नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
भारतमा प्रचारमाध्यमहरूअनुसार राजधानी दिल्ली, मुम्बई र अन्य ठूल्ठूला सहरहरू र प्रान्तहरूमा कोरोना सङ्क्रमण गुणनको रूपमा वृद्धि हुँदैछ । उपचारमा ठूलठूला अस्पतालहरूमा उपचारको ठाउँ (बेड) नपाएर अस्पतालको आँगन र बाटोमा समेत एम्बुलेन्स र वाहनमा रोगीहरूको उपचार भइरहेको दूरदर्शनहरूले दिँदै छन् ।
त्यसबाहेक दिल्लीदेखि अन्य प्रान्तीय राजधानी र सहरहरूका सरकारी अस्पतालहरूमा समेत अक्सिजन नभएर हाहाकारको स्थितिको सामना गर्दैछन् । अदालतले समेत सरकारलाई रोगीहरूको निम्ति अक्सिजनको पर्याप्त आपूर्तिको निम्ति आदेश दिएको समाचारहरूले बताउँदैछन् ।
नेपालका काठमाडौँ, नेपालगञ्ज, वीरगञ्ज, विराटनगर र अन्य मुख्य–मुख्य सरकारी अस्पतालमा समेत अक्सिजन र उपचार गर्न ठाउँको अभाव अनुभव भइरहेको व्यापक चर्चा हुँदैन । अक्सिजनको निम्ति आवश्यक सामान नेपालमा भारतबाट आउँथ्यो, तर भारतमा अक्सिजनको ठूलो अभाव भएको हुँदा नेपाली व्यापारीहरूले अक्सिजनमा आवश्यक सामान भारत निर्यात गर्दै गरेको २–४ दिनदेखि अस्पतालहरू व्यापक हल्ला छ ।
खुला सीमा र औषधि उपचारजस्ता क्षेत्रहरू निजी र व्यापारीहरूको हातमा छोड्दा भारत र नेपालमा सरकारी अस्पतालहरूमा हाहाकार मचिएको हो । शिक्षा र स्वास्थ्यलाई निजी क्षेत्रलाई संविधानले छुट नदिएको भए आपत र सङ्कटमा यस्तो हाहाकार हुने थिएन । भारतले नेपाललाई अन्य जरुरी औषधि आपूर्तिमा कटौती गरेको हल्ला छ ।
नेपाल सरकारले आजमात्रै होइन भोलि र पर्सिको समेत ध्यान दिएर उत्तरको छिमेकी मित्र राष्ट्र चीनसँग वर्तमान नेपालको कोभिड – १९ को स्थिति र अक्सिजनको कमीको समेत जानकारी दिएर किन्ने वा सहयोगको निम्ति तत्काल कदम चाल्नु जरुरी छ ।
Leave a Reply