विश्वकप फूटबल प्रतियोगिता खेल्ने इरानी खेलाडी र टोलीलाई भिसामा अमेरिकाद्वारा विभेद
- जेष्ठ २३, २०८३
भारतीय चुनावमा मोदीको भारतीय जनता पार्टीले घिनलाग्दो चुनावी रणनीति अपनाउने गर्छ । हरेक घटनालाई क्रमबद्ध ढङ्गले चुनावी रणनीतिसँग जोडेर बनाएको हुन्छ । यस्तो रणनीति अहिले पश्चिम बङ्गालमा भइरहेको चुनावमा अनुभूति गर्न सकिन्छ ।
चुनाव नजिकिँदै जाँदा सबभन्दा पहिला राजस्व अनुसन्धान र न्यायालयजस्ता सरकारी संयन्त्रलाई प्रयोग गरेर विपक्षीका नेताहरूलाई भ्रष्टाचार वा आर्थिक हिनामिना गरेको आरोप लगाएर तर्साउने काम गरिन्छ । जसलाई भाजपाले आफ्नो पार्टी प्रवेश गराउन मोलमोलाइ गर्ने माध्यम बनाउँछ । पार्टी प्रवेश गर्न केही समय दिन्छ र त्यतिबेलासम्म भाजपामा प्रवेश गरे भने ती भ्रष्टाचारका आरोप सबै खारेज हुन्छन् नत्रभने विभिन्न मुद्दा हालेर जेलमा कोचिन्छन् । यसैलाई जोडेर भारतीय जनता व्यङ्ग्य गर्छन्, भाजपा भनेको वासिङ्क मेसिनजस्तै हो, जोभित्र छि¥यो सफा भएर बाहिर निस्किन्छ ।
त्यसपछि चुनावमा ‘श्रीराम’ को आगमन हुन्छ । ‘मुखमा राम राम बगलीमा छुरा’ जस्तै कुनै पनि घटनालाई हिन्दूकरण गर्नु चुनाव जित्ने मोदीको एकमात्र हतियार भएको छ । आर्थिक मोर्चालगायत सबैतर्फ असफल भएका मोदीलाई धर्मप्रति अति नै आस्था राख्ने भारतीयहरूलाई धर्मको नाममा राजनीतिक ध्रुवीकरण गर्न सजिलो भएको छ । अल्पमतमा रहेका मुस्लिमहरूलाई चिढाएर बहुमत हिन्दूलाई आफ्नो पक्ष पार्ने सुरुदेखिको भारतीय जनता पार्टीको रणनीति हो । त्यतिले नपुगेर सुस्त रहेका हिन्दू भोटरहरूलाई जगाउन ‘हिन्दू खतरामा’ भन्ने अर्को उत्तेजनात्मक नारा लगाउँछ ।
त्यसपछि ‘आतङ्कवाद’ कथा बुन्ने अर्को चुनावी रणनीति हुन्छ । भारतमा चुनाव नजिकिँदै जाँदा सुरक्षाकर्मीमाथि ठुलै हमला हुने परम्परा भइसकेको छ । हमलामा मारिएका सुरक्षाकर्मीको नाममा सत्ताधारी राजनीतिक पार्टीले सेनाको नाममा भोट माग्छ । अहिले पनि पश्चिम बङ्गालमा चुनाव हुँदै गर्दा छतिसगढ प्रदेशमा नक्सलवादीको रूपमा चिनिने भारतीय माओवादीविरुद्ध भएको कारबाहीमा उल्टै २३ सुरक्षाकर्मीको मृत्यु भएको छ । यसै घटनालाई जोडेर मोदीले जनतासँग भोट माग्दै छन् । जबकि यस्तो घटना घटोस् भनेरै चुनावको मुखमा नक्सलीविरुद्ध कारबाही गर्न लगाइएको भन्ने धेरैले अडकबाजी गरेका छन् । अघिल्लो लोकसभा चुनावमा मोदीले बालाकोटमा सेनामाथि भएको हमलामा मरेका ४२ सेनाको नाममा खुलमखुला भोट मागेका थिए । विडम्बना के भने त्यत्रो ठुलो घटनामा प्रयोग भएको विस्फोटक पदार्थ कसले ल्यायो भन्ने कुरा अझै रहस्य नै छ । सुरक्षाकर्मीको ज्यानको मूल्यमा भाजपाले चुनाव जित्ने गरेको यस घटनाबाट पनि पुष्टि हुन्छ ।
