भर्खरै :

अस्ट्रेलियाद्वारा हास्यास्पद राजनीतिक बेइमानी

मेलबर्न, २२ अप्रिल (सीआरआई) । चीन र अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारबीच सम्पन्न बेल्ट एन्ड रोड समझदारी पत्र तथा प्रारूप सम्झौतालाई अस्ट्रेलियाले हटाइदिने भएको छ । उक्त कुरा अस्ट्रेलियाली विदेशमन्त्रीले अप्रिल २१ तारिखमा जनाउनुभएको हो । अस्ट्रेलियाले यसो गरेको कारण ती सम्झौता अस्ट्रेलियाको कूटनीतिसँग अनुकूल नभएको अथवा कूटनीतिक सम्बन्धको लागि हानिकारक भएको भनिएको छ । अस्ट्रेलियाका केही राजनीतिज्ञहरूले चीनमा बाधा पु¥याएर अमेरिकाको पक्षमा रहेको देखाउँदै राजनीतिक पँुजी कमाउन खोजिरहेका छन् ।
उता अमेरिकी संसदमा ‘रणनीतिक प्रतिस्पर्धा विधेयक २०२१’ लाई अघि बढाइरहेको साथै बाइडेन सरकारसमक्ष चीनसँग चौतर्फी ‘रणनीतिक प्रतिस्पर्धा’ नीति लागू गर्ने माग पनि गरिरहेको छ । यही सन्दर्भमा अस्ट्रेलियाले यति कुरूप राजनीतिक बेइमानी गर्नु अप्रत्याशित होइन । गत वर्षको अन्त्यतिर अस्ट्रेलियाको संसदमा पारित भएको नयाँ ‘विदेशसँगको सम्बन्ध कानुन’ बाट विभिन्न राज्यले विदेशसँग हस्ताक्षर गरेको कुनै सम्झौता वा सन्धिलाई भिटो लगाउने अधिकार सङ्घीय सरकारलाई दिइएको छ र भिक्टोरिया राज्य तथा चीनसँग सम्पन्न बीआरआई सन्धिलाई लक्षित गरिएको छ । आज आएर अस्ट्रेलियाको सङ्घीय सरकारले पहिलो पटक सो विधेयकको प्रयोग गरी भिटो लगाएको हो ।
अस्ट्रेलिया सरकारको यस गतिविधिबाट बीआरआई निर्माणमा ठूलो प्रभाव पार्दैन बरु विश्वसमक्ष मोरिसनको प्रतिनिधित्व गर्ने अस्ट्रेलियाली राजनीतिज्ञहरूले एउटा भन्ने र अर्को गर्ने दोहोरो मापदण्डलाई थप प्रकाश पारेको छ ।
वास्तवमा अस्ट्रेलिया सरकारले बीआरआई विषयमा गरेको राजनीतिक बेइमानीबाट आफ्नो हित विशेषगरी अस्ट्रेलियालीहरूको हित–कल्याणमा क्षति पु¥याइदिन्छ । बीआरआई एउटा आर्थिक सहयोग अवधारणा हो र सहभागीहरूका लागि वस्तुगत हित यसले दिने गर्छ ।
बितेका ७ वर्षयता, शङ्का र दोधार भए तापनि बीआरआईमा सम्बद्ध अधिकांश मुलुकले भाग लिने जोश कम भएको छैन । सन् २०२० को नोभेम्बरसम्म चीनले विश्वका १३८ वटा मुलुक र ३१ वटा अन्तर्राष्ट्रिय सङ्गठनसँग २०१ वटा सहयोग दस्तावेजमा हस्ताक्षर गरेको छ । केही अस्ट्रेलियाली राजनीतिज्ञको बेइमानीबाट बीआरआईको बढावामा असर पार्दैन बरु अस्ट्रेलियाको प्रारूप र पैमानालाई ध्वस्त पारिदिन्छ । अन्त्यमा अस्ट्रेलिया अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा हाँसउठ्तो जोकर बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *