भर्खरै :

बिस्का जात्राबारे एक नजर

भक्तपुर सुसंस्कृत व्यक्तिहरूको गौरवपूर्ण थलो हो । कला–संस्कृति र सभ्यताको कारण भक्तपुर विश्व प्रख्यात छ । यहाँको संस्कृति र कलाको कारण कलाप्रेमी र शिक्षाप्रेमीको ध्यान खिचेको छ । नगरको बीच भागमा रहेको तौमढी टोलमा अवस्थित पाँचतले मन्दिर संसारमै नामुद छ ।
भक्तपुर नगरको टोल टोलमा पाटी पौवामा गाइने डाफा भजनको गीत–सङ्गीतले कसलाई मन्त्रमुग्ध बनाउँदैन ? हजारौँ सिकर्मी, डकर्मी तथा संस्कृतिविद्हरूको योगदान भएको भक्तपुरलाई उदाहरणीय जिल्ला बनाउन सबैले मेहनत गर्नु आवश्यक छ ।
हामी अनुशासित हुनुपर्छ । जात्रामा प्रतिस्पर्धा गर्नु ठीक होइन । हामीले इज्जत र प्रतिस्थाको ख्याल गर्नुपर्छ । हामी मिलेर जात्रा सफल पार्नुपर्छ र गन्तव्यमा पु¥याउनुपर्छ । पूर्वज जोशी, भैल बाजे र गुठी नायकहरू भैलखः, बेताल देवता र रथको कार्य गर्ने सबै हाम्रा पूज्य हुन् । एकछिन विचार गरौँ, त्यो बेलाको भक्तपुरका जनता कति विवेकशील, इमानदारिता, कर्तव्यनिष्ठ र देशप्रति कृतज्ञ थिए । २०२७ साल अगाडि बिस्केट जात्रामा कहिल्यै झगडा हुँदैनथ्यो । त्यो बेला भैरवको रथ थने– कोने लगे पनि कुनै झगडा हुँदैनथ्यो । माथिल्लो र तल्लो भेगमा भैरवनाथको रथ सजिलै पुग्थ्यो । जोशी र भैल बाजेहरूको आदेशअनुसार रथ तानिन्थ्यो । हस्से र हाइँसेको आवाज, रथको आवाज र मान्छेको आवाजले भक्तपुर सहर हर्षमय बन्थ्यो । हजारौँ वर्ष अघिदेखि पूर्वजहरूले चलाइएको भैरवनाथको रथ तान्ने काम कति बुद्धि र विवेक पु¥याएर तानिएको हुन्थ्यो । लिङ्गो उभेको दिन १२ घण्टा रात र १२ घण्टा दिन बराबर हुन्थ्यो भन्ने कथन पनि छ ।
२१ औँ शताब्दीको विज्ञान र प्रविधिले सुसज्जित मानिसहरू पैसा भएर हो कि बुद्धि वा बल बढी भएर हो अहिले इँटा हानाहान हुन्छ । बरू ढुङ्गेयुगमा मान्छेहरू मिलेर बस्थे रे ¤ त्यो बेला मान्छेमा बदलाको भाव हुँदैनथ्यो । मेलमिलापको भावना हुन्थ्यो ।
हामीले व्यक्तिवादी भावना नराखौँ । बाङ्गोटिङ्गो बाटो नहिडौँ । साझा विचार पहिल्याऔँ । नयाँ वर्षको अवसरमा राम्रो सोचौँ, कसैको कुभलो नसोचौँ । सबैलाई शुभकामना छ । पोहोर कोरोनाको डरले लिङ्गो उठेन । तर यसपालि ढिलो भए पनि लिङ्गो ठड्याइयो र मन खुसी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *