इरानका ‘केही स्थान’ मा अमेरिकी आक्रमण
- असार १५, २०८३
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका मन्त्री दावा तामाङबीच शनिबार नगरपालिकाको सभाकक्षमा भेट भयो । नगर प्रमुख प्रजापतिले मन्त्री तामाङलाई भक्तपुरको मौलिक भादगाउँले टोपी लगाई नगरपालिकामा स्वागत गर्नुभएको थियो । भेटका क्रममा उहाँहरूबीच नेपालमा खेलकुद क्षेत्रको विकास, सम्भाव्यता, चुनौती र भक्तपुरस्थित माहेश्वरी तथा सहिद स्मृति खेलमैदानको स्तरोन्नति गर्ने विषयमा छलफल भयो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक विशेषताबारे अवगत गराउँदै भक्तपुर नपालाई खेलकुद क्षेत्रमा अगाडि बढाउन नगरपालिका क्रियाशील रहेको र नगरपालिका आफैले विभिन्न खेलको प्रशिक्षण, प्रत्येक वर्ष अन्तरनगर तथा विद्यालयस्तरीय प्रतियोगिता आदि सञ्चालन गर्दै खेलाडीहरूलाई उत्साहित पार्ने गतिविधिमा जोड दिँदै आएको बताउनुभयो । उहाँले मन्त्रीहरू स्थानीय तहमा पुगेर त्यहाँको आवश्यकतालाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दा राम्रो हुने बताउनुभयो ।
उहाँले भक्तपुर नपाभित्र अवस्थित माहेश्वरी र सहिद स्मृति खेलमैदान जग्गा स्वामित्वका कारण अगाडि बढाउन समस्या भइरहेको जानकारी दिनुभयो । उहाँले खेलमैदानको व्यवस्थासँगै भक्तपुरको खेलकुद क्षेत्र विकास स्वतःस्फूर्त ढङ्गले हुने आशा व्यक्त गर्दै भक्तपुर नपाले व्यवस्थित र योजनाबद्ध ढङ्गले खेलकुद गतिविधिलाई अगाडि बढाइरहेको बताउनुभयो ।
भेटमा मन्त्री तामाङले सांस्कृतिक नगर भक्तपुरको भ्रमण गर्न पाएकोमा खुसी व्यक्त गर्दै भक्तपुरमा खेलकुद क्षेत्र विकासको निम्ति सहकार्य गर्न मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । भक्तपुरको खेलमैदानको जग्गा स्वामित्वबारे आवश्यक समन्वयको खाँचो रहेको बताउँदै उहाँले खेलकुद क्षेत्र विकासको निम्ति पूर्वाधार निर्माणमा आवश्यक सहयोग गर्ने बताउनुभयो ।
नेपालमा खेलकुदको समग्र विकासका सम्भावनाहरूबारे अवगत गराउँदै उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतमा गरेको रूपान्तरणमा नेमकिपाको ठुलो भूमिका रहेको र नेमकिपा विचार र सिद्धान्तमा प्रतिबद्ध पार्टी भएको बताउनुभयो ।
भेटेका क्रममा नगर प्रमुख प्रजापतिले मन्त्री तामाङलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र भक्तपुर नपाका प्रकाशनहरू मायाको चिनोस्वरूप प्रदान गर्नुभएको थियो ।
Leave a Reply