भर्खरै :

क्वाडजस्तै होइन हिमालय देशहरूबीचको सहकार्य

‘साउथ चाइना मर्निङ पोस्ट’मा हालै प्रकाशित एउटा लेखमा चीनले कथित ‘हिमालयन क्वाड’ को नाममा आफ्नै सुरक्षा सङ्गठन बनाउने सम्भावनाबारे चर्चा गरिएको छ । भारतका लागि बेलारुसका एक जना पूर्व कूटनीतिज्ञको कुरा उल्लेख गर्दै लेखमा पछिल्ला घटनाक्रमले सैद्धान्तिक रूपमा ‘क्वाड (संरा अमेरिका, भारत, जापान र अस्टे«लिया सम्मिलित सुरक्षा गठनबन्धन) को प्रतिरोधमा चीन, नेपाल, पाकिस्तान र अफगानिस्तानलाई समेटेर चीन सरकारले ‘हिमालयन क्वाड परियोजना’ बनाउन सक्ने’ बताइएको छ ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले भनेअनुसार त्यो बैठक ‘जुलाइमा कोभिड–१९ बारे चीन, अफगानिस्तान, पाकिस्तान र नेपालका विदेशमन्त्रीहरूबीच भएको भिडियो सम्मेलन र सन् २०२० को नोभेम्बरमा कोभिड–१९ कै विषयमा चीन, पाकिस्तान, नेपाल, श्रीलङ्का र बङ्गलादेशका उप–विदेश मन्त्रीहरूबीचको भिडियो सम्मेलनकै शिलशिला थियो ।’
तसर्थ, ‘हिमालयन स्क्वाड’ सहकार्य संयन्त्र वास्तवमा मानव जातिको लागि साझा भविष्यको समुदाय निर्माण गर्ने चीनको पहलको महत्वपूर्ण हिस्सा हो । त्यो प्रयास कुनै पनि कोणबाट संरा अमेरिका, जापान, भारत र अस्टे«लियाबीचको चार पक्षीय सुरक्षा संवादसँग तुलनायोग्य होइन ।
चार हिमालय देशहरूबीच सहकार्यभन्दा भिन्न क्वाड सैनिक शक्ति र अन्तर्राष्ट्रिय प्रभाव दुवै हिसाबमा शीतयुद्धकालीन मानसिकताबाट प्रभावित पूर्णतः सैनिक–राजनीतिक क्षेत्रीय मोर्चा हो । यस्ता साँघुरा वृत्तले वास्तवमा क्षेत्रीय द्वन्द्व र विभाजन निम्त्याउने गर्छ । वास्तवमा यो क्षेत्रीय रूपमा एउटा खतरा हो ।

