भर्खरै :

विश्व सम्पदाहरूको अवस्था

कला र संस्कृति नै हाम्रो पहिचान हो । हाम्रा पुर्खाले बनाएका ती सांस्कृतिक धरोहरहरूले हाम्रो इतिहास बोकेको छ । चाहे त्यो नुवाकोटको साततले दरबार होस् या धरहरा या वसन्तपुर दरबार या काष्ठमण्डप । यी हाम्रा अमूल्य सम्पदाहरू हुन् । यी नै सांस्कृतिक सम्पदाहरूको अवलोकन गर्न थुपै्र विदेशी पर्यटक नेपाल घुम्न आउँछन् । एकातिर विश्व सम्पदा दिवस मनाइरहँदा अर्कोतिर २०७२ को महाभूकम्पले ढलेका, जीर्ण भएका सम्पदाहरू पुनर्निर्माणको पर्खाइमा छन् । वास्तवमै ०७२ को भूकम्पमा ढलेका हाम्रा सांस्कृतिक सम्पदाहरू उठ्न नसकेर दिनानुदिन जीर्ण बन्दै छन् । यस्ता महत्वपूर्ण सम्पदाको संरक्षण र संवद्र्धन गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्ने जिम्मेवारी हाम्रो हो । हरेक वर्ष अप्रिल १८ लाई विश्व सम्पदा दिवसको रूपमा मनाइन्छ । काठमाडाँै भनेबित्तिकै काष्ठमण्डप, वसन्तपुर दरबार क्षेत्र, धरहरा र घण्टाघर सम्झिन्छ । सम्पदा नै नरहे सहरको पनि पहिचान लोप हुन्छ । कतिपय सम्पदा पुनः निर्माणको क्रममा छन् भने कतिपय पुनः निर्माण भइसकेका छन् । हाल हाम्रोसामु २९ तले धरहरा बनिसकेको छ । यो खुसीको कुरा हो । बेलाबेलामा भूकम्पका कारण विभिन्न सम्पदा हराउँदै छन् । सडक विस्तारको क्रममा भत्काइएका मन्दिर, सत्तल र पाटीको अवशेषले सम्पदा संरक्षणमा जागरुक नभएको आभाष हुन्छ । कहिलेकाहीँ सञ्चारमाध्यममा विभिन्न फोटाहरू आउँछन् जुन देख्दा हामीलाई अचम्म लाग्दछ । सावर्जनिक मन्दिर र पाटीहरू कुनै व्यक्तिको घरको कम्पाउन्डभित्र देखिन्छ त कुनै मन्दिरका गजुरहरू होर्डिङ्ग बोर्डहरूले छेकिएका हुन्छन् । जे जस्तो भए पनि आफ्ना पुर्खाले सिर्जेका सम्पदाको दिलोज्यानले संरक्षणमा हामी लाग्नुपर्दछ ।
७२ को भूकम्पपछि हाम्रा विभिन्न सांस्कृतिक सम्पदाहरू कुनै पूर्णरूपमा क्षति भएका छन् त केही आंशिकरूपमा क्षति भएका छन् । ती सम्पदाको पुनः निर्माणमा पुरातत्व विभाग र स्थानीय सरकारको समन्वय हुनु जरुरी छ । भइरहेका पुनः निर्माणका कार्यहरू पनि कछुवाको गतिमा अगाडि बढेको देखिन्छ ।
पुनः निर्माणको कुरा गर्दा बजेटकै कुरा आउँछ । कतिपय सम्पदाहरू त बजेट अभावकै कारणले पनि निर्माण हुन नसकेका गुनासाहरू सुन्न पाइन्छ भने कतियप निर्माण प्रक्रियाका कुराहरू नमिल्दा रोकिएका छन् । ऐतिहासिक रानीपोखरी पुनः निर्माण हँुदै थियो । यसको बीचमा रहेको बालगोपालको मन्दिर निर्माणका क्रमका कङ्क्रीट प्रयोग गर्ने कुराले रोकिएको छ । बालगोपालको मन्दिर पहिले शिखर शैलीको रहेको र पछि पुनः निर्माणको क्रममा गुम्बज शैलीमा निर्माण भएको थियो । ०७२ को भूकम्पपछि पुनः निर्माण गर्दा कुन शैलीमा गर्ने भनी विज्ञहरूको समूह बनाई छलफल भई भक्तपुरका कालीगढहरूको सहयोगमा यसको पुनः निर्माण सम्पन्न भइसकेको छ ।