चुनावी वातावरण चर्किँदै जाँदा भाजपाका उम्मेदवारहरू ‘पाकिस्तान’ शब्दको खुबै प्रयोग गर्छन् । विपक्ष बलियो भएको ठाउँ छानी छानी ‘मिनी पाकिस्तान’ बनाउने भयो भनेर जनताबीच भ्रम फैलाएर आतङ्कित बनाउने वातावरण बनाउँछन् । कुनै न कुनै कोणबाट पाकिस्तानसँग जोडिएको मनगढन्ते कथा बुनिन्छ । राजनीतिक फाइदाको लागि कुनै पनि सीमा नाघ्न तयार हुन्छन् । भाजपाको सधैँ दङ्गाबाट राजनैतिक फाइदा उठाउन विपक्षलाई दङ्गामा फसाएर जेल हाल्ने अर्को रणनीति हुन्छ । सरकार विरोधीहरूलाई गद्दार, राष्ट्रघाती भन्दै पाकिस्तान पठाउने धम्की दिँदै चुनावी माहोल आफ्नो पक्षमा पार्ने प्रयास भाजपाले गर्छ ।
यी सबै घटना क्रमबद्ध ढङ्गले सकेपछि बल्ल चुनाव सम्पन्न हुन्छ ।
मोदी गरिब भएको स्वाङ पार्न ३५ वर्षसम्म मागेर खाएको गफ गर्छन् तर मोदीले मागेर खाएको देख्ने कोही भेटिँदैन । त्यसैले मागेर खाएको गफलाई पनि भारतीय जनता झूटको पराकाष्ठा भन्छन् । सबैभन्दा चर्चित मोदीले चिया बेचेको विषय हो । तर, आजसम्म मोदीको पसलमा चिया खाएको भन्ने व्यक्ति भेटिएको छैन । यो पनि काल्पनिक कथा बुनेको भन्ने धेरैलाई लागेका छन् । अर्को अचम्मको विषय भनेको मोदीको पढाइ हो । मोदीले सामाजिक राजनीतिमा स्तातकोत्तर गरेको दाबी गरेका छन् । तर अझै पनि मोदीलाई पढाउने कुनै प्राध्यापक भेटिएको छैन ।
चुनावमा मोदी समर्थित जित्यो भने सहज वातावरणमा सरकार गठन हुन्छ । यदि हा¥यो भने विपक्षी पार्टीबाट जितेका उम्मेदवारको खरिद बिक्रीजस्ता घिनलाग्दो कार्य सुरु हुन्छ ।
भनिन्छ, युद्ध र प्रेममा जे पनि सम्भव छ । अब राजनीतिमा सबै कुरा उचित हुन्छ भन्नुपर्ने अवस्था आएको छ । भारतीय राजनीतिमा देखिएको झूटको महामारी सबै स्वाभाविक छ भनेर भन्नुपर्ने स्थिति छ । अर्थात्, पाखण्डी हुनु, झूट बोल्नु, धूर्त हुनु, ढोङ्गी हुनु सबै जायज छ । केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बङ्गलादेशको भ्रमण गरेका थिए । त्यहाँ उनले बोलेको झूटले भारतीय राजनीतिमा तरङ्ग ल्यायो । मोदीले भने, “बङ्गलादेशको स्वतन्त्र आन्दोलनमा म पनि जेल गएको थिएँ ।” तत्कालीन पूर्वपाकिस्तानको रुपमा चिनिएको बङ्गलादेश पाकिस्तानबाट छुटिएको थियो । उक्त आन्दोलनमा भारतले बङ्गलादेशको पक्षमा महत्वपूर्ण भूमिका खेलेको थियो । अचम्मको कुरा के भने भारत आफै बङ्गलादेशको पक्षमा लडाइँ लडेको अवस्थामा मोदीलाई भारतमै जेल किन हाले होला ? कसैले बुझ्न सकेका छैनन् र कुन जेलमा मोदीलाई राखिएको हो ?
मोदी गरिब भएको स्वाङ पार्न ३५ वर्षसम्म मागेर खाएको गफ गर्छन् तर मोदीले मागेर खाएको देख्ने कोही भेटिँदैन । त्यसैले मागेर खाएको गफलाई पनि भारतीय जनता झूटको पराकाष्ठा भन्छन् । सबैभन्दा चर्चित मोदीले चिया बेचेको विषय हो । तर, आजसम्म मोदीको पसलमा चिया खाएको भन्ने व्यक्ति भेटिएको छैन । यो पनि काल्पनिक कथा बुनेको भन्ने धेरैलाई लागेका छन् । अर्को अचम्मको विषय भनेको मोदीको पढाइ हो । मोदीले सामाजिक राजनीतिमा स्तातकोत्तर गरेको दाबी गरेका छन् । तर अझै पनि मोदीलाई पढाउने कुनै प्राध्यापक भेटिएको छैन । कस्तो कथा बुन्दा जनताको संवेदनालाई छुन्छ भन्ने कुरा मोदीलाई राम्रोसँग थाहा छ । चुनावअगाडि सफाइ कर्मचारीको खुट्टा धुने र समुद्रको किनारामा फोहर टिप्नेजस्ता अनेक नौटङ्की गर्न माहिर छ, भारतीय प्रधानमन्त्री मोदी । कति जनता पनि यस्तै नौटङ्कीमा रमाउँदा रहेछन् ।
जर्मन तानाशाही हिटलरको एउटा भनाइ छ “जनतालाई यति धेरै दुःख दिनु कि त्यसपछि सास फेर्न पाउनु नै ठुलो उपलब्धि ठान्ने छन् ।” यस्तै हुन्छ गरिबीले ग्रस्त देशमा । भारतीय चुनावमा जनतासँग भोट कसलाई दिने भनेर सोध्दा यस्तै भनाइसँग मिल्दोजुल्दो जवाफ आउँछ । साइकल बाँधेको, कोरोना कालमा चामल बाँडेको जस्ता स–साना कुरालाई नै सरकारले ठुलो सहयोग गरेको ठानेर गरिब जनता चुनावमा तिनैलाई भोट हाल्छन् ।
मोदीले सोझा जनतालाई विभिन्न लोभ देखाएर र झूट बोलेर च्याम्पती (लप्सीको बियाँ) घुमाएजस्तै घुमाइरहेका छन् । पुरानो फिल्ममा बाउ तस्करी भएको कुरा सबैलाई थाहा भए पनि आफ्नै छोरीलाई थाहा नभएजस्तै मोदी झूटा हो भनेर सबैलाई थाहा छ तर अन्धभक्त कार्यकर्तालाई आफ्नै नेता झूटा हो भन्ने कुरा थाहा हुँदैन । एक थोपा पानी नभएको मरुभूमिमा पानीको पोखरी देखिन्छ जसलाई नेपालीमा मृगतृष्णा भनिन्छ । तिर्खाएको मृगले पानी देखेपछि पोखरीतिर दौडिन्छ तर पोखरी सर्दै जान्छ । यो भ्रममा परी पानी खोज्दाखोज्दै मृग आफै मर्छ । भारतमा अहिले गरिब जनतालाई यही मृगतृष्णाको दृष्टिभ्रमले मज्जाले सताएको छ । ‘राम्रो दिन आउँछ’ भन्ने मोदीको नारामा रमाउँदै गर्दा यसै वर्षमात्र ७ करोड ५० लाख गरिब थपिएको अन्तर्राष्ट्रिय मुद्राकोषले जनाएको छ । भारतीय चुनावी रणनीति र नेताहरूको झूट नेपाली राजनीतिमा पनि बिस्तारै देखिँदै छ ।
Leave a Reply