गाजा, इरान, लेबनान : यदि युद्धविराम लागू छ भने बमबारी किन जारी छ ?
- जेष्ठ २४, २०८३
ए ठुला मान्छे हो ? पत्याउने कुरामात्र गरौँ न हो ! नपत्याउने हावादारी कुरा नगरौँ । सरकारमा भएका र सरकारमा गएका पार्टीहरूले मात्र हावादारी कुरा गरेर जग हसाउँथे, दुनियाँ हसाउँथे । यो हावादारी गफ गर्ने रोग सरकारका सल्लाहकारहरूमा पनि सर्न लाग्यो । प्रधानमन्त्री त हावादारी गफ गर्थे गर्थे । अब त मन्त्रीबाहेकका अरू ठुला ओहदाका मान्छेले पनि जनतासँग हावादारी गफ गरेर आफ्नो गरिमा एवं व्यक्तित्व होच्याउन थाले । यसमा दुःख लाग्यो र त्यस्ता महानुभावहरूप्रति विश्वास हुन पनि छोड्यो । यो मेसो बढ्दै गएमा नेपालमा यस्तो खडेरी पर्नेछ जब विश्वास गर्ने, पत्यार गर्ने र श्रद्धा गर्ने मानिस नै पाइन छोड्ने दिन आउनेछ । समाजमा यस्ता व्यक्तित्वहरूको खाँचो सधैँ भइरहन्छ । त्यस्ता व्यक्तित्वहरूलाई नागरिक अगुवा, समाजसेवी, विषयविद्, देखेको कुरा छ्याङ्ङ भन्न सक्ने भनी श्रद्धा गरिन्छ । तसर्थ समाजका नबिटुलिएका व्यक्तित्वहरू हावादारी गफमा मुछिँदा सिकसिको लाग्दोरहेछ । कुन बाटो रोज्ने, कुन कित्तामा उभ्याउने हो त्यो रोज्न पाइन्छ, पाइनुपर्छ । यो सिद्धान्तमा विमति राख्नुपर्ने कारण छैन । तर, यसो भनेर व्यक्तिले आफ्नो भविष्य आफैले, आफ्नो बारेमा आफैले निर्णय गर्न पाउने सबभन्दा मुख्य अधिकारउपर प्रश्न उठाउन खोजेको पनि होइन । तर, कसो कसो अलिकति यसो भरोसा भएको मान्छे पछिल्लो जीवनकालमा अर्को बाटोमा देख्दा दुःख हुँदोरहेछ ।
भएमा, गरेमा जस्ता शर्त छन्
यो लामो गथासो लेखेको कारण हो नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले दुई–तीनवटा ठुलठुला मुद्दा उठाएपछि मेरो दिमाग तातेर यो प्रतिक्रिया आएको हो । महासङ्घको ५५ औँ वार्षिक साधारणसभामा प्रस्तुत आफ्नो भिजनपेपरमा ‘राष्ट्रिय आर्थिक रूपान्तरण २०३०’ सार्वजनिक गर्दै गोल्छाले भने आमागी दशकमा एकसय क्षेत्रमा एक खर्ब, ५० अर्ब डलरभन्दा बढी लगानीको परिकल्पनासहित त्यो भिजनपेपर तयार पारेका रहेछन् । त्यो पेपर कार्यान्वयन भए वार्षिक चार लाख रोजगारीका अवसर सिर्जना हुने सुन्दर, परमसुन्दर प्रक्षेपण गरेका छन् । अर्को तर्क छ, इमानदारीसाथ आर्थिक रूपान्तरण २०३० योजना लागू भए एक खर्ब पचास अर्ब डलरभन्दा बढी लगानी अर्थतन्त्रमा भित्रिन्छ भन्ने तर्क छ गोल्छाको । उनी भन्छन्, जसमध्ये एक खर्ब आठ अर्ब डलर निजी क्षेत्रबाट लगानी हुनेछ । महासङ्घले अर्थतन्त्रको सुधारका लागि स्पष्ट अवधारणा हुनुपर्ने मागसहित सो रूपान्तरण ल्याएको गोल्छाले बताए । यतिसम्म छलफल गर्दा पनि इमानदारीसाथ यो योजना लागू भए, अर्थतन्त्रको सुधारका लागि स्पष्ट अवधारणा हुनुपर्नेजस्ता अवस्था उल्लेख गरेर सशर्त प्रस्ताव गरेका छन् । भएमा, गरेमा भन्नेजस्ता अप्ठेरा शर्त हुन् । के गोल्छालाई विश्वास छ, उनका शर्त राज्यबाट पूरा हुन्छन् ? अहिलेको ३४ अर्ब डलरको अर्थतन्त्र एक खर्ब डलर पु¥याउन र दोहोरो अङ्कको आर्थिक वृद्धि दर हासिल गर्न शेखर गोल्छा सम्भव देख्नुहुन्छ । भिजनपेपरले आगामी दशकमा थप २२ लाख रोजगारी सिर्जनाको परिकल्पना गरेको छ ।
गोल्छा परिवारसँगको सम्पर्क ?
