भर्खरै :

टाउको दुख्दाको उपचार नाइटोमा !

देशको आवश्यकता र परिस्थिति बुझेरमात्रै भएन बरु कुन बेला कुन मुख्य समाधानलाई प्राथमिकता दिने भनी सोच्नु आवश्यक हुन्छ । देशका विभिन्न विषयका विशेषज्ञहरूले आ–आफ्ना विषयमा जानकारी राख्नु स्वाभाविक भएजस्तै राजनीतिक नेता र शासनमा गएका राजनीतिक दलका नेता एवम् कार्यकर्ताहरूले आफ्नो होइन तत्काल कुन विषयमा प्राथमिकता दिने हो भन्ने जानकारी राख्नैपर्ने विषय हो ।
उदाहरण हाम्रोसामु प्रस्तुत छ– एक–डेढ वर्षदेखि कोभिड र अन्य स्वास्थ्य समस्याले हाम्रो देश र संसार नै आक्रान्त छ । यस्तो स्थितिमा जनधनको ठुलो क्षति हुने सम्भावनातर्फ छिमेकी मुलुक चीन, भारत, युरोपेली मुलुकहरू, संरा अमेरिका र ब्राजिलले कसरी त्यहाँका सरकार र राजनीतिज्ञहरू आ–आफ्ना समस्याहरूसँग जुझे । प्रस्ट छ, अमेरिकाको ट्रम्प सरकारले कोभिडलाई बेवास्ता ग¥यो, चीनलाई दोष दियो । मिलेर लड्ने चीनको आग्रहलाई बेवास्ता ग¥यो, चिनियाँ नेतृत्वले ‘बाँदरको स्वर राम्रो छैन’ भन्ने उखान बुझेर तुरुन्तै आफ्नै खुट्टामा उभिएर आफ्नो ठुलो जनधनको प्रयोग गरी आफ्नो देश र जनतालाई कोरोनाको महामारीबाट जोगायो र संसारलाई आफ्नो अनुभव र भौतिक स्वास्थ्य सामग्रीले सहयोग पु¥यायो ।
ब्राजिलले अमेरिकाकै नक्कल गरी बेवास्ता ग¥यो, हिजोसम्म बढी सङ्क्रमित र मृत्यु सङ्ख्यामा रहेको अमेरिका पछि दोस्रो देश बन्यो । अमेरिका र ब्राजिलको नक्कल गर्ने देश मोदीको भारत कोभिडको सङ्क्रमण र मृत्युमा तेस्रो देश बन्यो । अमेरिका र भारतले समयमै त्यस रोगको रोकथाम र नियन्त्रणमा प्राथमिकता दिएका भए आफ्ना धेरै जनतालाई बचाउन सक्थे र समयमै रोकथाममा सहयोग पुग्थ्यो, त्यसो भएन । बेलायत, फ्रान्स, जर्मनी, इटाली, स्पेन आदि युरोपेली देशहरू पनि प्राविधिक ज्ञान र जनशक्तिको हिसाबले सक्षम देश हुन् । प्राथमिकता, तदारुकता र गम्भीरताको अभावले उनीहरूले बढी क्षति व्यहोरे ।
नेपालमा शासक दल र नेताहरू एवम् प्रमुख प्रतिपक्ष नेका र नेताहरू
(शेरबहादुर देउवा, रामचन्द्र पौडेल आदि) ले समयमै दक्षिण सीमामा स्वास्थ्य परीक्षण, उपचार र क्वारेन्टिनको समुचित व्यवस्थामा प्राथमिकता दिएका भए क्षति आजको भन्दा धेरै थोरै हुने थियो । यसमा स्वास्थ्यकर्मीहरू होइनन् शासक दल र नेता कार्यकर्ताहरू नै दोषी छन्, निजी अस्पताललाई बढी प्राथमिकता दिएको कारणले पनि ।
आजको तत्कालको आवश्यकता स्वास्थ्य सेवाको प्राथमिकता थियो । स्वस्थ जनशक्ति तयार गर्ने अस्पताल र क्लिनिकहरूको व्यापक बन्दोबस्त तथा स्वास्थ्य उपकरण र स्वयम्सेवकहरूको पल्टन तयार गर्नुपर्ने थियो । हरेक प्रदेश र जिल्लामा जनसङ्ख्या र आवश्यकताअनुसार अस्पताल, स्वास्थ्य केन्द्र र स्वास्थ्य परीक्षण केन्द्रहरू एवम् क्वारेन्टिन वा आइसोलेसन (एक्ला एक्लै राख्ने बन्दोबस्त) युद्ध स्तरमा गर्नुपर्ने थियो, त्यो भएन । मित्र देशले दिएका सामानसमेत लापरबाही गरेर देश र जनतामाथि ठुलो अपराध गरे । समयमा यस विषयमा कुरा उठ्ने नै छ, दूरवीनसरि हेरिरहेका जनताबाट ती अपराधीहरू जोगिने छैनन् ।
तर, सरकारले केमा प्राथमिकता दियो ? देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पुतली बगैँचामा संसद् भवन, ४०० जना अट्ने सभाभवन र अन्य पत्रकार, सम्मेलन, विशिष्ट र समितिका कक्षहरू बनाउनेमा सरकारको ध्यान गयो । (राजधानी, ९ वैशाख २०७८)
भैँसेपाटीमा एक अर्ब तीन करोड रुपैयाँको मन्त्री निवास सरकार अर्थात् शासक दलहरूले बनाउँदै छन् । (नागरिक, ८ वैशाख २०७८)
अयोध्यापुरीमा रामसीताको मूर्ति स्थापना, काठमाडौँ उपत्यकामा रथहरू तान्ने र जात्राहरूमा शासक दलको संसद् सदस्य र प्रमुख जिल्ला अधिकारीहरूले नै अगुवाइ गरेको सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *