अलेक्सान्दर पुस्किनको २२७ औँ जन्म जयन्ती तथा रुसी भाषा दिवस
- जेष्ठ २३, २०८३
भक्तपुर, २९ चैत । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा चैत २७ गते सुरु भएको कर्मचारी क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले सक्षम र क्षमतावान व्यक्तिहरूको पहिचान गरेर नै विदेशीहरूले किन्न खोज्नेतर्फ नेपाली जनता सजग र सचेत हुनुपर्ने औँल्याउँदै तालिमको अनुभव समाज, देश र आफ्नै माटोको लागि प्रयोग गर्नुपर्छ भन्नुभयो ।
उहाँले थप्नुभयो, “तालिम भत्ताको लागि नभई सिक्नको लागि जानुपर्छ ।”
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले वर्तमान समयमा कर्मचारीहरू पेन्सन कुरेर नबसी रोजगारीमा स्थानान्तरण गर्न चाहन्छन् भन्ने जेट जेनेरेसनको मान्यताबारे जानकारी दिँदै वास्तवमा कर्मचारीहरू अनुभवी र सक्षम हुन चाहन्छन् भन्नुभयो ।
वागीश्वरी कलेज आरएमसीका सल्लाहकार डा. बलराम दुवालले कर्मचारी, शिक्षक हुँदै रणनीतिक तहमा पनि तालिमहरू सञ्चालन गर्न सके वागीश्वरी कलेज एक मानक कलेजको रूपमा विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कलेजका संयोजक ज्ञानसागर प्रजापतिले तालिमबाट प्राप्त ज्ञान कर्मचारीहरूको पँुजी हो भन्दै आफ्नो कार्यक्षेत्रमा पँुजीको सही परिचालन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
तालिममा अधिवक्ता विकल प्रजापति, अडिटर गणेशप्रसाद दुवाल, सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक सुवास शिवाकोटी, ईएमआइएस विज्ञ सम्वेदन कोइराला, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका सहायक निर्देशक शिवहरि अधिकारी, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका पुस्तकालय प्रमुख विजय शर्मा, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक फूलप्रसाद सुवेदीले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रमुख अतिथि प्रजापतिले तालिममा सहभागी सम्पूर्ण कर्मचारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
वागीश्वरी कलेज आरएमसीका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, कार्यक्रम संयोजक शिवबहादुर खुलिमुली, राजन चौगुठी, सहभागीको तर्फबाट ख्वप ई. कलेजका सिद्धिराम सुवाललगायतले बोल्नुभएको थियो ।
Leave a Reply