भर्खरै :

कम्तीमा एक महिना विद्यालय बन्द गर्नुपर्ने विज्ञको मत

काठमाडौँ, २ वैशाख । स्वास्थ्य मन्त्रालयले दैनिक ११ हजार नेपाली कोभिड–१९ सङ्क्रमित हुने चेतावनी दिएको समाचार प्रकाशित भयो । स्वास्थ्य मन्त्रालयको यो चेतावनी नेपाल सरकारकै हो । सरकारले जनतालाई कुनै प्रलयको चेतावनी दिनेभन्दा पनि रोक्न आवश्यक कदम उठाउने हो । स्वास्थ्य मन्त्रालयको थप चेतावनी हो – असारसम्म ६ लाख सङ्क्रमित हुनेछ । यसकारण विद्यालय बन्द गर्नु जरूरी छ । सीमापारिबाट आएकालाई १० दिन क्वारेन्टिनमा राख्नुपर्दछ ।
नेपालमा कोभिड–१९ को पहिलो लहर भारत भएरै आएको हो । यसकारण, सरकारले नेपाल–भारत खुला सीमा बन्द गर्नु जरूरी छ र भारतबाट नेपाल फर्कनेहरूलाई सिमानामै परीक्षण र क्वारेन्टिनको व्यवस्था गर्नु जरूरी छ । अहिले देखापरेका कोभिड–१९ को दोस्रो लहर पनि भारतबाट फिर्ता भएकाहरूमा नै देखापरेको छ । भारतको कुम्भ मेलामा ४८ घण्टामा एक हजार सङ्क्रमित देखा परे । यसकारण नेपाल सरकारले भारतसँगको खुला सीमामा परीक्षण र क्वारेन्टिन प्रभावकारी बनाउनु जरूरी छ, जुन अहिलेसम्म भएको छैन । भारतले नेपाललाई कोभिड–१९ रोकथामको खोप पठाउने अवस्था छैन किनभने भारतले आफ्नो देशमा उत्पादित खोप पर्याप्त नभएकोले रूसको खोप ‘स्पुतनिक–भी’ लाई अनुमति दिएको छ ।
भारतसँग नेपालको ३२ खुला नाकाबाट सहज आवागमन भइरहेको छ । दैनिक आवतजावत कति भइरहेको छ, यकिन छैन । यी नाकाबाट परीक्षणविनै भारतीय र नेपाली भित्रिरहेका छन् । बाँके जिल्लामा मात्रै त्यसरी भित्रिएका ५२ प्रतिशतमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । यसकारण नेपाल सरकारले समयमै विद्यालय बन्द गर्नु जरूरी छ । भारतमा अहिले ३ प्रजातिका कोभिड–१९ भाइरस फैलिरहेको बताइन्छ । काठमाडौँ कान्ति बाल अस्पतालका प्रमुख डा. आरती बिच्छाले कम्तीमा एक महिना विद्यालय बन्द गर्नुपर्ने आवश्यकता औँल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *