नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
२०७२ साल वैशाख १२ गते गएको भूकम्पले भत्काएका कतिपय भौतिक संरचना अझै बनाउन सकिएको छैन । भत्किएका कतिपय संरचना बनेता पनि ती विषाद्का दिनले मानिसको मनमा पु¥याएको घाउ अझै पनि आलै छ । भूकम्पमा गुमाएका जीवनहरूलाई अझै पनि आफन्तहरूले भुल्न सकेका छैनन् । भूकम्प प्राकृतिक प्रक्रिया हो । आजसम्म भूकम्पको पूर्वसूचना दिने उपकरण विज्ञानले पनि दिन सकेको छैन । तर, भूकम्पबाट जोगिन विज्ञानले धेरै उपाय दिएको छ । विडम्बना ¤ भूकम्पको घाउ पनि नपुरिँदै मानिसहरूले भविष्यमा भूकम्पबाट जोगिन अपनाउनुपर्ने उपायप्रति बेवास्ता गर्न थालेका छन् । सरकारी नीति–कार्यक्रम कागजमा मात्र सीमित छ ।
एकातिर हामी भूकम्पका भयानक दिनको नमीठो सम्झना गरिरहेका छौँ भने अर्कोतिर हाम्रो सरकार सीमित क्षेत्रमा बाक्लो मानव बस्ती बसाल्ने योजना बुन्दै छ । जनसङ्ख्याको अति केन्द्रिकरणले ६ वर्षअघि काठमाडौँ उपत्यकामा भूकम्पले ठूलो क्षति पु¥यायो । यस्तै अवस्था कायम रहने हो भने आगामी दिनमा आउन सक्ने भूकम्पले अझ ठूलो भौतिक र मानवीय क्षति पु¥याउने पक्का छ । तर, सरकार भने अझै काठमाडौँ उपत्यकामा थप सहर र मानव बस्ती बसाल्ने योजना प्रस्तुत गरिरहेको छ । काठमाडौँ उपत्यकामा जथाभावी घर–जग्गाको बिक्री वितरणले अव्यवस्थित मानव बस्ती पैmलिरहेको छ । निजी स्वार्थलाई प्राथमिकतामा राखी गरिएको घर–जग्गा कारोबार र प्लानिङको कारण भविष्य थप चुनौतीपूर्ण बन्दै गएको प्रस्ट छ ।
नेपाल भूकम्पीय जोखिम क्षेत्रमा छ । हामीले यो भूगोल बद्ल्न सक्दैनौँ । भूकम्पको जोखिमलाई पनि हामीले कम गर्न सक्दैनौँ । तर, विगतको अनुभवको आधारमा हामीले भविष्यमा त्यस्ता विपत्तिबाट हुनसक्ने मानवीय र भौतिक क्षति भने कम गर्न सक्छौँ । हामीले बनाउने भौतिक संरचनालाई कसरी दिगो र भूकम्पप्रतिरोधी बनाउने भन्ने विषयमा सजगता अपनाउँदा नै हामीले विगतको अनुभवबाट सिकेको ठहरिन्छ । आजको पुस्ताले ६ वर्षअघि भोगेको विषाद्पूर्ण अवस्था आगामी पुस्ताले भोग्न नपरोस् भन्नाको निम्ति हामीले स–साना स्वार्थबाट माथि उठेर दिगो र व्यवस्थित निर्माणलाई जोड दिनुपर्छ । कतिपय मानिसहरू स्थानीय तहले दिगो निर्माणको निम्ति बनाएका नियमहरूलाई बोझ र अनावश्यक झमेलाको रूपमा बुझ्ने गल्ती गर्छन् । त्यस्ता नियमको उल्लङ्घन गर्नुलाई आफ्नो सफलता ठान्छन् । तर, भूकम्पको समयमा त्यस्ता नियमको उल्लङ्घनकै कारण ठुलो क्षति भोग्नुपर्ने अवस्थामा पु¥याइरहेको हुन्छ ।
भूकम्प आफैले हामीलाई क्षति गर्ने होइन, बरू हामीले बनाएका भौतिक निर्माणले भूकम्प ठेग्न नसक्दा हामीले ठुलो क्षति भोग्ने गर्छौैं । त्यसकारण हामीले बनाउने भौतिक पूर्वाधार र संरचनालाई बलियो र व्यवस्थित बनाउने विषयमा हामीले विचार गर्नुपर्छ । यो कदम व्यक्तिगत तहबाट मात्र गरेर सम्भव हुँदैन । बरू राज्यले नै यसमा अग्रसरता लिन जरूरी छ । सरकारले दसकौँ लगाएर बनाएका संरचना क्षणभरकै भूकम्पले नष्ट बनाउन सक्छ । त्यस्ता विपत्तिले देशको अर्थतन्त्रलाई दसकौँसम्म उठ्नै नसक्ने रसातलमा पु¥याउन सक्छ । त्यसकारण आज भूकम्पको प्रतिरोधमा गरिएको लगानी भोलिको आर्थिक दिगोपना र विकासको लागि गरिएको लगानी नै हो । भूकम्पको प्रतिरोधमा गरिने लगानी भनेको भविष्यको लागि गरिने लगानी हो । नागरिक र राज्य दुवैले यो दृष्टिकोण प्रस्ट रूपमा बुझ्न जरूरी छ ।
हरेक वैशाख १२ जस्तै आज पनि हामी ती दुःखद् र सङ्कटका दिनहरूको स्मरण गरिरहेका छौँ । ‘अब यस्तो कहिल्यै नहोस्’ भन्ने भावका साथ ती दिनहरूलाई स्मरण गर्दै गर्दा भूकम्पको प्रतिरोधी उपायहरूको पालनामा जोड दिऔँ ।
Leave a Reply