सरकारले नै स्थानीय तहमार्फत बाली बीमा गर्नु जरुरी छ
- कार्तिक १०, २०८३
भाषिक शुद्धताका विषयमा प्रेषित मेरो छोटो लेखलाई ‘मजदुर’ दैनिकले यही ८ गतेको अङ्कमा स्थान दिएकोमा खुशी लागेको छ । सोही लेखका विषयमा एकजना ‘शुभचिन्तक’ ले व्यक्त गर्नुभएको ‘पाठक पत्र’ पनि ९ गतेको अङ्कमा पढ्न पाएर झन् धेरै खुशी लाग्यो ।
नेपाली भाषाको प्रयोगमा एकरूपता छैन । विद्वत् वर्गकै बीचमा आफूलाई लागेको विचारलाई शुद्ध मान्ने ढिपी देखिन्छ । यसको मारमा शिक्षक परेका छन् । विद्यार्थीहरूलाई, ‘जे लेखे पनि हुँदो रहेछ’ भन्ने लाग्न थालेको छ ।
भाषिक प्रयोगको क्षेत्र फराकिलो हुँदै जान्छ । यस क्रममा समाजशास्त्र, भूगोल, कृषि, राजनीति, विज्ञान, सञ्चार, प्रविधि, इन्जिजियरिङ, स्वास्थ्य, अर्थशास्त्रजस्ता विषयहरूमा नयाँ नयाँ शब्दहरू प्रयोगमा आउन थाल्छन् । नयाँ शब्दका वक्ता धेरै हुन थालेपछि ती थाहै नपाइकन स्वतः स्वीकार्य पनि हुन थाल्छन् । संस्कृतजस्तो पुरानो भाषामा यस्तो व्यवस्था नभए पनि नेपालीजस्तो जीउँदो भाषामा यस्तै हुन्छ । शब्दभण्डार बढ्ने तरिका नै यही हो । तर यसो भनेर सम्पदाको रूपमा प्रयोग भइआएका शब्दलाई बटारबुटुर पार्न मिल्दैन ।
‘भाषाज्ञान ः सर्वोत्तम धन’ भनिन्छ । धेरैको आफ्नै मातृभाषा पनि हुन्छ । अनि एकजना व्यक्तिले धेरै भाषा सिक्न पनि सक्छ । तर, जुन भाषा बोलिन्छ, त्यसमा शुद्धता हुनु आवश्यक छ । एउटा भाषा बोलिरहँदा त्यसमा अर्को भाषालाई मिसाउँदा भाषिक सुन्दरता बिग्रन्छ ।
बोलाइ र लेखाइ गरी भाषाका रूप दुईवटा हुन्छन् । बोलाइ परिवर्तनशील भए पनि लेखाइ स्थिर हुन्छ । सोलुको शेर्पाले ‘म पनि जान्छा’ भन्ला । सप्तरीको यादवले ‘म छिटै आइलिन्छु’ भन्ला । भक्तपुरे नेवारले ‘मलाई डुड हालेको चिया मन पर्दैन’ भन्ला । तर, ती सबैले लेखाइमा भने ‘म पनि जान्छु’, ‘म छिटै आउँछु’, ‘मलाई दूध हालेको चिया मन पर्दैन’ नै लेख्नुपर्छ । वाक्य प्रयोगका स्तरमा हुने गल्तीहरू पनि धेरै छन् ।
नेपाली भाषा सरकारी कामकाजको पनि भाषा भएको हुँदा यसको प्रयोगमा शुद्धता र एकरूपता हुनु आवश्यक छ । यसका लागि शैक्षिक नगरी भक्तपुरले नेपाली शिक्षकहरूलाई बहस र छलफलको अभियान चलाए हुने हो ।
Leave a Reply