भर्खरै :

दक्षिण चिनियाँ सागर अमेरिकाले प्रभुत्ववाद देखाउने प्रतिस्पर्धाको थलो होइन

अमेरिकी नौ सेनाको ‘रुजभेल्ट’ विमानवाहक पानीजहाजले अप्रिल ७ मा दक्षिण चिनियाँ सागरमा संयुक्त सैनिक अभ्यास गरेको छ । चालू वर्षमा ‘रुजभेल्ट’ विमानवाहक पानीजहाजले दक्षिण चिनियाँ सागरमा प्रवेश गरेको यो तेस्रो पटक हो । यसबाट दक्षिण चिनियाँ सागरको सबैभन्दा ठुलो त्रास–धम्की अमेरिका बनिसकेको छ ।
अमेरिकाको प्रभुत्ववादी नक्सामा दक्षिण चिनियाँ सागर एसिया प्रशान्त क्षेत्रमा अमेरिकाको निर्देशक भूमिका खेल्ने निर्णायक सागरीय क्षेत्र र चीनको विकासलाई रोक्ने महत्वपूर्ण क्षेत्र पनि हो । तथापि वर्तमान परिस्थितिबाट हेर्दा अमेरिकाले दक्षिण चिनियाँ सागरलाई उथलपुथल बनाउन सक्दैन । किनभने, अमेरिकाको यस्तो गतिविधिले यस क्षेत्रका मुलुकहरूले शान्तिको संरक्षण गरी संयुक्त विकास गर्ने इच्छाविपरीत हुन्छ । सन् २०२० देखि विश्वमा फैलिएको महामारीको सामु चीन र आशियानले कठिनाइलाई जितेका थिए र यो सहयोग विश्वको नमुना बनेको थियो ।
अहिले चीन र आशियानका मुलुकहरूको संयुक्त प्रयासमा दक्षिण चिनियाँ सागरको स्थिति स्थिर छ । दुवै पक्षले दक्षिण चिनियाँ सागरसम्बन्धी मामिलाको सहयोगलाई सबल पारी ‘दक्षिण चिनियाँ सागरसम्बन्धी मापदण्ड’ बारे छलफललाई गतिशील पारिरहेका छन् । दक्षिण चिनियाँ सागर अमेरिकाले प्रभुत्ववाद देखाउने प्रतिस्पर्धात्मक स्थल होइन, अमेरिकाको यस्तो गतिविधिले यस क्षेत्रका मुलुकहरूले शान्ति र विकासलाई अघि बढाउने अठोट र प्रयासलाई ध्वस्त पार्न सक्दैन । –सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *