गाजा, इरान, लेबनान : यदि युद्धविराम लागू छ भने बमबारी किन जारी छ ?
- जेष्ठ २४, २०८३
प्रोफेसर माणिकलाल श्रेष्ठको देहावसानले नेपालको वामपन्थी आन्दोलन तथा साम्राज्यवादविरोधी सङ्घर्षमा गम्भीर क्षति पु¥यायो । यद्यपि, उहाँले छोडेर जानुभएका विचार, कृति तथा योगदानले नेपाली न्यायप्रेमी जनतालाई उत्साहित बनाइरहनेछ । उहाँले नयाँ पुस्ताका लागि थुप्रै अनुपम उपहार छोडेर जानुभयो । माक्र्सवादका अध्येता एवम् व्याख्याता श्रेष्ठले विशेषतः प्रजग कोरियाको जुच्छे विचारधारालाई माक्र्सवादसँग जोडेर व्याख्या गर्नुभयो । कोरियाको माटोमा जुच्छे विचारधारालाई माक्र्सवादको व्यावहारिक प्रयोग या अभ्यासका रूपमा व्याख्या गर्नुभयो । उहाँ प्रजग कोरियाका एक असल मित्र, शुभचिन्तक तथा विज्ञ हुनुहुन्थ्यो । नेपाली जनतालाई प्रजग कोरिया र कोरियाली जनताको वीरता, क्रान्तिकारी विचार तथा बलिदानबारे सत्य तथ्य बताएर प्राध्यापक माणिकलाल श्रेष्ठले अविस्मरणीय योगदान पु¥याउनुभयो । जुच्छे विचारबारे नेपाली पाठक र नयाँ पुस्ताबीच अध्ययन तथा छलफलका लागि थुप्रै कृतिहरू लेख्नुभयो । तीमध्ये एउटा पठनीय पुस्तक ‘ख्ष्अतयचष्यगक ब्मखबलअभ या व्गअजभ अबगकभ’ ‘जुच्छे विचारको विजयोन्मुख यात्रा’ हो ।
नेता किम इल सङले कोरियाको परिवेश सुहाउँदो जुच्छे विचारधाराको प्रतिपादन गर्नुभयो । मानवजातिको मुक्ति, कामदारवर्गको मुक्तिका लागि जुच्छे विचारको आवश्यकता महसुस गर्नुभयोे । मानिसले मानिसमाथि शोषण नगर्ने समाजविना कामदार वर्गको मुक्ति सम्भव थिएन । त्यसकारण, कामदार वर्गको एकता र सङ्घर्षबाट समाजवाद हुँदै साम्यवादसम्म पुग्ने उद्देश्य जुच्छे विचारधाराले राख्दछ । कामदार जनतालाई केन्द्रमा राखी मुक्ति र स्वतन्त्रताको सङ्घर्षलाई अगाडि बढाउने उद्देश्य अनुरूप जुच्छे विचारधाराको जन्म भयो ।
जुच्छे विचारधाराको उद्देश्य मानवजातिको मुक्तिसँगै समाजवाद र साम्यवाद स्थापना गर्नु नै हो । राष्ट्रपति किम इल सङपछि कोरियाली जनताका प्रिय नेता किम जङ इल र वर्तमान नेता किम जङ उनले जुच्छे विचारको विकास एवम् उत्तराधिकारीको भूमिका निर्वाह गरिरहनुभएको छ । कोरियाली क्रान्तिमा जुच्छे विचारधाराको भूमिका बेजोडको छ । कोरियाली क्रान्तिलाई जुच्छे विचारले नै नेतृत्व दियो । कोरियाली क्रान्तिको उद्देश्य नै जुच्छे विचारको उद्देश्य प्राप्तिसँग जोडियो । त्यसकारण क्रान्तिमा जुच्छे क्रान्तिकारी बाटो, रणनीति, उपायहरू प्रयोग गरी कोरियाली क्रान्तिलाई अगाडि बढाइएको थियो । जुच्छे विचार विश्वलाई हेर्ने एउटा सुन्दर दर्शन हो ।
