बैङ्ककमा भीषण बाढी, हजारौँ नागरिक विस्थापित
- आश्विन ११, २०८३
धनगढी, १२ वैशाख । पछिल्लो समयमा कोरोनाको सङ्क्रमण दरमा वृद्धि भएको छ । यसको रोकथाम तथा नियन्त्रणमा कैलालीका स्थानीयले कुनै तयारी गरेका छैनन् । समुदायस्तरमै कोरोना फैलिसकेको बताइएको छ ।
स्थानीय तहले गर्ने स्वाब परीक्षण तथा एन्टिजेन्ट परीक्षण बन्द गरेका छन् । कतिपयले बजेट अभावका कारण तयारीको काम अगाडि बढाउन नसकिएको बताएका छन् । टीकापुर नगरपालिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन । अहिले नगरपालिकामा कोरोना परीक्षणको काम बन्द छ । नगरपालिकामा वैशाख १ गते १४ जना पीसीआर पोजेटिभ र १३ जनामा एन्टिजेन्ट पोजेटिभ कोरोना सङ्क्रमित छन् भने दुई जनाको कोरोनाकै कारण ज्यान गएको छ । गत फागुनदेखि चैत मसान्तसम्म भारतबाट फर्किएका करीब १५० जनामा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो ।
“नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठक बस्न सकेको छैन । नगरपालिकाको बैठक बसेर आवश्यक निर्णय गर्नुपर्ने भएकोले तयारीको प्रक्रिया अगाडि बढ्न नसकेको हो ।” आज÷भोलिसम्म बैठक बस्छ । बैठक निर्णयनुसार हामी कामलाई अगाडि बढाउनेछौँ, उहाँले भन्नुभयो । उहाँले नगरपालिकामा कोरोना परीक्षण नहुँदा शङ्कास्पद बिरामी नेपालगञ्ज, धनगढी गएर परीक्षण गराउँदै आएको बताउँदै धनगढीको तथ्याङ्क नगरपालिकालाई जानकारी गराउने गरेको भए पनि नेपालगञ्जको तथ्याङ्क नगरपालिकामा नआउने गरेको जानकारी दिनुभयो । “हामीसँग ३८ शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा छ । त्यसैलाई सञ्चालनको तयारी गर्दै छौँ”, उहाँले भन्नुभयो । स्थिति पहिलेको भन्दा पनि नराम्रो हुने सङ्केत देखापर्दै गएका छन् । हामी सबै सचेत हुनुको अर्को कुनै विकल्प छैन ।
भजनी नगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि काम अगाडि बढाएको छैन । नगरपालिकामा कोभिडको शीर्षकमा बजेट छैन । भारतीय सीमासँग सिमाना जोडिएको भजनी कोरोनाको उच्च जोखिममा छ । नगरपालिकाको सीमावर्ती क्षेत्रमा भारतीय नागरिकले खेती गर्न नेपाल आउने गरेका छन् त्यसबाट झनै जोखिम भएको स्थानीय महेश बुढाले जानकारी दिनुभयो । नगरपालिकामा अहिलेको अवस्थामा त्यस्तो जोखिम नदेखिएको बताउँदै नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृति विकले केही दिनमै नगरपालिकाको बैठक बस्ने र योजना तयार गरिने बताउनुभयो ।
अहिले नगरपालिकामा त्यस्तो जोखिम देखिएको छैन । जोखिम छैन भनेर हात बाँधेर बस्ने अवस्था पनि छैन । उहाँले भन्नुभयो, “हामीले आन्तरिक व्यवस्थापनको काम अगाडि बढाएका छौँ । नगरपालिकासँग आवश्यक बजेटसमेत माग गर्ने तयारी भइरहेको छ ।” उहाँले नगरपालिकामा पीसीआर टेस्टका लागि किट नभएको जनाउँदै एन्टिजेन्ट किट पनि सीमित भएकोले त्यसको तत्काल व्यवस्थापन गर्न आवश्यक छ भन्नुभयो । स्वास्थ्य शाखा प्रमुख विकले कुन परिस्थिति आइपर्ने हो भन्ने कुराको सजिलै आकलन गर्न सकिने अवस्था नरहेको बताउनुभयो ।
अहिले कोरोना परीक्षण सुरु गरिएको छैन । हामीसँग आवश्यकमात्रामा किटको अभाव छ । नागरिकको अहिलेको व्यवस्थाले स्थिति नियन्त्रणभन्दा बाहिर जान पनि कुनै समय नलाग्न सक्छ । उहाँले भन्नुभयो, “अब क्वारेन्टिनका लागि हामीसँग संरचना पनि छैन । त्यही ५ वार्डको आइसोलेसन छ त्यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।” भजनीमा होम क्वारेन्टिन र होम आइसोलेसनमा कोरोनाका शङ्कास्पद बिरामी व्यवस्थापन गर्नुको विकल्प देखिँदैन ।
जानकीमा पनि अवस्था उस्तै रहेको छ । गाउँपालिकाले तयारीको प्रक्रिया अगाडि बढाएको भने पनि तयारी भइनसकेको पाइएको छ । कोरोनाका शङ्कास्पद बिरामीको गाउँपालिकामा सहजै परीक्षण हुन सकेको छैन । आकस्मिकरूपमा मात्रै कोरोनाको परीक्षण भइरहेको छ । पहिलेको जस्तो परीक्षण सुरु गरिसकेको अवस्था छैन । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भन्नुभयो, “आइसोलेसन तयारी अवस्थामा राखेका छौँ । किटको अभाव छ । टीकापुर अस्पतालसँग समन्वय भइरहेको छ ।” उहाँले कोरोना शीर्षकमा बजेट भएका कारण काम गर्न समस्या नभएको बताउँदै सबै संयन्त्रलाई तयारी अवस्थामा बस्न निर्देशन भइसकेको जानकारी दिनुभयो । गाउँपालिकामा अहिले सक्रिय सङ्क्रमित भने छैन ।
टीकापुर अस्पतालले आफ्नो तयारी अन्तिम चरणमा पुगेको बताएको छ । अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले आइसोलेसन वार्ड तयार भइरहेको जानकारी दिनुभयो । कोरोनाको लक्षण देखिएका सङ्क्रमितको उपचारका लागि अस्पतालले आइसोलेसन तयार पार्न लागेको हो ।
स्थानीय तह अहिले प्रदेश र सङ्घीय सरकारको निर्देशनको पर्खाइमा छन् । सङ्घीय सरकारले केही निर्देशन दिएको भए पनि यसको कार्यान्वयनमा स्थानीय तह पछाडि देखिएको छ । कैलाली जिल्लालाई कोरोनाको उच्च जोखिम जिल्लाको रूपमा घोषणा गरिसकेको भए पनि स्थानीय तहको ढिलासुस्तीका कारण स्थिति नियन्त्रणभन्दा बाहिर जाने जोखिम बढ्दै गएको छ । रासस
Leave a Reply