भर्खरै :

बुद्धकृष्णले आठौँ पटक जिब्रो छेडाए

मध्यपुर, २ वैशाख । ठुलो जनसहभागिताबीच बिहीबार बुद्धकृष्ण बागश्रेष्ठले आठौँ पटक जिब्रो छेडाएका छन् । लाय्कुस्थित पाचो गणेश मन्दिरको परिसरमा उनले आफ्नो जिब्रो छेडाएका हुन् ।
नायो पमा जलकृष्ण पिलाले सुम्पिएको सुइरो कृष्णचन्द्र बागले छेडेका हुन् । सो सुइरो एक महिनाअघि नै बनाएको हुन्थ्यो । उक्त सुइरो धर्मलाल नकर्मीले बनाएर तेलमा डुबाएर राखेका थिए ।
बोडे जिब्रो छेड्ने जात्राले पनि चर्चित छ । जिब्रो छेडाइसकेपछि अर्ध चन्द्राकारको ‘भे’ बोकी बुद्धकृष्ण बोडेमा परिक्रमा गर्छन् । त्यसपछि सातवटा खटको देवता सर्वप्रथम कालिकास्थानमा घुमाउन लगिन्छ । सातवटा खटमा तीनवटा गणेश, दुइटा बाराही, कालिका एक, महालक्ष्मी एक हुन्छ ।
कालिकास्थानबाट सो खटलाई जात्रा गरी बोडेमा घुमाइन्छ । जिब्रो छेडेको सुइरो महालक्ष्मी स्थानमा गणेशको खटको रोहवरमा निकालिन्छ । सुइरोको प्वालमा महालक्ष्मी देवताको माटो राखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *