अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
काठमाडौँ, ८ वैशाख । कोभिड सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढे पनि सार्वजनिक स्थानमा अधिकांश मानिसले मास्क लगाएको देखिंदैन । कोभिडका जीवाणु मुख्यतः नाकबाट मानिसको शरीरभित्र प्रवेश गर्ने भएकोले मुखमा मास्क लगाए त्यो सम्भावना कम हुने गर्छ । त्यसकारण वैज्ञानिकहरूले कोभिडको सङ्क्रमणबाट जोगिने धेरै उपायमध्ये मास्क लगाउनु एउटा आधारभूत नियम बताएका छन् । तर, मानिसहरू विभिन्न बहाना बनाएर मास्क नलगाउँदा सङ्क्रमणको जोखिम अझ बढेको छ । वैज्ञानिक अध्ययनअनुसार आपसी सम्पर्कमा आउने दुवै व्यक्तिले मास्क लगाए भाइरस सङ्क्रमणको सम्भावना न्यून हुन्छ । तर, सर्वसाधारणले श्वास निस्सासिएको जस्तो भएको, चस्मामा वाफ परेको, पसिना आएको, बिर्सेको जस्ता बहाना बनाई मास्क नलगाउने गरिएको पाइन्छ ।
कतिपय मानिसले भने मास्क लगाउने नाममा साधारण कपडाको मास्क लगाउने गरेका छन् । वैज्ञानिक जानकारीअनुसार त्यस्ता मास्कले धुवाँ–धुलोबाट जोगिन उपयोगी भए पनि कोभिडका जीवाणु रोक्न भने काम लाग्दैन । त्यसको निम्ति गुणस्तरीय मेडिकल मास्कको प्रयोग गर्न आवश्यक हुन्छ । बजारमा बेच्न राखिएका कतिपय मास्क गुणस्तरीय र कोभिडका जीवाणु रोक्ने खालको नभएको देखिन्छ । सम्बन्धित विज्ञहरूसहितको टोलीले बजारमा बेच्न राखिएका मास्कमध्ये कति प्रतिशत मास्क महामारी रोकथामको लागि उपयोगी हुन् भनी अनुगमन गर्न आवश्यक छ ।
मास्कको प्रयोग बढेसँगै सडक र सार्वजनिक स्थानमा फालिएको मास्क पनि धेरै भेटिने गरेको छ । मास्क जथाभावी फाल्दा त्यहीबाट सङ्क्रमणको सम्भावनालाई ध्यानमा राखी सरकारले त्यसो नगर्न र गरे कारबाही गरिने सूचना जारी गरेको छ ।
मास्क लगाउनु यतिबेलाको नागरिक कर्तव्य हो । आफ्नो र सिङ्गो समाजको हितको निम्ति सबैले सार्वजनिक स्थानमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्नु जरुरी छ । सुरुमा मास्क लगाउँदा जो कोहीलाई असजिलो हुनु स्वाभाविक हो । तर, मास्क लगाउनुलाई अब जीवनपद्धतिकै रूपमा अघि बढाउन जरुरी भएको छ । महामारी सानो कुरा होइन, तर सानै कुराबाट विकराल रूप लिने गर्छ । स–साना कुरालाई विशेष ध्यान दिन सके महामारीको चर्को मूल्यबाट हामी जोगिन सक्छौँ । अटेर भई मास्क नलगाउने व्यक्तिलाई प्रशासन र स्थानीय तहले नियमानुसार कारबाही गर्नुपर्छ । त्यसको निम्ति लकडाउन नै कुरिरहन पर्दैन । सडकमा मास्क नलगाई हिँड्ने व्यक्तिलाई जसरी पहिले आर्थिक जरिवाना गरिएको थियो, त्यसरी नै प्रहरी र स्थानीय सरकार मिलेर आर्थिक जरिवाना सहित मास्क लगाइदिने गर्नुपर्छ । कोभिड–१९ को लहर दैलोमै आइसकेको छ । मास्कजस्तो साधारण कुराबाट त्यसको अहिले प्रतिरोध भए भोलि हामीले अक्सिजन सिलिन्डरको खोज्दै भौँतारिनुपर्ने दिन आउनेछैन । आज हामीले मास्क लगाउने सजिलो नियमको अटेर गरे भोलि पछुताउनुपर्ने समय आउन सक्छ । सही तरिकाले गुणस्तरीय मास्क लगाऔँ ।
Leave a Reply