गत वर्षको जुलाई २७ मा चार वटा देशहरू (चीन, नेपाल, पाकिस्तान र अफगानिस्तान) का विदेशमन्त्रीहरूको भिडियो सम्मेलन भएलगत्तै ‘हिमालयन क्वाड’ को हल्ला फैलिएको थियो । खासमा त्यो भिडियो सम्मेलन चीन र उसका छिमेकी देशहरूबीच सहकार्यका सामान्य संयन्त्रअन्तर्गत आयोजना गरिएको थियो । चीनका विदेशमन्त्री वाङ यीका अनुसार सो सम्मेलनको मूल जोड महामारीको सामूहिक प्रतिरोध, कोभिड–१९ को रोकथाम र खोप आदि विषयमा ती देशहरूसँग चीनको सहकार्य बलियो बनाउनुका साथै कोभिड–१९ पछि आर्थिक पुनःस्थापना र विकास थियो । चीन र उसका ती छिमेकी देशहरूका दुःख–सुखका कथा व्यथा मिल्दाजुल्दा भएकाले त्यो संयन्त्रको भविष्य निकै उज्यालो छ । चीन, नेपाल, पाकिस्तान र अफगानिस्तान सबै विकासशील देशहरू हुन् । महामारी रोकथाम र नियन्त्रणको विद्यमान साझा जिम्मेवारीको समयमा ती सबै चार देशहरूले आ–आफ्नो अर्थतन्त्रको विकास र जनजीवनमा सुधार गर्न जरुरी छ ।
चीन र ती देशहरूबीचको सहकार्यको संयन्त्र कुनै भूरणनीतिक र सैनिक मनसायबाट अभिप्रेरित छैन । जनवरी ६ मा चीन, नेपाल, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेशसहित ६ देशहरूका कोभिड–१९ रोकथाम र गरिबी निवारणको लागि गठित कार्यदलका प्रमुखहरूबीचको पहिलो बैठक भएको थियो ।
चीनका विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले भनेअनुसार त्यो बैठक ‘जुलाइमा कोभिड–१९ बारे चीन, अफगानिस्तान, पाकिस्तान र नेपालका विदेशमन्त्रीहरूबीच भएको भिडियो सम्मेलन र सन् २०२० को नोभेम्बरमा कोभिड–१९ कै विषयमा चीन, पाकिस्तान, नेपाल, श्रीलङ्का र बङ्गलादेशका उप–विदेश मन्त्रीहरूबीचको भिडियो सम्मेलनकै शिलशिला थियो ।’
तसर्थ, ‘हिमालयन स्क्वाड’ सहकार्य संयन्त्र वास्तवमा मानव जातिको लागि साझा भविष्यको समुदाय निर्माण गर्ने चीनको पहलको महत्वपूर्ण हिस्सा हो । त्यो प्रयास कुनै पनि कोणबाट संरा अमेरिका, जापान, भारत र अस्टे«लियाबीचको चार पक्षीय सुरक्षा संवादसँग तुलनायोग्य होइन ।
चार हिमालय देशहरूबीच सहकार्यभन्दा भिन्न क्वाड सैनिक शक्ति र अन्तर्राष्ट्रिय प्रभाव दुवै हिसाबमा शीतयुद्धकालीन मानसिकताबाट प्रभावित पूर्णतः सैनिक–राजनीतिक क्षेत्रीय मोर्चा हो । यस्ता साँघुरा वृत्तले वास्तवमा क्षेत्रीय द्वन्द्व र विभाजन निम्त्याउने गर्छ । वास्तवमा यो क्षेत्रीय रूपमा एउटा खतरा हो ।
क्वाडको गतिविधिले उसको भविष्य निर्धारण गर्छ । क्वाडले विभिन्न देशहरूलाई हिन्द–प्रशान्त क्षेत्रको पक्ष लिन र क्षेत्रीय विभाजनलाई अझ गहिरो बनाउन दबाब दिने गर्छ । संरा अमेरिका नेतृत्वको मोर्चाविरुद्ध लहर उठिरहेको अवस्थामा त्यो क्षेत्रका देशलाई त्यस्तो दबाब स्वीकार्य नहुनु स्वाभाविक हो । चीनको उदयलाई रोक्ने क्वाडको मनसाय कुनै पनि हालतमा काम गर्नेछैन किनभने चीनको उदय अब अवश्यम्भावी छ ।
जापान, अस्टे«लिया र भारत जस्ता शक्तिहरूले संरा अमेरिकी विश्वव्यापी प्रभुत्ववाद कायम राख्न कठपुतलीको भूमिकामा आफूलाई झारेका छन् । आफ्नो विश्वव्यापी प्रभुत्ववाद कायम राख्न संरा अमेरिकाको लागि सहकार्य गर्ने साझेदार र मित्र शक्तिहरूलाई एकत्रित पार्न बाह्य शत्रुको खाँचो हुन्छ । परिणामतः संरा अमेरिकाले नेतृत्व गरेको क्वाड गठबन्धनको मुख्य कमजोरी नै बाह्य अथवा हुँदै नभएको शत्रुको खोजीमा लाग्नु हो । यो विश्वव्यापी सहकार्य र विकासको मूल भावनाका साथ बहुपक्षवादको सिद्धान्तविपरीत छ ।
क्वाड संयन्त्रको विकासले ती तीन देशको लागि केही सम्भावित खतरा अथवा रणनीतिक जालो बनाएको छ । यही संयन्त्रअन्तर्गत टोकियो, कानबेरा र नयाँ दिल्लीको कूटनीतिक रणनीतिमा शक्तिशाली बन्ने स्वायत्तता र निर्णय कमजोर बनेको छ ।
चार वटा हिमालय देशहरूबीचको सहकार्यलाई क्वाडको प्रतिरोधमा बनाउन खोजिएको भनी सोच्नेहरूमा सम्भवतः अझै पनि शीतयुद्धकालीन मानसिकता व्याप्त छ । शीतयुद्धको समयमा संरा अमेरिका र सोभियत सङ्घले जस्तै चीन कुनै द्वन्द्वको पक्षमा छैन । चार हिमालय देशहरूबीच सहकार्य संयन्त्रको स्थापना मुख्यतः चीन र छिमेकी देशहरूबीच आपसी हितकारी अन्तरसंवाद सहज बनाउने उद्देश्यले भएको थियो । निःसन्देह चीन र ती देशहरूले भविष्यमा आफ्नो सुरक्षामा कुनै किसिमको खतरा सामना गर्नु परे चार देशबीचको सहकार्यको क्षेत्र अझ फराकिलो बनाउन सक्छन् । तथापि, चार हिमालय देशहरूबीचको सहकार्य र स्क्वाडबीचको तुलनाले वास्तविक बहुपक्षवाद र नक्कली बहुपक्षवादबीचको भिन्नता बुझ्न संसारलाई सहज बनाउनेछ ।
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *