविष्य आफै बनाउन तम्सिएका जनताको आफ्नै सङ्घर्षबाट मात्र हासिल गर्न सम्भव हुन सक्छ ।
(लेखक क्यार्लिफोनिया विश्वविद्यालयमा नृवंशशास्त्र विषयका विद्यावारिधि हुन् ।)
स्रोत: सीजीटीएन
नेपाली अनुवाद: सुशिला
Leave a Reply