गोल्छा परिवारलाई म तीन पुस्तादेखि चिन्छु । सक्कली गोल्छा रामलाल एउटा रित्तो लोटा लिएर नेपाल पसेका थिए रे । तर, दिमागमा चाहिँ औद्योगिकीकरणका विशाल परिकल्पना लिएर विराटनगर नेपालको पहिलो औद्योगिक सहरमा पसेको । दोस्रो विश्वयुद्धताका श्री ३ जुद्धशमशेरले विराटनगरमा साबुन, सलाइ, जुट र चिनी कारखाना खुलाए । क्रमशः मोरङ जलविद्युत् कम्पनी, कपडा कारखाना स्थापना गराए । औद्योगिकीकरणको प्रथम चरणदेखि नै रामलाल गोल्छा मातृकाप्रसाद कोइराला, भूपालमानसिंह कार्की, जुद्धबहादुर श्रेष्ठलगायतसँग मिली त्यहाँको उद्योग र व्यापारमा प्रवेश गरे । फलतः स्थापित उद्योगपति र व्यापारी भएर निस्के, विशाल भवनहरू बनाए । अतिथि कक्ष बनाए । त्यत्तिबेला अतिथि कक्ष दुर्लभ हुन्थे । सरकारी पाहुना पनि त्यो अतिथि कक्षमा अतिथि हुनथाले । म पनि दुई–चार पल्ट गोल्छा आवासको अतिथि भएको छु । सबेरै ओछ्यानमा चिया, साढे सात बजे उत्तम ब्रेकफास्ट उपलब्ध हुन्थ्यो गोल्छा पाहुना कोठामा । पाहुना कोठा सुविधा सम्पन्न । यसले गर्दा पनि रामलाल गोल्छाको प्रगति भो । राजाको विराटनगर सवारीमा रामलालको परिवारसँग छुट्टै भेट थियो । पत्रकारको हैसियतले त्यो भेटमा म पनि उपस्थित थिएँ । राजाका सचिवहरूले रामलालजी नाच्न पनि जानुहुन्छ भनेपछि रामलाल नाचेको पनि देखेको छु । रामलालका एउटा छोरा हुलासचन्द्र गोल्छा त सामाजिक काममा पनि हात हाल्थे । हुम्लामा उज्यालो कार्यक्रममा एउटा घर उज्यालो पार्न मैले पनि चार हजार रूपैयाँ लिएको छु । गोल्छा परिवारसँग यसरी मेरो पनि चिनजान थियो । यसर्थ शेखर गोल्छाबारे लेख्न मन लाग्यो ।
कसको कुरा कति पत्याउने: प्रश्न
उद्योग वाणिज्य महासङ्घको भिजनपेपरमा दसवटा प्राथमिकता तोकेको छ तापनि रोजगारी, स्टार्ट अप, ऊर्जा पूर्वाधार, विदेशी लगानीजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको छ । शेखर गोल्छा भन्छन्, यो योजनाको कार्यान्वयनमा सरकारसँग सहकार्य आवश्यक छ । शेखर पनि उत्साहित छन् र भन्छन्, दुई वर्षभित्रै महासङ्घले ४० वटा योजना कार्यान्वयनमा लान सक्छ । यी गर्न सकिने र प्रतिफल दिने योजना हुन् । शेखर गोल्छाको हिसाबमा आर्थिकरूपमा ४० हजार मेघावाट बिजुली उत्पादन गर्न सकिन्छ । अझै भारत र बङ्गलादेश बिजुली किन्न तयार छन् । गोल्छाका अनुसार बङ्गलादेशले ५ सय मेगावाट बिजुली किन्न नेपालसँग सम्झौता गरिसक्यो रे ¤ गोल्छाहरूको घराना नै व्यापारिक घराना हो । तसर्थ, शेखर गोल्छा बिजुली बेच्नेमात्र कुरामा आफूलाई सीमित नराखी जडीबुटी, अदुवा र अलैँचीजस्ता तुलनात्मकरूपमा बढी लाभ दिने वस्तु निर्यातमा विशेष ध्यान दिन र निर्यात विस्तार गर्न सक्नुपर्छ पनि भन्नुहुन्छ । अनुत्पादक क्षेत्रको खर्च कटौती गरी पूर्वाधार लगानी बढाउन पुँजीगत खर्च बढाउनेतिर ध्यान दिन र मुख्यतः तिनको कार्यान्वयन आजको आवश्यक ठनाइ छ गोल्छाको । त्यो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार वर्ग विशेषको मात्र होइन भन्दै ढुक्क भई काम गर्न आग्रह पनि गरे । सरकार बदलिन्छ, सरकार अस्थिर हुने भयो भन्ने बाहिर हल्ला छ । यसलाई म मिलाउँछु भन्न पनि भ्याए ओलीले । तर, कति पत्याउने कति नपत्याउने प्रश्न यही छ ।
Leave a Reply