“अपराधमा महिला” विषयमा दोस्रो राष्ट्रिय सम्मेलन उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण भए अपराध घट्दै जाने
- जेष्ठ २३, २०८३
विवेकशील साझा पार्टीका अध्यक्ष एवम् ‘राजनीतिसँगै राजकाज’ पुस्तकका लेखक रवीन्द्र मिश्रले पुस्तक सार्वजनिकीकरण कार्यक्रममा ‘नेपालमा राजनीति गर्ने धेरै रहे पनि राजकाजका सन्दर्भमा सबै चुकेको’ धारणा राखे । नेपालका नेताहरूमा दूरदृष्टि र विकासचेत नभएसम्म यहाँको विकास नहुने उनले बताए । उनले भने, “हामीले राजनीति धेरै ग¥यौँ । तर, राजकाजमा सधैँ चुक्यौँ, राजनीतिक नेतृत्व इमानदार, क्षमतावान र दूरदृष्टिपूर्ण विचार राख्ने नभएसम्म देशको विकास हुनसक्दैन ।” (२९ चैत २०७७, अन्नपूर्ण पोष्ट)
सत्य यही हो भने सो पुस्तकको सार्वजनिकीकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई किन आमन्त्रित गरियो ? मिश्रजीको कुरा बुझ्न गा¥हो छ, पाठकहरूलाई । ‘सबै’ नेताहरू ‘राजनीति’ र ‘राजकाज’ मा चुकेको, ‘दूरदृष्टि र विकासचेत’ नभएका हुन् । साथै ‘अहिलेको नेतृत्व इमानदार, क्षमतावान’ होइनन्, यसकारण देशको विकास भएको छैन । सार यही हो मिश्रजीको । अनि, बाबुराम भट्टराई के माओवादी पार्टीको नेतृत्वमा थिएनन् ? के उनी प्रधानमन्त्री थिएनन् ? के अहिले पनि उनी एउटा राजनीतिक दलकै नेतृत्वमा होइनन् ?
तर, मिश्रजीले आफूले वर्षौँसम्म नेतृत्व दिएको दलको सिद्धान्त ‘पुरानो भएको’ र ‘काम नलाग्ने’ भने तर प्रधानमन्त्री हुँदा देशको सबभन्दा सस्तोमा निर्माण हुने माथिल्लो कर्णालीको जलविद्युत् योजना अत्यन्त आलोचित भारतीय कम्पनीलाई दिएको र भारतसँग नेपालको हात तल पर्ने सम्झौता गरेको व्यक्तिलाई किन र कसरी कार्यक्रममा निम्त्याए ? आश्चर्य लाग्छ । सिद्धान्तच्युत, असफल प्रधानमन्त्री र विदेशी पुँजीको पूजा गर्ने र देशलाई विदेशको हातमा सुम्पनेजस्ता असमान सन्धि गर्ने व्यक्तिलाई कसरी विकासचेत प्राणी मान्ने ?
यसकारण, मिश्रजीको सोच, व्यवहार तथा आशा एवं विश्वासमा पटक्कै मेल देखिन्न । पुस्तक कस्तो होला हेरेपछि पाठकहरूले पक्कै पनि आ–आफ्ना दृष्टिकोण अगाडि सार्ने नै छन् ।
Leave a Reply