जुच्छे विचार साम्राज्यवादविरोधी सङ्घर्षको हतियार बन्यो । राष्ट्रिय आन्दोलनहरूमा कामदार जनताको पक्षमा जुच्छे विचारले सामन्तवादी व्यवस्था, पुँजीवादी विचारलाई परास्त ग¥यो । आज पनि जुच्छे विचारले साम्राज्यवादविरोधी सङ्घर्ष र पुँजीवादी व्यवस्थाविरोधी सङ्घर्षलाई बलियो बनाउँदै छ । वर्गसङ्घर्षले नै मात्र मानिसहरूको साँचो स्वतन्त्रता या मुक्ति प्राप्त हुनेमा नेता किम इल सङ विश्वस्त हुनुहुन्थ्यो । कोरियाको भूमिमा त्यो सहि साबित पनि भयो ।
वर्गसङ्घर्षलाई जुच्छे विचारधाराले महत्व दिन्छ । कोरियाली जनता जापानी–उपनिवेशवादविरुद्ध जीवन–मृत्युको सङ्घर्ष गरिरहँदा त्यही सङ्घर्षको मैदानबाट जन्मिएको विचार हो, जुच्छे विचारधारा । जापानी उपनिवेशवादविरुद्धको मुक्ति युद्धमा सफलता प्राप्तिपछि पनि कोरियाली कामदार जनताको जीवनमा परिवर्तन भएन त्यसकारण देशभित्रको सामन्ती व्यवस्थाविरुद्धको सङ्घर्ष अनिवार्य बन्यो । सामन्ती र पुँजीवादी व्यवस्थाविरुद्ध मानिसहरूले एकजुट भई नलडेसम्म मानिसहरूको मुक्ति सम्भव नभएको सत्यलाई जुच्छे विचारधाराले व्यावहारिक व्याख्या गरेको छ । त्यसकारण, जुच्छे विचारधाराको अन्तिम उद्देश्य जनताको क्रान्तिबाट मानवजातिको मुक्ति र मानवसमाजकै सबैभन्दा उत्कृष्ट समाजवादी एवम् साम्यवादी समाज स्थापना गर्नु हो ।
जापानी उपनिवेशवादविरुद्धको सङ्घर्षमा कोरियाली जनताले एकै पटकमा सफलता प्राप्त गरेका होइनन्, जुच्छे विचार स्थापित हुनुपूर्व त्यो मुक्ति आन्दोलन कम्पासविनाको जहाज जत्तिकै थियो भन्नुहुन्छ प्रो. मणिकलाल ।
जुच्छे विचार साम्राज्यवादविरोधी सङ्घर्षको हतियार बन्यो । राष्ट्रिय आन्दोलनहरूमा कामदार जनताको पक्षमा जुच्छे विचारले सामन्तवादी व्यवस्था, पुँजीवादी विचारलाई परास्त ग¥यो । आज पनि जुच्छे विचारले साम्राज्यवादविरोधी सङ्घर्ष र पुँजीवादी व्यवस्थाविरोधी सङ्घर्षलाई बलियो बनाउँदै छ । वर्गसङ्घर्षले नै मात्र मानिसहरूको साँचो स्वतन्त्रता या मुक्ति प्राप्त हुनेमा नेता किम इल सङ विश्वस्त हुनुहुन्थ्यो । कोरियाको भूमिमा त्यो सहि साबित पनि भयो ।
माक्र्सवादले अहिलेसम्मको मानवजातिको इतिहास मानवमुक्तिका सङ्घर्षहरूले भरिएको छ भन्छ । माक्र्स र एङ्गेल्सले तयार पार्नुभएको कम्युनिस्ट घोषणापत्रमा लेखिएको छ –“अहिलेसम्म अस्तित्वमा रहेको मानव समाजको लिखित इतिहास वर्गसङ्घर्षको इतिहास हो ।” जुच्छे विचारले त्यो वर्गसङ्घर्ष मानव मुक्ति अर्थात् कामदार जनताको मुक्तिका निम्ति हुन्छ भनी जोड दिएको छ । नेता किम इल सङ भन्नुहुन्छ –“मुक्तिका निम्ति मानिसहरूको सङ्घर्षको इतिहास नै मानव समाजको इतिहास हो ।” जुच्छे विचारले मुक्ति मानिसका निम्ति आधारभूत आवश्यकता र अधिकार हो भन्छ ।
मान्छे स्वतन्त्रमात्र होइन आफ्नो भविष्यको मालिक पनि आफै हुन्छ र संसारको नेतृत्व मान्छेले नै गर्छ । जो मान्छे स्वतन्त्र र आत्मनिर्भर हुन्छ उसले अर्थपूर्ण जीवन हाँक्न सक्दछ । त्यसरी नै क्रान्तिको परिवेश तयार हुन्छ ।
जुच्छे विचारले स्वतन्त्रताका लागि मानिसहरूबीचको बृहत् सङ्घर्ष नै क्रान्ति हो भन्छ । दासयुगमा दास मालिकविरुद्ध दासहरूको एकताबद्ध सङ्घर्ष, सामन्तवादी युगमा जमिन्दारहरूको शोषणविरुद्ध किसानहरूको एकमनको एकताको सङ्घर्ष, पुँजीवादविरुद्ध मजदुरहरूको सङ्घर्षले एउटा नयाँ समाजको निर्माण गर्दछ । यही सङ्घर्षको निरन्तरतामा समाजवादी समाजको परिकल्पना गरियो । त्यस समाजमा एक विवेकी, स्वतन्त्र, सामाजिक तथा सामूहिक भावना भएका मानिस बस्छन्् र समाजवाद निर्माण जस्तो महत्वपूर्ण क्रान्तिको चरणलाई सजिलै पूरा गर्छन् । जुच्छे विचारको यही उद्देश्यअनुरूप आजको प्रजग कोरियाले कार्य गरिरहेको छ । नयाँ पुस्तालाई विचारधारात्मक शिक्षा प्रदान गर्ने, चेतना दिने, सुसंस्कृत बनाउने र जुच्छेप्रति इमानदार राख्ने कार्य जारी छ ।
जुच्छे विचारको जन्म कामदार वर्गीय क्रान्तिकारी सिद्धान्तको विकास हो भन्नुहुन्छ प्रो माणिकलाल । समाजवादी क्रान्ति सफल भएका केही देशहरूमा पुँजीवादको पुनःस्थापना हुनु दुर्भाग्य थियो । पेरिस कम्युन, रुसी अक्टोबर समाजवादी क्रान्तिको इतिहासबाट शिक्षा लिई प्रजग कोरियाली समाजवादी क्रान्तिले मूर्त रूप लियो । सोभियत रुसमा देखापरेको संशोधनवाद, वर्गसङ्घर्षलाई छोडी वर्गसमन्वयको विचार अगाडि सार्ने संशोधनवादीहरूकै कारण पुँजीवाद पुनः स्थापना भयो । नेता किम इल सङले संशोधनवाद तथा अवसरवादविरुद्ध वैचारिक सङ्घर्ष गर्दै जुच्छे विचारलाई अझ उत्कृष्ट बनाउनुभयो । पुँजीपति वर्गसँग कामदारवर्गले समन्वय गर्ने होइन, सङ्घर्ष गर्ने हो र मानव इतिहासकै सबैभन्दा क्रान्तिकारी मानिस कामदार जनता हुन् भन्ने विचार प्रवाह गर्नुभयो ।
जुच्छे विचारले समाजवादलाई माटोअनुकूल विज्ञानको रूपमा व्याख्या ग¥यो । कुनैपनि संशोधनवाद, सुधारवाद तथा पुँजीवादविरुद्ध समाजवादको विजयको अपरिहार्यता औँल्यायो । समाजवादी क्रान्ति सफलतापछि कामदार जनतालाई क्रान्ति निर्माणको चरणमा कसरी सक्रिय बनाउने भन्नेबारे पनि जुच्छे विचार स्पष्ट छ । आत्मनिर्भर अर्थतन्त्र, शिक्षा, स्वास्थ्य तथा जनजीविकासँग जोडिएका क्षेत्रहरूमा कामदार जनताकै सहभागिताका लागि विचारधारात्मक स्पष्टताको आवश्यकता औँल्याइएको छ ।
अन्तमा, प्राध्यापक माणिकलालले छोडेर जानुभएका रचनाहरूको गम्भीर अध्ययन, उहाँको सरलता, सिद्धान्तनिष्ठता र समाजवादप्रतिको अगाढ आस्थाको अनुसरण नै उहाँप्रतिको वास्तविक श्रद्धाञ्जली हुनेछ । प्राध्यापक माणिकलालप्रति भावपूर्ण श्रद्धाञ्जली !
Leave a Reply