भर्खरै :

भक्तपुरको जिल्ला सदरमुकाम सार्ने प्रस्तावको विरोध

भक्तपुर, १३ वैशाख । दरबार क्षेत्रसँगै रहेको जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, जिल्ला जनसम्पर्क कार्यालय, जिल्ला समन्वय समितिको कार्यालयसहित जिल्ला सदरमुकाम सूर्यविनायक नगरपालिकाको भक्तपुर इँटा तथा टायल कारखानाको जग्गामा स्थानान्तरण गरिने समाचार प्रकाशित भएपछि भक्तपुरका स्थानीयले विरोध जनाएका छन् ।
सोमबार नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय अन्यत्र नसार्न माग गर्दै भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीलाई निवेदन बुझायो ।
निवेदनमा आ.व. २०७३।७४ को नेपाल सरकारको बजेट वक्तव्यमा दरबार क्षेत्रसँगै जोडिएको ७१ रोपनी क्षेत्रमा पैmलिएको भक्तपुर साना उद्योग क्षेत्र (हाल भक्तपुर औद्योगिक क्षेत्र) लाई काठमाडौँ उपत्यकाबाहिर स्थानान्तरण गर्ने प्रतिबद्धताअनुसार उपत्यकाबाहिर स्थानान्तरण गरी यस क्षेत्रमा राख्नुपर्ने माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *