सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
नयाँ नेतृत्वमा मिगुएल डाएज कानल हवाना, १९ अप्रिल । क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन सोमबार सम्पन्न भयो । महाधिवेशनले क्युवाका राष्ट्रपति मिगुएल डाएज कानल बर्मुडेजलाई प्रथम सचिवमा निर्वाचित गरेको छ । महाधिवेशनले चौध सदस्यीय पोलिटव्युरो निर्वाचित गरेको छ । त्यस्तै पार्टीअन्तर्गतका विभिन्न सात केन्द्रीय विभागका प्रमुखहरू पनि निर्वाचित गरिएको छ । साथै २६ जना पार्टी केन्द्रीय सदस्यहरू निर्वाचित गरिएको छ । महाधिवेशनबाट यसअघिका प्रथम सचिव एवं क्युवाली क्रान्तिका नेता राउल क्यास्ट्रोले औपचारिक नेतृत्वदायी पदबाट बिदा हुनुभएको छ । राउलको बिदाईसँगै क्युवाली क्रान्तिको पहिलो पुस्ता नेतृत्वबाट बिदा भएको छ । क्रान्तिको नेतृत्व गरेको पुस्तालाई ‘ऐतिहासिक पुस्ता’ भनी उच्च सम्मान गरिन्छ । क्युवाली जनताले प्रतिक्रान्तिकारीहरूमाथि प्लाया गिरोनमा ६० वर्षअघि विजय प्राप्त गरेको दिन अप्रिल १९ को दिन महाधिवेशन समापन गरिएको थियो ।
क्युवाली कम्युनिस्ट पार्टीको आधिकारिक सञ्चारमाध्यम ग्रान्मा इन्टरनेसनलमा युडी क्यास्ट्रो मोरालेस लेख्छन्, “आठौँ पार्टी महाधिवेशनको समापनसँगै क्युवाले नयाँ सन्देश दिएको छ । जसरी बे अफ पिग्स (प्लाया गिरोन) मा सशस्त्र भाडाका सिपाहीँहरूलाई पराजित गरेका थियौँ, त्यसरी नै हाम्रा विचारले आज दलालहरूलाई त्रसित बनाएको छ । साम्राज्यवादीहरू एकता, प्रतिरोध र निरन्तरताजस्ता महान् शब्दको अर्थ बुझ्दैनन् । आज फेरि एकपल्ट देशको नेतृत्व युवा पुस्तामा व्यवस्थित हस्तान्तरणले मूर्त रूप लिएको छ ।”
महाधिवेशनअन्तर्गत आइतबार क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव राउल क्यास्ट्रो रूजले पार्टी केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनमा क्युवाली क्रान्तिको रक्षा र निरन्तरता, क्रान्तिलाई गतिशील बनाउने, समाजवाद निर्माण गर्ने प्रस्ट दिशानिर्देश गरेको छ । “हामीले शतप्रतिशत पूर्ण काम गरेका छैनौँ तर हामीले निरन्तरताको पूर्ण भविष्य बनाएका छौँ”, प्रतिवेदनमा भनिएको छ ।
महाधिवेशन प्रतिनिधिहरूले त्यहाँ प्रस्तुत आर्थिक र सामाजिक ढाँचाको समय सापेक्ष अवधारणा, नीति कार्यान्वयनको निर्देशिका, पार्टीको पहिलो महाधिवेशनमा पारित पार्टी सञ्चालन, वैचारिक गतिविधि, जनतासँगको सम्बन्ध आदिबारे तय गरेको दस्तावेजमा संशोधन प्रस्ताव पारित गरेका छन् ।
महाधिवेशनले पार्टीको केन्द्रीय समिति निर्वाचित गरेको छ ।
Leave a Reply