सम्पदा संरक्षणको कुरा गर्दा नुवाकोटको साततले दरबारलाई यहाँ उल्लेख गर्न चाहन्छु । नुवाकोट दरबार थियो । पहिला वि.सं. १८१९ निर्माण गर्दा नौ तलाको थियो तर पछि १९९० सालको भूकम्पपछि यसलाई सात तलामा निर्माण गरिएको थियो । ०७२ को भूकम्प अगाडि राम्रो अवस्थामा रहेको यो ऐतिहासिक दरबार भूकम्पपछि जीर्ण बन्दै गएको छ । यसै दरबार क्षेत्रमा रहेका अन्य दरबारहरू पनि जीर्ण बन्दै गएका छन् । इतिहास बोकेको यो दरबारको संरक्षणमा भइरहेको ढिलासुस्तीले स्थानीय र सरोकारवालाहरूले सम्पदा संरक्षणमा त्यति चासो नदिएको भान हुन्छ । किताबमा र इन्टरनेटमा यो दरबारको राम्रो फोटो हेर्नेेहरू त्यहाँ पुुगेर दरबारको दुरवस्था देख्दा मन थाम्न सक्दैनन् । दरबार हेरचाहमा बसेका मानिसहरूलाई सोध्दा संरक्षणको काम प्रक्रियामा रहेको कुरा बताउँछन् । दरबार नजिकै रहेको मन्दिरको निर्माण गर्ने कालिगढहरूमा कतिपय भक्तपुरकै हुन् ।
सम्पदा पुनः निर्माणको कुरा गर्दा उपत्यका तीन सहरमध्ये भक्तपुरमा प्रायःजसो सम्पदा पुनः निर्माण भएका छन् । यसरी संरक्षण भएका कतिपय सम्पदा स्थानीय श्रमदानबाट पनि भएको देखिन्छ । यसको उदाहरण भैरनाथको मन्दिरलाई लिन सकिन्छ । सम्पदा संरक्षणमा विदेशी सहयोगविना नै विभिन्न मठमन्दिरमा पुनः निर्माण र जीर्ण अवस्थामा रहेकाको संरक्षण भइरहेको छ । यहाँको स्थानीय सरकारको जागरुकताकै कारण सम्पदा संरक्षणले गति लिइरहेको छ ।
यसरी विश्व सम्पदा दिवस मनाउने क्रमको सुरुवात सन् १९८२ बाट भएको हो । यस दिन विश्वमा विश्वभरका धेरै सम्पदा संरक्षणका लागि आवाज उठ्ने गर्छ । चोरी निकासी गरेर नेपालका बहुमूल्य देवीदेवताका मूर्तिहरू विदेशी सङ्ग्रहालयहरूमा पु¥याइएका छन् । ती सम्पदालाई नेपाल फर्काउने प्रयासस्वरूप पनि यो दिवस मनाइन्छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हाम्रा अमुल्य सम्पदाहरूको संरक्षण होस्, हराएका मूर्तिहरू पुनः नेपाल फर्काउन, लडेका सम्पदाहरू उठ्न र उठेका सम्पदाहरू सजाउन सकियोस् यो हामी सबैको कामना हो । यसका लागि व्यतिm, समुदाय र सिङ्गो राष्ट्र नै लागिपर्नुपर्दछ । हाम्रा पानीका धाराहरू, मूर्तिहरू, गजुरहरू, भवनहरू हरेक काठ, इँटाहरू, उत्तिकै मूल्यवान् छन् । यिनीहरूको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *